• २०८३ असार १६
  • 2026 June 30, Tuesday

पशुपति जस्तो धार्मिक क्षेत्रमा राजनीति हुनु दुर्भाग्यपूर्ण : मन्त्री तामाङ

  • २०८१ वैशाख २८, शुक्रबार १३:४२

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले पशुपति जस्तो धार्मिक क्षेत्रमा पनि राजनीति हुनु दुखद् रहेको बताएका छन् ।शुक्रबार काठामाडौंमा आयोजित पशुपति क्षेत्र विकास कोषको ३८ औं वाषिकोत्सव समारोहमा बोल्दै उनले अहिलेसम्म देशलाई अगाडि बढ्न नदिने र प्रगतीको वाधकको रुपमा गैर राजनीतिक क्षेत्रमा राजनीति हावी भएको बताए ।

उनले भने,‘हामीलाई अहिलेसम्म विगार्ने भनेको अगाडि बढ्न नदिने रोग हो । हाम्रो प्रगतीको वाधकको रुपमा देखिएको कुरा भनेको गैर राजनीतिक ठाउँमा गएर राजनीति गर्ने रोग हो । यो पशुपति क्षेत्र त गैरराजनीतिक ठाउँ हो । धार्मिक क्षेत्र हो । सोही ठाउँमा राजनीति गर्न थाल्यो भने हाम्रो मुलुक नविग्रिए कुन देश विग्रन्छ त? त्यसैले म त्यसमा सजक छु ।’

उनले पूर्विय दर्शनको महत्वपूर्ण पशुपति क्षेत्रले नेपाललाई विश्वसामु चिनाउन महत्वपूर्ण योगदान दिएको बताए । पशुपति क्षेत्रको व्यवस्थित प्रवद्र्धन गर्न सकेमा यस क्षेत्रले देशलाई धार्मिक पर्यटकको आकर्षणको केन्द्र बनाउन सक्ने विशवास व्यक्त गरे ।

  • २०८१ वैशाख २८, शुक्रबार १३:४२