
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख इन्दिरा रानामाथि मानव तस्करीको आरोप प्रमाणित गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ बसेको काँग्रेससँगको बैठकमा उपसभामुख हटाउने प्रस्ताव गरेका थिए । रास्वपाले मानव तस्करीको मुद्दा उठाएर संसदमा विरोध गरिरहेको भन्दै प्रधानमन्त्री ओलीले रास्वपामै मानव तस्कर भएको आरोप लगाएका थिए ।
बालुवाटार बैठकबारे प्रतिक्रिया दिँदै रास्वपा उपसभापति डीपी अर्यालले आरोप प्रमाणित गर्न प्रधानमन्त्री ओलीलाई चुनौती दिएका हुन् । विकसित घटनाक्रमपछि सिंहदरवारमा बसेको विपक्षी दलको बैठक कक्षमा प्रवेश गर्नुअघि अनलाइनखबरसँग अर्यालले भने, ‘उपसभामुख मानव तस्कर भएको प्रमाणित गर्नुस्, हामीले संसद्मा उठाएको मानव तस्करको विषय पुष्टि गर्छौँ ।’