जिम्बाबेविरुद्धको एकदिवसीय शृंखलाका लागि नेपाली टोलीको घोषणा

काठमाडौं । जिम्बाबे ‘ए’ विरुद्धको एकदिवसीय शृंखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । शुक्रबार मुख्य प्रशिक्षक पुबुदु दासानायकेले एकदिवसीय शृंखलाको लागि नेपाली टोलीको कप्तानी सन्दीप लामिछानेले नै सम्हाल्ने घोषणा गरेका छन् ।

नेपाली टिममा किशोर महतोले ‘डेब्यु’ गर्दा विकेटकिपर ब्याटर विनोद भण्डारी, सुनिल धमला र सुसन भारीले टोलीमा पुनरागमन गरेका छन् ।

नेपालले घरेलु मैदानमा १७ वैशाखदेखि जिम्बाबे ‘ए’ विरुद्ध तीन एकदिवसीय र तीन टी-२० क्रिकेट शृंखला खेल्ने तालिका छ । नेपालले पहिलो पटक टेस्ट मान्यता प्राप्त राष्ट्रको टिमविरुद्ध घरेलु मैदानमा शृंखला खेल्न लागेको हो ।

नेपाली टोली

सन्दीप लामिछाने (कप्तान), आशिफ शेख, देव खनाल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आरिफ शेख, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, सागर ढकाल, विक्रम सोब, सागर ढकाल, किशोर महतो, सुनिल धमला, सुसन भारी र अदिल अन्सारी

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१