काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधवार ११ः०० बजे भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका १८ जनाको पोस्टमार्टम सुरु हुने भएको छ।
मृतकका आफन्त र सौर्य एयरलाइन्सका प्रतिनिधि आएपछि पोस्टमार्टम सुरु गर्ने शिक्षण अस्पताल स्रोतले जनाएको छ ।
सबै शवको पोस्टमार्टम गरिसकेपश्चात तीन दिन पछि मात्र शव आफन्तलाई जिम्मा लगाइने पनि अस्पताल स्रोतले जनाएको छ।
जहाजमा सवार १९ जना मध्ये १८ जनाको मृत्यु भएको हो । मर्मतको लागि पोखरा जान लागेको विमानमा १८ नेपाली र १ जना यमन नागरिक गरी १९ जना सवार थिए १८ जना सौर्य एयरलाइन्सका कर्मचारीहरू रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
