• २०८३ जेठ २६
  • 2026 June 09, Tuesday

उपसभामुख हटाउने हल्लापछी विपक्षी दलहरूको बैठक जारी

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने सत्तापक्षको तयारीपछि विपक्षी दलहरूले संयुक्त रणनीति बनाउन बैठक थालेका छन्।

विपक्षी दलहरूको बैठक मंगलबार सिंहदरबारस्थित नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को संसदीय दल कार्यालयमा जारी छ। बैठकमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीसहितका विपक्षी दलका शीर्ष नेता सहभागी रहेका छन्।

विपक्षी दलहरूले उपसभामुखको पद हटाउने प्रक्रियालाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गर्दै संयुक्त धारणा बनाउन खोजेका छन्।