• २०८३ असार १४
  • 2026 June 28, Sunday

प्रधानमन्त्रीद्वारा सौर्य एयरलाइन्सको जहाज दुर्घटनाप्रति दुःख व्यक्त

  • २०८१ साउन ९, बुधबार १४:४६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सौर्य एयरलाइन्सको जहाज दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

बुधबार सामाजिक संञ्जाल फेसबुकमा लेख्दै ओलीले उक्त दुर्घटनाप्रति धैर्य रहन अनुरोध गर्दै दुःख व्यक्त गरेका हुन् ।उनले लेखेका छन्,’नियमित प्राविधिक परीक्षणका लागि पोखरा उड्न लाग्दा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जना प्राविधिक र क्र्यु मेम्बरको निधनले अत्यन्त दुःख लागेको छ ।

नागरिक उड्ययन प्राधिकरणका अधिकारीलाई भेटेर यसको कारण बुझ्न घटनास्थल आइपुगेको छु। अहिले विमानस्थल सञ्चालनमा आइसकेको छ । यो दुःखद घडीमा सबैलाई धैर्य रहन अनुरोध गर्दछु ।’सौर्य एयरको विमान दुर्घटनाबारे जानकारी लिन प्रधानमन्त्री केपी शर्मा ओली दुर्घटनास्थल पुगेका थिए ।

मर्मतका लागि पोखरातर्फ जाँदै गरेको विमान बुधबार बिहान ११ः११ मा त्रिभुवन विमानस्थल परिसरमै दुर्घटनामा परेको थियो । विमानमा चालक दलका २ सदस्यसहित १९ जना सवार थिए ।क्याप्टेन एमआर शाक्यको जीवितै उद्धार गरिए पनि १८ जनाको मृत्यु भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

  • २०८१ साउन ९, बुधबार १४:४६