काठमाडौं। नेकपा एमालेका सांसद एकनाथ ढकालले सरकार र नेपाल शिक्षक महासंघबीच भएको नौ बुँदे सहमति अब कार्यान्वयनको चरणमा जानुपर्ने आवश्यकता व्यक्त गरेका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद ढकालले सहमति भएका बुँदाहरूलाई अब व्यवहारमा उतार्ने समय आएको स्पष्ट पारेका हुन्।
उनले भने, “सरकारले विगतमा पनि सहमति गर्दा केही उदारता देखाएको भए पनि कार्यान्वयनमा भने निकै ढिलाइ भएको छ, जसका कारण शिक्षकहरू अझै पूर्ण रूपमा आश्वस्त हुन सकेका छैनन्।
आगामी बजेटमार्फत सहमतिको कार्यान्वयनको खाँचो छ।” यसैगरी, उनले राहत शिक्षकहरूको विषयमा पनि कुनै प्रकारको ढिलासुस्ती गर्न नहुने बताइन्।
