• २०८३ असार ७
  • 2026 June 21, Sunday

सहकारी ऋण नतिर्दा एमाले नेता कृष्ण कुमार अर्याल पक्राउ

  • २०८२ जेठ ८, बिहीबार १५:१७

काठमाडौँ । सोह्रखुट्टेस्थित दिगो पर्यटन सहकारीबाट लिएको ऋण नतिरेपछि कृष्ण कुमार अर्याललाई प्रहरीले पक्राउ गरेको छ। ललितपुर महानगरपालिका–३, सानेपामा बसोबास गर्ने अर्याललाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यका अनुसार, ऋण तिर्न अटेर गरेपछि सहकारीले अदालतमा मुद्दा दायर गरेको थियो। त्यसकै आधारमा काठमाडौँ जिल्ला अदालतले अर्याललाई १ वर्ष कैद र ११ लाख ५० हजार रुपैयाँ बिगो तथा जरिवाना तिर्ने फैसला गरेको थियो।

२०८० साल असार २७ गते अदालतले उनीमाथि रकम भुक्तानी गर्न आदेश दिएको भए पनि अर्यालले अटेर गर्दै समयमै भुक्तानी नगरेपछि उनलाई पक्राउ गरिएको हो।

  • २०८२ जेठ ८, बिहीबार १५:१७