• २०८३ असार ९
  • 2026 June 23, Tuesday

पूर्वराजा ज्ञानेन्द्रका गतिविधि दण्डनीय: एमाले

"पूर्वराजा ज्ञानेन्द्रको नाममा, उनको निर्देशन र उक्साहटमा संविधान विपरीतका कार्य भइरहेका छन्। पञ्चायतकालीन राष्ट्रिय गान गाउने, हालको राष्ट्रिय गानको अवमूल्यन गर्ने प्रयास भइरहेको छ। यी गतिविधिहरू पूर्वराजाकै उपस्थितिमा भइरहेका छन्।"

  • २०८१ फागुन २७, मङ्गलबार १४:२७

सत्तारुढ दल नेकपा एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहले हाल गरिरहेका गतिविधिहरू संविधानविपरीत र दण्डनीय भएको बताएको छ।

मंगलबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै एमालेका मुख्य सचेतक महेश बर्तौलाले लोकतन्त्रको कुनै विकल्प राजतन्त्र हुन नसक्ने उल्लेख गरे। साथै, पूर्वराजाको निर्देशन र उक्साहटमा संविधानविपरीतका गतिविधि भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए।

बर्तौलाले भने, “पूर्वराजा ज्ञानेन्द्रको नाममा, उनको निर्देशन र उक्साहटमा संविधान विपरीतका कार्य भइरहेका छन्। पञ्चायतकालीन राष्ट्रिय गान गाउने, हालको राष्ट्रिय गानको अवमूल्यन गर्ने प्रयास भइरहेको छ। यी गतिविधिहरू पूर्वराजाकै उपस्थितिमा भइरहेका छन्।

” विशेष रूपमा भारतीय जनता पार्टीका नेता तथा उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको ब्यानरसहित र्‍याली भइरहेको भन्दै उनले कानुनी दायरामा ल्याउनुपर्ने माग गरे। उनले थपे, “केही र्‍यालीहरूमा विदेशी, विशेषगरी भारतीय जनता पार्टीका नेताको ब्यानरसहितको सहभागिता देखिएको छ। यस्ता कार्यलाई कानुनी दायरामा ल्याउन आवश्यक छ।” राजतन्त्रलाई संग्राहलयमा थन्काइसकेको उल्लेख गर्दै बर्तौलाले हुकुमी शासनमार्फत देश चलाउने सपना देख्ने वा देख्न लगाउनेहरू सचेत हुनुपर्ने चेतावनी दिए।

  • २०८१ फागुन २७, मङ्गलबार १४:२७