• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

वैशाख २२ गते माटोको टीका लगाएर सामूहिक गिरफ्तारी दिने जगमानको घोषणा

  • २०८१ चैत २७, बुधबार १५:४४

राजसंस्थाको पुनर्स्थापनाको माग गर्दै सक्रिय संयुक्त जनआन्दोलन समितिले आन्दोलनलाई नयाँ मोड दिने घोषणा गरेको छ। समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले बुधबार आयोजित पत्रकार सम्मेलन मार्फत
वैशाख २२ गते सामूहिक गिरफ्तारी दिने तयारी सार्वजनिक गरेका छन्।

उनले आगामी वैशाख २१ गतेसम्म राजावादी आन्दोलनमा पक्राउ परेकाहरूको रिहा र हाल नजरबन्दमा रहेका नवराज सुवेदीको स्वतन्त्रता सुनिश्चित नभए सामूहिक रूपमा गिरफ्तारी दिने चेतावनी दिए।

“२२ गते हामी सामूहिक रूपमा गिरफ्तार हुनेछौँ। म माटोको टीका लगाएर सबैभन्दा अगाडि हिँड्नेछु, तपाईंहरू पनि आउन तयार हुनुहोस्,” डा. गुरुङको उद्घोष थियो।
उनले ज्यानको पर्वाह नगरी भद्र अवज्ञा आन्दोलनको बाटो समातिने स्पष्ट गरे।

गुरुङले वैशाख १९ गते गोरखनाथ र गोरखकालीको अन्तिम पूजा गर्ने जानकारी पनि दिएका छन्, जसलाई राजसंस्थाको पुनर्स्थापनाका लागि आध्यात्मिक तथा सांस्कृतिक सन्देश स्वरूप लिइएको छ।

 

  • २०८१ चैत २७, बुधबार १५:४४