• २०८३ जेठ २६
  • 2026 June 09, Tuesday

झलनाथ खनालको भनाइ : ‘एमाले विभाजन निर्णय गलत थियो, विद्रोहको दाबी पुष्टि भएन’

काठमाडौँ। पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा एमाले विभाजन गरेर एकीकृत समाजवादी गठन गर्नुको औचित्य पुष्टि हुन नसकेको बताएका छन् ।एक कार्यक्रममा बोल्दै खनालले एमाले विभाजन गलत रहेछ भन्ने ठाउँमा पुगेको बताएका हुन् ।

‘जतिबेला यो पार्टी विग्रह वा विभाजन गरियो नि त्यो नै गलत रहेछ भन्ने ठाउँमा पुग्दैछु म’, खनालले भनेका छन्, ‘एमालेमा जुन विद्रोह गरियो त्यो विद्रोह पुष्टि नै भएन अहिलेसम्म । पुष्टि नहुनुको अर्थ गलत गरियो ।’ यद्यपि एमालेमा फर्कने प्रश्नमा भने खनालले सर्त राखेका छन् । एकीकृत समाजवादीका सम्मानित नेता खनालले एमाले फर्कन चार सर्त राखेका छन् ।

मार्क्सवाद-लेनिवाद मार्गदर्शक सिद्धान्त, २०६२/०६३ सालमा पुँजीवादी जनवादी क्रान्ति सम्पन्न भएकाले समाजवादी क्रान्तिमा जानुपर्ने निष्कर्ष, जबज छोडेर समाजवादी कार्यक्रम र वैज्ञानिक समाजवादलाई लक्ष्य मान्ने सर्तमा एमाले फर्कने उनले बताएका हुन् ।