• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

सुदीपको न्यायको लागी पाकिस्तानी दूतावास अगाडी प्रदर्शन गरिँदै

  • २०८२ वैशाख १२, शुक्रबार १६:३९

काश्मिरको पाहलगाममा आतङ्कवादी आक्रमणमा परी मारिएका नेपाली युवा सुदीप न्यौपानेको हत्याविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन हुने भएको छ। बुटवलका २७ वर्षीय सुदीपको हत्या भएको घटनाप्रति आक्रोश व्यक्त गर्दै नेपाल नागरिक अभियानले शनिवार चुनदेवी मन्दिर परिसरमा विरोध गर्ने तयारी गरेको हो।

नागरिक अभियानका कार्यवाहक अध्यक्ष डा. हरिहर घिमिरेले आतङ्कवादविरुद्ध ऐक्यबद्धता जनाउन प्रदर्शनको आयोजना गरिएको जानकारी दिए। नेपाली कांग्रेस आदिवासी जनजाति विभाग र नेविसंघ त्रिचन्द्र क्याम्पसले पनि शनिवार पाकिस्तानी दूतावासअगाडि धर्नाको कार्यक्रम राखेका छन्।

उनीहरूले पाकिस्तानी जनरलको आपत्तिजनक अभिव्यक्तिलाई लिएर घटना पाकिस्तानको योजनाबद्ध हमला भएको दाबी गरेका छन्। आतङ्ककारीले सुदीपलाई नाङ्गै बनाएर गोली हानेको बताइएको छ। सुदीपसहित २६ जनाको ज्यान गएको घटनाले नेपाली समाजमा दुःख र आक्रोश छाएको छ।

  • २०८२ वैशाख १२, शुक्रबार १६:३९