काठमाडौं। तीनकुने घटनासम्बन्धी मुद्दामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणाविरुद्ध राज्यविरुद्धको कसुरमा मुद्दा चल्ने भएको छ।
काठमाडौं जिल्ला अदालतमा आइतबार उनीहरूविरुद्ध मुद्दा दर्ता हुने तयारी गरिएको छ। अदालत स्रोतका अनुसार आवश्यक फाइल अदालतमा पेस भइसकेको छ।
दुबै नेता यसअघि सोही प्रकरणमा पक्राउ परेका थिए। धवलशमशेर राणा स्वास्थ्य उपचारका लागि रिहा भएका थिए भने रवीन्द्र मिश्रलाई सर्वोच्च अदालतमा दायर गरिएको बन्दीप्रत्यक्षीकरण रिटको आधारमा रिहा गरिएको थियो।
राज्यविरुद्धको कसुरमा दर्ता हुने उक्त मुद्दालाई संवेदनशील मानिएको छ, र यसमा अन्य ६५ जनाविरुद्ध पनि अभियोग अघि बढाइएको छ।
