• २०८३ जेठ २२
  • 2026 June 05, Friday

सिभाली गुरुङले मलेसियामा यु–१४ ग्रेड ए टुर्नामेन्ट खेल्ने

  • २०८१ साउन १३, आइतबार १६:१३

काठमाडौं । अन्तर्राष्ट्रिय टेनिस फेडरेसन आइटीएफ र एसियन टेनिस फेडरेसन एटिफको आयोजनामा मलेसियामा आयोजना हुन लागेको आइटीएफ एटिएफ यू–१४ रिजनल ट्रेनिङ क्याम्पमा नेपालका दुई जना खेलाडीले सहभागिता जनाउने भएका छन्।

नेपालबाट सिभाली गुरुङ उक्त ट्रेनिङ क्याम्पका लागि आइतबार राति मलेसिया जाने भएकी छिन् । उनलाई नेपाल टेनिस संघका महासचिव मनोहर दास मुलले एक कार्यक्रमकाबीच विदाई गरका छन् । सिभालीसँगै उनका बुवा सिमान्त गुरुङ पनि मलेसिया जाने छन् ।

सिभालीले जुलाई ३० देखि अगष्ट ३ सम्मको प्रशिक्षणपछि अगष्ट ५ देखि १० सम्म आयोजना हुने एटिफ यु १४ ग्रेड ए टुनामेन्ट पनि खेल्ने नेपाल टेनिस संघले जनाएको छ । सिभाली मण्डिखाटार टेनिसको उत्पादन हुन् । खेलाडीको खाना, आवासलगायत हवाई टिकट पनि आयोजकले उपलव्ध गराएको छ ।

  • २०८१ साउन १३, आइतबार १६:१३