मुख्य रजिष्टार नियुक्तिका लागि मन्त्रिपरिषद् बैठक डाकियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ६:३० बजे बस्नेछ।

प्रशासन सिंहदरवार विशेष स्रोतका अनुसार, आजको बैठकले एकजना मुख्य रजिष्टार र एकजना रजिष्टारको नियुक्ति गर्ने तयारी गरेको छ। मुख्य रजिष्टारमा विमल पौडेलको नाम सिफारिस भएको छ ।

त्यसैगरी रजिष्टारमा मानबहादुर कार्कीको नाम सिफारिस भएको छ । बैठकमा दुई वा तीन जना सचिवहरूको बढुवाको सम्भावनासमेत रहेको बताइएको छ। यद्यपि, सचिव बढुवाका सम्बन्धमा अन्तिम निर्णय आजै हुने वा नहुने विषय अझै खुलिनसकेको स्रोतले जनाएको छ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१