पुस ६ , दाङ एकीकृत समाजवादीका उपहासचिव मेटमणि चौधरीले एकीकृत समाजवादीले सहि दिशा समातेको बताएका छन् । जिल्ला भ्रमणमा रहेका दाङ क्षेत्र नम्बर १ का संघीय सांसद समेत रहेका चौधरीले शनिबार समाजवादी दाङका अगुवा नेता कार्यकर्तासङ्गको अन्तर्कृयामा भने,”हाम्रो पार्टीले बिचार, सिद्धान्तका हिसाबले सहि लाइन समातेको छ ।
यस हिसाबले पार्टीको दिशा ठिक छ । यसका नेता पनि ठिक छन् ।” महाधिवेशनदेखि केही महिना यता केन्द्रमा अलमल जस्तो देखिए पनि अहिले सबै समस्या समाधान भएको बताउदै पुर्व मन्त्री समेत रहेका चौधरीले अब पार्टी निर्माणमा सबै नेता कार्यकर्ता लाग्नु पर्ने बताए । न्याय, समानता र जनजिविकाका पक्षमा पार्टीको ध्यान केन्द्रित हुने नेता चौधरीको भनाइ थियो ।
एकीकृत समाजवादीका दाङ अध्यक्ष भुप बहादुर केसीको अध्यक्षतामा भएको छ्लफलमा केन्द्रीय अनुशासन आयोगका सदस्य डा. अमर गिरी, केन्द्रीय सदस्य ससमती चौधरी, प्रेमबक्स मियाँ, राम प्रसाद चौधरी , ओम भक्त डाँगी, चिरञ्जीवी बुढाथोकी, रुद्र बहादुर बस्नेत, गजेन्द्र खड्का, मुकुन्द बहकरी, दामोदर लामिछाने लगायतले मन्तव्य राखेको एकीकृत समाजवादी दाङका प्रचार विभाग प्रमुख सूर्य बिसीले बताए ।
