• २०८३ असार ७
  • 2026 June 21, Sunday

ओलीको अभिव्यक्ति निरंकुश प्रवृत्तिको सुरुवात हो : डा. शेखर कोइराला

  • २०८२ जेठ १३, मङ्गलबार १०:४६

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिलाई निरंकुशताको सुरुवातको संकेत भएको बताएका छन्।

मंगलबार विराटनगरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री ओलीले ‘जेठ १५ गते काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्छ’ भन्ने अभिव्यक्तिप्रति गम्भीर ध्यान नदिइएकोप्रति असन्तोष व्यक्त गरे।

डा. कोइरालाले भने, “मैले सोचेको थिएँ, कांग्रेसको पदाधिकारी बैठकमा प्रधानमन्त्रीको अभिव्यक्तिबारे छलफल हुन्छ। तर, त्यसको साटो मेरो विषयमा छलफल भयो। मलाई खुसी लाग्यो,  यसले पार्टी कहाँ पुगेको छ भन्ने थाहा भयो।”

  • २०८२ जेठ १३, मङ्गलबार १०:४६