काठमाडौं। गृहमन्त्री रमेश लेखकले संसद्मा बोल्न नपाएपछि पत्रकार सम्मेलन गर्ने तयारी गरेका छन्।
भिजिट भिसा प्रकरणमा विपक्षी दलले राजीनामाको माग गर्दै सदन अवरुद्ध गरिरहेका बेला गृहमन्त्री लेखकले आफ्नो पक्ष प्रष्ट पार्न पत्रकार सम्मेलन गर्ने तयारी गरेका हुन्। सत्तापक्षले उनलाई संसद्मै जवाफ दिन उभ्याउने प्रयास गरे पनि विपक्षीको अवरोधका कारण त्यसो हुन सकेन।
आज बिहान प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भएको छलफलमा पनि गृहमन्त्रीको राजीनामा आवश्यक नरहेको निष्कर्ष निकालिएको थियो।
आजको प्रतिनिधिसभा बैठक विपक्षीको अवरोधपछि स्थगित भएको छ। गृहमन्त्रीको सचिवालयका अनुसार, यदि बैठक पुनः सुरु भएर उनले बोल्न अवसर नपाए, भने पत्रकार सम्मेलनमार्फत सार्वजनिक धारणा राखिनेछ।
