मुग्लिन–नारायणगढ सडकखण्डमा बस र ट्रक ठोकिदा केही यात्रु घाइते

काठमाडौं । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालमा बस र ट्रक ठोक्किएका छन् ।

आइतबार बिहान नारायणगढतर्फ गइरहेको एआर ०१–३६७४ नम्बरको भारतीय यात्रुवाहक बस र मुग्लिनबाट जाँदै गरेको ग २ ख ११०८ नम्बरको ट्रक ठोक्किएका हुन् ।

दुर्घटनामा ट्रक चालकसहित केही यात्रुहरु घाइते भएको मुग्लिन प्रहरी प्रमुख इन्सपेक्टर निरला भण्डारीले जानकारी दिएका छन् । उनले घाइतेहरूलाई उपचारका लागि नजिकैको अस्पताल लगिएको पनि जानकारी दिए ।

दुर्घटनाको विस्तृत विवरण भने आउन बाँकी नै छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१