• २०८३ साउन २
  • 2026 July 18, Saturday

दशैंमा नेपाली सेनाको यातायात सुविधा, बस र हवाई दुवै सेवा प्रदान

  • २०८१ असोज २३, बुधबार १६:२८

काठमाडौं । नेपाली सेनाले बडादशैँ, २०८१ को अवसरमा घर बिदा जाने सैनिक तथा तिनका आश्रित परिवारलाई यातायात सुविधा प्रदान गरेको छ।

सैनिक कल्याणकारी कार्य अन्तर्गत आश्विन १८ गतेबाट मुलुकका विभिन्न स्थानहरूमा सहुलियतको यातायात सुविधा (स्थल तथा हवाई) सञ्चालन गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

सडक सञ्जालको पहुँच पुगेका स्थानहरूमा सवारी साधन (बस) मार्फत १२३० जनाले यातायात सुविधा मार्फत यात्रा गरिसकेका छन्। सडक सञ्जालको सहज पहुँच नपुगेका तथा दुर्गम पहाडी हिमाली क्षेत्रहरू लगायत लामो दुरीका गन्तव्यहरूमा हवाई उडानमार्फत ७२१ जनाले यो सुविधा लिएका निर्देशनालयले जनाएको छ ।

सैनिक निर्देशनालयका अनुसार असोज २४ गतेसम्म सञ्चालन हुने यो सुविधा मार्फत हालसम्म १९५१ जना सैनिक एवं आश्रित परिवारहरूले यातायात सुविधा मार्फत यात्रा गरिसकेका छन्।

नेपाली सेनाले कल्याणकारी कार्य अन्तर्गत बहालवाला र भूपू सैनिक तथा तिनका आश्रित परिवारजनलाई लक्षित गरी विविध सैनिक कल्याणकारी कार्यहरू सञ्चालन गर्दै आइरहेको जनाएको छ ।

  • २०८१ असोज २३, बुधबार १६:२८