• २०८३ असार ७
  • 2026 June 21, Sunday

महामन्त्रीसँग भेटपछि देउवाले शीर्ष नेताहरूलाई बुढानीलकण्ठमा छलफलका लागि बोलाए

  • २०८२ जेठ ८, बिहीबार १४:२१

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरूलाई छलफलका लागि बोलाएका छन्। सभापति देउवाले आज अपराह्न ४ बजे आफ्नै निवास बुढानीलकण्ठमा बैठक आह्वान गरेका हुन्।

कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, सरकारको कार्यसम्पादनको समीक्षा र पार्टी गतिविधिबारे छलफल हुने कार्यक्रम रहेको छ।

देउवाले शीर्ष नेताहरूसँगको छलफलअघि पार्टीका महामन्त्री गगन थापासँग अलग्गै भेटवार्ता गरेका थिए। यद्यपि कांग्रेसका केही नेताहरूले आजको बैठकलाई औपचारिकभन्दा पनि अनौपचारिक र सामान्य छलफलका रूपमा लिएको बताएका छन्।

  • २०८२ जेठ ८, बिहीबार १४:२१