• २०८३ जेठ २६
  • 2026 June 09, Tuesday

‘कोदो उत्पादन वृद्धि गरौं, कोदोका परिकारहरू खाउँ’ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोदो उत्पादन बढाउनुपर्नेमा जोड दिएका छन्।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत कोदो दिवसको अवसरमा शुभकामना दिँदै उनले कोदो हाम्रो परम्परागत खाद्यान्न बाली मात्र नभई यसको पोषणीय महत्त्व समेत रहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले भनेका छन्, ‘ग्लाइसेमिक इन्डेक्स कम हुने भएकाले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न, यसमा हुने फाइबरले हृदय स्वास्थ्य मजबुत बनाउन मद्दत गर्छ।’ ‘सिँचाइ बिना नै उत्पादन हुन सक्ने यस्तो गुणकारी खाद्यान्नलाई प्रवर्द्धन गर्न सरकारले यस वर्षदेखि साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाउने निर्णय गरेको छ ।’

उनले कोदोको उत्पादन बढाउन र यसका परिकार उपभोग गर्न सुझाव समेत दिएका छन् । ‘कोदो उत्पादन बढाऔँ, कोदोका परिकारहरू उपभोग गरौँ ! कोदो दिवसको शुभकामना !’, उनले शुभकामना दिँदै भनेका छन् ।

सरकारले कोदोजन्य बालीहरूको आयात रोक्न, उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यले पहिलोपटक आज राष्ट्रिय कोदो दिवस मनाउँदैछ। कोदोजन्य बालीले साना किसानको आयआर्जन बढाउन, खाद्य तथा पोषण सुरक्षाका लागि आज साउन १६ गते दिवस मनाउन लागिएको हो ।

K P Sharma Oli

about an hour ago

कोदो हाम्रो परम्परागत खाद्यान्न बाली मात्र होइन, यसको पोषणीय महत्त्व छ। ग्लाइसेमिक इन्डेक्स कम हुने भएकाले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न, यसमा हुने फाइबरले हृदय स्वास्थ्य मजबूत बनाउन मद्दत गर्छ। सिँचाइ बिना नै उत्पादन हुन सक्ने यस्तो गुणकारी खाद्यान्नलाई प्रवर्द्धन गर्न सरकारले यस वर्षदेखि साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाउने निर्णय गरेको छ।
कोदो उत्पादन बढाऔं, कोदोका परिकारहरु उपभोग गरौं!
कोदो दिवसको शुभकामना !