• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

प्रधानमन्त्री प्रभावहीन भएको कांग्रेस प्रवक्ता प्रकाश महतको आरोप

  • २०८२ वैशाख १४, आइतबार ११:११

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले प्रधानमन्त्रीको भूमिका प्रभावकारी हुन नसकेको आरोप लगाएका छन्।

प्रेस युनियन दाङद्वारा घोराहीमा आयोजित पत्रकार भेटघाटमा बोल्दै महतले दुई ठूला शक्तिहरू मिलेर बनेको सरकारले जनताको गुनासा सम्बोधन गर्न नसकेको बताएका छन् । शिक्षक आन्दोलन, गभर्नर नियुक्ति र सुशासन जस्ता मुद्दामा प्रधानमन्त्रीले सन्तुलन र समन्वय गर्न नसकेको महतको आरोप छ।

कांग्रेस योग्य र सक्षम गभर्नरको नियुक्ति चाहन्छ तर यस प्रकृयामा पनि प्रधानमन्त्रीले विलम्ब गरेको आरोप उनले लगाए ।

सरकारले जनअपेक्षाअनुसार काम गर्न नसक्दा निराशा बढेको महतले बताएका छन्। सहकारी काण्डमा साना बचतकर्ताको पैसा सम्बन्धित व्यक्तिबाट असुली गरिनुपर्ने माग गर्दै उनले सरकारलाई सक्रिय हुनका लागि समेत आग्रह गरेका छन् । साथै, पूर्वराजाको मनोमानीका कारण गणतन्त्र आएको स्मरण गराउँदै उनले राजा फर्काउने सम्भावना नदेखिएको स्पष्ट पारे।

  • २०८२ वैशाख १४, आइतबार ११:११