• २०८३ जेठ २२
  • 2026 June 05, Friday

अबरुद्ध वीपी राजमार्ग लेदो हटाएपछि खुला

  • २०८२ असार ३१, मङ्गलबार ०९:१०

काभ्रेपलान्चोक । पहिरो र लेदो पन्छाएपछि  वीपी राजमार्गको अवरोध हटेको छ । गएराति अवरुद्ध भएको सडक आज बिहान ८ः३५ बाट पुन सञ्चालनमा आएको प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।

कार्यालयका अनुसार काभ्रेको रोशी गाउँपालिका–११ माम्तीस्थित सडकमा भेलबाढी आई कटान गरी सडक अवरुद्ध भएको थियो । यस्तै उक्त राजमार्गको रोशी– ९ स्थित खहरे खोला र विरुवाडाँडामा लेदो आई गए राति सडक अवरुद्ध भएको थियो ।

स्थानीय जनप्रतिनिधिको समन्वय र प्रहरीको सहयोगमा सडक खुलाइएको हो ।  जेसिभी प्रयोग गरी लेदो हटाएर दुइतर्फी नै यातायात सञ्चालनमा ल्याइएको हो ।

  • २०८२ असार ३१, मङ्गलबार ०९:१०