“प्रचण्डको ‘बिचौलिया’ आरोपको गोकर्ण विष्टद्वारा खण्डन, सर्पले सर्पको खुट्टा देख्ने भन्दै गरे व्यङ्ग्य

  • विगतमा प्रचण्ड स्वयंले विचौलिया तथा सो प्रकृतिका व्यक्तिहरुसंग संगत गरेकाले उनलाई यस्तो लागेको पो हो कि?
  • नेकपा एमालेका सचिव तथा सांसद गोकर्ण विष्टले प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदमा गरेका अभिव्यक्तिहरूको खण्डन गरेका छन् ।

    विगतमा प्रचण्ड स्वयंले विचौलिया तथा सो प्रकृतिका व्यक्तिहरुसंग संगत गरेकाले उनलाई यस्तो लागेको पो हो कि, भन्ने खालको आशंका व्यक्त गरे ।

    विष्टले प्रचण्डको भनाइलाई “अत्यन्तै अमर्यादित र गैरजिम्मेवार” भनेका छन् ।  उनले प्रचण्डलाई “सर्पले सर्पको खुट्टा देख्छ भनेझैं” यस्तो दृश्य देख्नका लागि बानी लागेको हो कि भनेर प्रश्न समेत उठाए ।

    विष्टले सुशासन र सुधारका लागि सबैको सहकार्य आवश्यक भएकोमा जोड दिएका छन्।

    उनले कानूनी संरचना निर्माण, कार्यान्वयनका लागि जनशक्ति निर्माण, र बजेटमार्फत आशा जगाउन महत्त्वपूर्ण भएको बताए। उनले लोकतन्त्रको विकल्प भनेको उन्नत र सुधारिएको लोकतन्त्र मात्र भएको र राष्ट्र र जनताको हितमा अघि बढ्नुपर्ने कुरामा जोड दिएका छन् ।

    विष्टले आरोप प्रत्यारोपको आवश्यकता नभएको पनि भनेका छन्।

    © 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१