मन्त्रिपरिषद बैठकले शिक्षकका माग अनुमोदन गरेको छ। बुधबार साँझ बसेको मन्त्रिपरिषद बैठकले नौ बुँदे मागलाई अनुमोदन गरेको शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री रघुजी पन्तले जानकारी दिए।बुधबार नेपाल शिक्षक महासंघ र सरकारबीच वार्ता सहमतिमा टुंगिएको थियो।
त्यसलगत्तै मन्त्रिपरिषद बैठक बसेको थियो। बैठकले सो सहमति अनुमोदन गरेको हो।आन्दोलनरत शिक्षक महासंघको माग पूरा गर्न सरकारलाई वार्षिक आठ अर्ब दायित्व थपिने भएको छ ।
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षकहरूका माग सम्बोधन गर्न वार्षिक ८ अर्ब दायित्व थपिने बताएका हुन् ।
बुधबार राति मन्त्रिपरिषदको बैठकपछि शिक्षामन्त्री पन्तले शिक्षकहरुका माग सम्बोधन गर्न वार्षिक ८ अर्ब दायित्व थपिने र यसमा अर्थ मन्त्रालयले सहमति दिएको जानकारी दिएका हुन् ।
