देउवाको निर्देशनपछि मुख्यमन्त्री लामा राजीनामा दिन सहमत

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर लामा मुख्यमन्त्री पदबाट राजीनामा दिन तयार भएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले बुढानीलकण्ठमा बोलाएरै मार्ग प्रशस्त गर्न आग्रह गरेपछि राजीनामा दिने तयारी गरेका हुन् ।

दलको नेतामा इन्द्र बानियाँसँग पराजित भए पनि लामाले मुख्यमन्त्री पदबाट राजीनामा नदिने अडान दिएका थिए । तर, देउवाको निर्देशनपछि हेटौँडा फर्केर राजीनामा दिने आफू निकटका नेताहरूलाई जानकारी गराएका हुन् ।

दलको निर्वाचनमा मुख्यमन्त्री लामानिकट रहेका सांसद तीर्थ लामाले मुख्यमन्त्रीले भोलीसम्ममा राजीनामा दिने बताए । लामाले राजीनामा दिएपछि बानियाँको नेतृत्वमा नयाँ सरकार गठन प्रक्रिया अघि बढ्छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१