• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

सांसद माया राईविरुद्ध पूरक अनुसन्धान, आज म्याद थप हुँदै

  • २०८२ वैशाख १४, आइतबार ११:१८

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद माया राईविरुद्ध पूरक अनुसन्धान सुरु हुने भएको छ।

कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा राईलाई शनिबार साँझ बुढानीलकण्ठ–१० कपनबाट प्रहरीले पक्राउ गरेको हो।

ठगी र सङ्गठित अपराध मुद्दामा राईमाथि पूरक अनुसन्धान गर्न आज अदालतबाट म्याद थपिने जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले जानकारी दिएका छन् ।

भोजपुरकी राईले स्वर्णलक्ष्मी सहकारीमा सदस्य र सहसचिवको भूमिका निर्वाह गरेकी थिइन्।

यसअघि स्वर्णलक्ष्मी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाएर प्रहरीद्वारा अभियोगपत्र दर्ता भइसकेको छ। म्याद थपपछि राईको बयान लिइने र थप प्रमाण संकलन गरी सरकारी वकिल कार्यालयमा पूरक प्रतिवेदन पेश गरिने प्रहरीले जनाएको छ।

  • २०८२ वैशाख १४, आइतबार ११:१८