• २०८३ असार १०
  • 2026 June 24, Wednesday

रवि लामिछानेविरुद्ध थुनछेक बहस विहीबार पनि जारी रहने

  • २०८१ माघ २४, बिहीबार १०:२३

काठमाडौं । साहारा चितवन सहकारी ठगी आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं   तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेमाथिको थुनछेक बहस आज पनि जारी रहने जनाइएको छ ।

बुधबार जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासमा लामिछानेको बयानपछि सुरु भएको थुनछेक बहस नसकिएपछि आज पुनः बहस हुने भएको हो ।थुनछेक बहस नसकिएको हुँदा जाहेरवाला र प्रतिवादीको तर्फबाट बहससहित थुनछेक गर्न पूर्वगृहमन्त्री समेत रहेका रवि लामिछानेलाई अदालत उपस्थित गराइने छ ।बहस आज बिहान १० बजेबाट बहस सुरु हुनेछ ।

हिजो वादीतर्फका सरकारी वकिलले बहस गरेका थिए भने आज विपक्षी प्रतिवादीको तर्फबाट बहस गर्नेछन् ।बुधबार बहस नसकिएपछी लामिछानेलाई बुधबार जिल्ला प्रहरी कार्यालय चितवनको न्यायिक हिरासत पठाइएको थियो ।साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिनाको अभियोगमा जिल्ला सरकारी वकिलको कार्यालय चितवनले सोमबार रविसहित १५ जना व्यक्ति र ६ वटा कम्पनीविरुद्ध अदालतमा पूरक अभियोग दायर गरेको थियो ।

  • २०८१ माघ २४, बिहीबार १०:२३