शेर्पा समुदायका चुनौती र सम्भावनाका विषयमा प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम हुँदै

काठमाडौं । नेपाल शेर्पा संघ बाग्मती प्रदेश समितिद्धारा आयोजित प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम हुने भएको छ ।

राष्ट्रिय सभा सदस्य सोनाम ग्याल्जेन शेर्पाको प्रमुख आतिथ्यतामा यही बैसाख १५ गते काठमाण्डौंमा आयोजना गरिएको उक्त कार्यक्रममा शेर्पा समुदाय र शेर्पा जनप्रतिनिधिहरुको चुनौती र सम्भावनाका बिषयमा अन्तरक्रिया हुने छ ।

कार्यक्रममा राष्ट्रिय निकुञ्ज विभागका पुर्व संरक्षक डा। लाक्पा नोर्बु शेर्पा, नेपाल निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष आङदोर्जे लामा शेर्पा मुख्य वक्ताका रुपमा आमन्त्रण गरिएको छ ।

कार्यक्रममा बाग्मती प्रदेशमा रहेका शेर्पा सामुदायहरुको हक अधिकार र आगमी दिनमा शेर्पा सामुदायलाई कसरी राष्ट्रिय स्तरमा थप उजागर गर्न सकिन्छ भन्ने विषयलाई प्रमुख विषय बनाइएको नेपाल शेर्पा संघ बाग्मती प्रदेशका अध्यक्ष आङछिरि शेर्पाले बताएका छन् ।

शेर्पा समुदायमा यस्ता कार्यक्रम विगतमा नभएकोले यो पहिलो पटक हुनु लागेको हुँदा भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै शेर्पा सबलीकरण गर्दै लैजाने अध्यक्ष शेर्पाले बताए ।

कार्यक्रममा बागमती प्रदेशको विभिन्न तहमा निर्वाचित शेर्पा जनप्रतिनिधिहरु र शेर्पा समुदायको संघ संस्थाहरुको प्रतिनिधिमूलक प्रतिनिधित्वको सहभागितामा भविष्यमा कार्यपत्र निर्माणार्थ शेर्पा समुदाय र शेर्पा जनप्रतिनिधिको विगत वर्तमान भविष्य विषयक अन्तरक्रिया हुने आयोजकले जनाएको छ ।

कार्यक्रममा शेर्पा समुदायबाट निर्वाचित बागमती प्रदेशको विभिन्न तहको जनप्रतिनिधि र शेर्पा समुदायमा आवद्ध संघ संस्था, किदुकको विभिन्न तहको प्रतिनिधिले कार्यक्रममा उपस्थिति जनाउने प्रतिनिधिहरुको विवरण बैशाख १० गते नै संकलन गरिसकिएको छ । यसैगरी शेर्पा समुदायमा सक्रिय रहेको विभिन्न शेर्पा संघ संस्थामा आबद्ध प्रतिनिधिहरु प्रतिनिधित्व गराउने गरी झण्डै सय जना भन्दा बढीलाई आमन्त्रण गरिएको छ ।

शेर्पा संघले भाषा, लिपी, मौलिक चाडवर्व, आफ्ना पहिचान, संस्कृति परम्पराको संरक्षण र विकाको लागि विभिन्न काम र अभियान चलाउँदै आएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१