काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधवार ११ः०० बजे भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको छ ।
जहाजमा सवार १९ जना मध्ये १८ जनाको मृत्यु भएको छ । मर्मतको लागि पोखरा जान लागेको विमानमा १८ नेपाली र १ जना यमन नागरिक गरी १९ जना सवार थिए । १८ जना सौर्य एयरलाइन्सका कर्मचारीहरू रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।



