वेष्टर्न मोटर्सको साधारण सभा : सवारी साधन व्यवसायका समस्याबारे चर्चा

काठमाडौ । पछिल्लो समय नेपालमा इलेक्ट्रिक सवारीले बजार ओगटेसंगै अन्य सवारीको बिक्रीमा गिरावट आएको व्यवसायीहरुले बताएका छन् । नेपाल अटोमोटिभ व्यवसायी एसोसियसनका अध्यक्ष समेत रहेका वेष्टर्न मोटर्स प्रालीका अध्यक्ष तथा सिईओ खगेन्द्र सिंह बमले इभीका कारण अन्य सवारी साधनको व्यवसायमा परेको असरका सम्बन्धमा राज्यले सम्बोधन गर्नुपर्ने पनि औंल्याए ।

वेष्टर्न मोटर्स प्रालीले १७ औँ वार्षिक साधारण सभाका अवसरमा व्यवसायीहरुले उक्त धारणा राखेका हुन् । नेपाल सरकारका सचिव तथा महालेखा नियंत्रक विनोद प्रकाश सिंह, ट्राफिक प्रहरीका प्रमुख तथा डिआईजी भरत बहादुर बोहरा, बरिष्ठ अधिवक्ता रामप्रसाद भट्टराईसंगै चाटर्ड एकाउन्टेन्ट भिरोचन खनालको सहभागितामा साधारण सभा सम्पन्न भएको थियो।

सो अवसरमा नेपाल अटोमोटिभ व्यवसायी एसोसियसनका अध्यक्ष समेत रहेका वेष्टर्न मोटर्स प्रालीका अध्यक्ष तथा सिईओ खगेन्द्र सिंह बमले २०८०।८१ को कम्पनीको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले आगामी दिनमा रचनात्मक भूमिका खेल्न सम्बन्धित सबैमा अपिल गरे। सो अवसरमा नेपाल अटोमोटिभ व्यवसायी एसोसियसनका वरिष्ठ उपाध्यक्ष कुमार चिमोरियाले समेत स्वागत मन्तब्य दिएका थिए ।

कार्यक्रममा नेपाल अटोमोटिभ व्यवसायी एसोसियसनका वरिष्ठ उपाध्यक्ष कुमार चिमोरियाले समेत स्वागत मन्तब्य दिएका थिए । उक्त कार्यक्रममा उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कृत समेत गरिएको थियो ।

ग्रोथ बुस्टर अवार्ड सेल्स म्यानेजर संगीता पुडासैनी, हाइएस्ट इभी सेल्स अवार्ड सोरूम म्यानेजर सौरभ गौतम, लङटर्म एसोसियसन अवार्ड अकाउंट एण्ड फाइनान्स म्यानेजर अवार्ड सुनिता श्रेष्ठलाई प्रदान गरिएको थियो ।

तीनै जनालाई जनही ५१ हजारका दरले नगद समेत प्रदान गरिएको थियो । वार्षिक साधारण सभाकै अवसरमा यस आर्थिक वर्षदेखि कम्पनीमा पाँच वर्ष सेवा दिएका कर्मचारीलाई लाभांसको पाँच प्रतिशत सेयर दिने घोषणा समेत गरिएको थियो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१