७ करोड खर्चेर सामाखुसी यातायात प्रा.लि.ले थप्यो १५ वटा बस

काठमाडौं । सामाखुसी यातायात कम्पनी प्रा.लि.ले थप १५ वटा बस सञ्चालनमा ल्याएको छ । सोमबार टोखा नगरपालिका वडा नम्बर–३ स्थित भत्केको पुलमा आयोजित एक कार्यक्रमका बीच बस उद्घाटनको घोषणा गरिएको हो ।

कार्यक्रममा सामाखुसी यातायातका अध्यक्ष सानु काजी प्रजापतिले काठमाडौँको उत्तरी क्षेत्रका यात्रुहरूको सेवालाई मध्यनजर गर्दै १५ वटा बस थपेको बताए । उनका अनुसार १५ वटा बस खरिदमा करिब ७ करोड लगानी भएको छ ।

थपिएका बसहरू काठमाडौँको उत्तरी बेल्टमा पर्ने मनमैजु–लोकतान्त्रिक चोक–नयाँ बसपार्क–जमल–एनएसी हुँदै सोही रुट फर्किने छन् । यस्तै झोर बसपार्क टोखा–सामाखुसी चोक हुँदै जमल–रत्नपार्क पुगेर सोही रुटबाट फर्किने व्यवस्था मिलाइएको उनले बताए ।

 

कार्यक्रममा नेपाल राष्ट्रिय यातायात महासंघका योगेन्द्र नाथ कर्माचार्य, उपाध्यक्ष रामप्रसाद सुवेदीसहित, कांग्रेस महासमिति सदस्य सुशील भट्ट, नेविसंघका केन्द्रीय सदस्य सुवास घिमिरे लगायतको सहभागिता थियो ।

सहभागीहरूले सामाखुसी यातायातको सेवा राम्रो रहेको र आगामी दिनमा थप प्रभावकारी बनाउन शुभकामना दिएका थिए । सामाखुसी यातायात प्रालि मातहत बस र माइक्रोस गरी करिब १५० वटा गाडी सञ्चालनमा रहेको बताइएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१