• २०८३ साउन ९
  • 2026 July 25, Saturday

बडा दशैंको विसर्जन गरियो

  • २०८१ कात्तिक १, बिहीबार १३:५५

काठमाडौं । हिन्दुहरुको महानपर्व बडा दशैं विसर्जन गरिएको छ ।गत असोज १७ गते घटस्थापना गरेर सुरु भएको बडा दशैं कोजाग्रत पुर्णिमासँगै समापन भएको हो । बडादशैं समापन भएसँगै टीका ग्रहण कार्य पनि यसपालीलाई सकिएको छ ।

नेपालीहरुले भव्यरुपमा मनाउने बडादशैँ पर्व धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रातमा जाग्राम बसेपछि आजदेखि समापन गरिएको हो ।आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमाका दिन बुधबार साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गर्दै रातभर जाग्राम बस्ने प्रचलन रहदैँ आएको छ ।

माता दुर्गाका तीनवटा रुपमध्येका एक रुप महालक्ष्मीको पूजा गरेर बिहीबार दुर्गा पक्ष अर्थात बडा दशैंलाई बिदा गर्ने चलन रहेको छ ।यस वर्ष कात्तिक १ गते बिहीबार पूर्णिमा व्रत परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जानकारी दिएको छ ।कोजाग्रत पूर्णिमाका दिन राति जाग्राम बसी महालक्ष्मीको पूजा आराधना गर्दै दशैं विसर्जन गरिएको हो ।

  • २०८१ कात्तिक १, बिहीबार १३:५५