• २०८३ जेठ २६
  • 2026 June 09, Tuesday

देउवाको भनाइ : संविधानका प्रावधानले एकल बहुमत असम्भव, अर्को दलसँग मिल्नुपर्ने बाध्यता छ’

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधानकै कारणले अहिले कुनै पार्टीको स्पष्ट बहुमत नआउने बताएका छन्। पार्टीको थारु विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै एउटै पार्टीको बहुमत नआएको कारणले मिलेर सरकार बनाउनुपरेको बाध्यता सुनाए।

उनले भने, ‘संविधान सबैलाई जोड्ने खालको छ। महिला, दलित, जनजाति, आदिवासी सबैलाई समेट्छ। यो समावेशी लोकतन्त्र भन्दा पनि हुन्छ। तर, संविधानले गर्दा कुनै पनि पार्टीको बहुमत आउँदैन। कुनै न कुनै पार्टीसँग मिलेर सरकार बनाउनुपर्ने हुन्छ।

कुनै पार्टीसँग मिलेर सरकारमा जानुपर्ने हुन्छ। कुनै पार्टीको बहुमत आउँदैन।’ पार्टी एक ढिक्का भएर अगाडि बढे बहुमत आउन पनि सक्ने भएकाले एकताबद्ध भएर अघि बढ्न पार्टीपंक्तिलाई आग्रह गरे। उनले आफूले थारु समुदायबाटै लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनाएको र पार्टी सहमहामन्त्री एक जना अनिवार्य हुनुपर्ने व्यवस्था राखेको बताएका छन्।