• २०८३ जेठ २५
  • 2026 June 08, Monday

मंगलबार सुनको मूल्य स्थिर, चाँदी बढ्यो

  • २०८१ असार ४, मङ्गलबार ११:२९

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । जुन सोमबारकै कारोबार मूल्य हो ।

मंगलबार तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यस्तै, मंगलबार चाँदीको मूल्य भने १५ रुपैयाँले बढेर कारोबार एक हजार ८ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला एक हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

 

  • २०८१ असार ४, मङ्गलबार ११:२९