विश्व पौडेललाई नै गभर्नर बनाउने सहमति

काठमाडौं।  नेपाल राष्ट्र बैंकको गभर्नरमा कांग्रेस निकट प्रा.डा. विश्वनाथ पौडेललाई नियुक्त गर्ने सहमति सत्ता गठबन्धनबीच जुटेको छ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच मंगलबार भएको छलफलमा पौडेललाई नै गभर्नर बनाउने सहमति भएको स्रोतले जानकारी दिएको छ।

यसअघि गभर्नर चयनको विषयमा कांग्रेस र एमालेबीच मतभेद देखिएको थियो। सहमतिसँगै मंगलबारै गभर्नर सिफारिस समितिको बैठक आह्वान गरिएको छ। समितिबाट सिफारिस भएपछि मन्त्रिपरिषद्को बैठकबाट पौडेलको नियुक्तिबारे औपचारिक निर्णय हुने अपेक्षा गरिएको छ।