Author: Hulak News

  • कांग्रेसको १४ औँ महाधिवेशनको सन्दर्भमा जसस जापानकाे काम र भूमिकाप्रति असन्तुष्टि व्यक्त

    कांग्रेसको १४ औँ महाधिवेशनको सन्दर्भमा जसस जापानकाे काम र भूमिकाप्रति असन्तुष्टि व्यक्त

    जापान । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको सन्दर्भमा जन सम्पर्क समिति जापानले गरेका काम र समितिकाे भूमिकाप्रति समितिका पदाधिकारीहरुसहित र क्षेत्रीय समितिहरुले असन्तुष्टि व्यक्त गरेका छन् ।

    अधिवेशनको तयारी भैरहेको सन्दर्भमा जन-सम्पर्क समिति जापानबाट पठाउनु पर्ने क्रियाशिल सदस्यताको शिफारिस एवं महाधिवेशन प्रतिनिधिको छनौटमा पार्टीको निर्देशन र जन-सम्पर्क समिति जापानको विधान विपरित आम कार्यकर्तालाई कुनै जानकारी नदिइ षड्यन्त्रमुलक र लज्जाजनक तरीकाले क्रियाशील सदस्यताको सिफारिस गरिएको पदाधिकारीहरुले आराेप पनि लगाएका छन् । साथै उनीहरुले विज्ञप्तिमार्फत पैसाको मोलतोलमा महाधिवेशन प्रतिनिधिहरूको छनौट गरी पठाउने प्रपन्च भैरहेको पनि आराेप लगाएका छन् ।

    विज्ञप्तिमा उनीहरुले भनेका छन्, ‘कांग्रेस पार्टीको क्रियाशिल सदस्य बनेका र पार्टीमा योगदान दिएका हरेक व्यक्तिलाई पार्टीका निकायहरूका निर्वाचनहरूमा सहभागी हुने, नेतृत्व चयन गर्ने वा नेतृत्व गर्न प्रतिस्पर्धा गर्न पाउने हाम्रो नैसर्गिक हकलाईसमेत षडयन्त्रमुलक ढंगले खोसिएको छ ।’

    उनीहरुले नेपाली कांग्रेसको आदर्श, सिद्धान्त र मूल्य-मान्यताको जगेर्ना गर्न र आम काँग्रेसका कार्यकर्ता र शुभचिन्तकको भावनाको कदर गर्दै विभिन्न माग राखेर नेपाली कांग्रेसका सभापतिलाई पत्र समेत पठाएका छन् ।

    उनीहरुले बिना छानविन शिफारिस गरिएका क्रियाशील सदस्यताका फारमको छानविन गर्न उच्च सतरिय छानविन समितिको गठन गर्न, नेपाली कांग्रेसकाे १४ औँ महाधिवेशनका प्रतिनिधिहरूको निर्वाचन र जसस जापानको क्षेत्रीय तथा राष्ट्रिय अधिवेशनको तत्काल आयोजना गर्न एउटा अधिवेशन तयारी समिति को गठन गर्न र संगठनलाई यस्तो अस्तव्यस्त पार्ने र पार्टीको निर्देशन र संगठनको विधि-विधानलाई समेत पालना गर्न असमर्थ वर्तमान जसस जापान को कार्य समितिलाई तुरून्त भंग गर्न मागसमेत गरेका छन् ।

    उनीहरुले अहिले भइरहेका सबै प्रकारका जसस जापानले गरेका विधिविधान विपरितका कार्यहरुको विरोध गर्न र वर्तमान अवस्थाको उचित समाधानको बाटोको विषयमा छलफल गर्न नाेभेम्बर २८ मा बृहत् कार्यकर्ता भेलाकाे आयाेजनासमेत गरेका छन् ।

  • एमाले महाधिवेशन : उम्मेदवारी दर्ता आइतबारका लागि सर्‍यो

    एमाले महाधिवेशन : उम्मेदवारी दर्ता आइतबारका लागि सर्‍यो

    चितवन । नेकपा एमालेको १०औं महाधिवेशनअन्तर्गत बन्दसत्र जारी छ । निर्धारित समयभन्दा पाँच घण्टा ढिलो सञ्चालन भएको बन्दसत्रमा उम्मेदवारी दर्तालगायत थप कार्यक्रम नहुने एमालेका एक नेताले बताएका छन् ।

    बन्दसत्रको उद्घाटन ढिलागरी सञ्चालन भएपछि थप कार्यक्रम नहुने एमालेका एक नेताले बताएका छन् । स्रोतका अनुसार उम्मेदवारी दर्ता आइतबारका लागि सकेको छ ।

  • मुख्यमन्त्री राईले भने- म रचना रिमाललाई वान साइड लभ गर्छु

    मुख्यमन्त्री राईले भने- म रचना रिमाललाई वान साइड लभ गर्छु

    झापा । प्रदेश १ मुख्यमन्त्री राजेन्द्रकुमार राईले गायिका रचना रिमाललाई वान साइड लभ गरेको बताएर आफू नेपाली गीतसंगीतलाई माया गर्ने व्यक्ति रहेको जानकारी दिएका छन् ।

    झापाको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा इन्ट्रा नेशनल वेल्फेर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले ज्येष्ठ नागरिकका लागि निर्माण गरेको डे केयर भवनको उद्घाटन तथा सांस्कृतिक कार्यक्रममा शनिबार मुख्यमन्त्री राईले गायिका रचनाको गायिकी क्षमता र वाक् शैलीप्रति आफू वान साइड लभमा परेको बताएका हुन् ।

    ‘झापाकी गायिका रचना रिमालप्रति म वान साइड लभमा छु’, उनले भने, ‘उनको गायिकी क्षमताको प्रेममा परेको हुँ ।’

    रचनाको जबाफ दिने शैलीको तारिफ गर्दै मुख्यमन्त्री राईले भने, ‘अन्तर्वार्ता लिँदा तपाईं कसलाई मन पराउनु हुन्छ भनेर सोध्दा रचनाले म तपाईंलाई मन पराउँछु भनेर जबाफ दिन्छिन् ।’

    नेपाली गीतसंगीतप्रति चासो र चिन्ता रहेको बताउँदै उनले विभिन्न कलाकारकाे क्षमताबारे बताए ।

    गायक प्रेमराजा महतले ‘पानको पात’ बोलको गीत गाउँदा नायिका रिमालसहित गायक प्रमोद खरेल, नायिकाद्वय केकी अधिकारी र वर्षा राउत, शंकर विसीलगायत कलाकारसँग मुख्यमन्त्री राई नाचेका थिए ।

  • ओलीकाे आह्वान : विपक्षीसँग प्रतिस्पर्धा गरौं, पार्टीभित्र एकता गरौं

    ओलीकाे आह्वान : विपक्षीसँग प्रतिस्पर्धा गरौं, पार्टीभित्र एकता गरौं

    चितवन । एमाले अध्यक्ष केपी ओलीले पार्टीभित्र प्रतिस्पर्धा नभइ एकता गरेर अघि वढ्नुपर्ने बताएका छन् । १०औं महाधिवेशनको बन्द सत्रमा बोल्दै उनले भने ‘विपक्षीसँग प्रतिस्पर्धा गरौँ, पार्टीभित्र एकता गरौँ ।’

    उनले पार्टीलाई एकतापूर्ण ढंगले अगाडि वढाएको भन्द नेता र कार्यकर्तालाई धन्यवादसमेत दिए । ‘म कति बाँच्छु भन्न सक्दिन, धेरैपटक मरेर बाँचेर आएको छु, तपाईहरुलाई देखेरै मलाइ निद्रा लाग्छ खाना रुच्छ र देशको भविश्य सुरक्षित देख्छु,’ ओलीले बन्द सत्रमा भने ।

    १०औं महाधिवेशनको बन्द सत्रमा बोल्दै ओलीले एमालेबाट अन्य दलहरुले समेत सिक्न थालेको भन्दै एमालैकै मोडलमा एकैपटक तल्ला तहका कमिटीहरुका अधिवेशन गर्न सुरु भएको बताए ।

    ऐतिहासिक जनसहभागिता र शुभेच्छामा उदघाटन सत्र सम्पन्न गरेको भन्दै ओलीले भने, ‘एउटा विशेष परिस्थिति र अवस्थाबाट अघि बढिरहेको छ । सत्ताबाट प्रतिपक्ष भएको अवस्थामा, विरोधीका जालझेल असंवैधानिक अलोकतान्त्रिक कदमले यहाँ पुग्यौं । जनताले यहाँ पुर्‍याएको होइन । जनमत यो होइन । अझ बढी गम्भीर चुनौती खडा भएको छ । राज्यको दुरूपयोग भएको छ । दढ भएर सामना गर्नुपर्नेछ ।’

    उनले नवौं महाधिवेशनपछि संविधान निर्माण गरी जारी गर्न दलहरू एकजुट गराउन एमालेको महत्वपूर्ण भूमिका रहेको बताए । उनले महाधिवेशनपछि स्पष्ट वैचारिक दिशातर्फ अगाडि बढेको भन्दै एमालेलाई दुर्वचन बोल्ने र होच्याउने अवस्था अन्त्य भएको पनि बताए ।

  • यस्तो छ विदेशी मुद्राको शुक्रबारकाे विनिमय दर

    यस्तो छ विदेशी मुद्राको शुक्रबारकाे विनिमय दर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८ रुपैयाँ ९१ पैसा र बिक्री दर ११९ रुपैयाँ ५१ पैसा कायम गरेको छ ।

    युरोपियन यूरो एकको खरिद दर १३३ रुपैयाँ ४६ पैसा र बिक्री दर १३४ रुपैयाँ १३ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५८ रुपैयाँ ५४ पैसा र बिक्री दर १५९ रुपैयाँ ३४ पैसा छ । यस्तै, स्वीस फ्रेङ्क एकको खरिद दर १२७ रुपैयाँ ३७ पैसा र बिक्री दर १२८ रुपैयाँ ०१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ५० पैसा र बिक्री दर ८५ रुपैयाँ ९३ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ८९ पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ ३६ पैसा छ ।

    जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ३१ पैसा र बिक्री दर १० रुपैयाँ ३६ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ६२ पैसा र बिक्री दर १८ रुपैयाँ ७१ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ ।

    यस्तै, साउदी अरबियन रियाल आज एकको खरिर दर ३१ रुपैयाँ ७० पैसा र बिक्री दर ३१ रुपैयाँ ८६ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ६६ पैसा र बिक्री दर ३२ रुपैयाँ ८२ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । त्यस्तै, मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ११ पैसा छ भने बिक्री दर २८ रुपैयाँ २६ पैसा छ ।

  • दक्षिण अफ्रिकामा कोभिडको नयाँ भेरियन्ट तीव्र, बेलायतले लगायो ६ देशमा यात्रा प्रतिबन्ध

    दक्षिण अफ्रिकामा कोभिडको नयाँ भेरियन्ट तीव्र, बेलायतले लगायो ६ देशमा यात्रा प्रतिबन्ध

    विश्व स्वास्थ्य संगठन (डब्लूचओ) ले दक्षिण अफ्रिकामा कोरोनाभाइरसको नयाँ भेरियन्ट तीव्र फैलिरहेको जनाएको छ । नयाँ भेरियन्टका कारण कोरोनाभाइरसविरुद्धको खोप पनि प्रभावहीन देखिएको छ । विश्वभर कोभिडका हजारौं भेरियन्ट (प्रकार) भेटिएका छन् ।

    नयाँ भेरियन्ट पहिचान गरेका दक्षिण अफ्रिकाका विज्ञहरुले यसको उत्परिवर्तन असंख्य भएको बताएका छन् । नयाँ भेरियन्टका कारण अहिले प्रयोगमा आएका कोभिड खोप प्रभावकारी नहुने उनीहरुको भनाई छ । डब्लूचओका विज्ञहरू नयाँ भेरियन्टबारे अध्ययन गर्न दक्षिण अफ्रिकी देशको भ्रमण गर्दैछन् ।

    नयाँ भाइरस देखिएसँगै बेलायतले दक्षिण अफ्रिकाका ६ देशका नागरिकलाई यात्रा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । बेलायतले दक्षिण अफ्रिका, नामिबिया, जाम्बिया, बोत्सवान, लेसेथो, इस्वातिनीका नागरिकलाई प्रतिबन्ध लगाएको हो । एजेन्सी

  • किन चल्याे प्रियंका र निककाे डिभाेर्सकाे चर्चा ?

    किन चल्याे प्रियंका र निककाे डिभाेर्सकाे चर्चा ?

    काठमाडौं । बलिउड नायिका प्रियंका चोपडाले आफ्नो इन्स्टाग्राम एकाउन्टको बायोबाट पति निकको थर जोनस हटाएपछि उनीहरुकाे डिभाेर्सकाे चर्चा चलेकाे छ । विवाहपछि प्रियंकाले आफ्नो एकाउन्टमा प्रियंका चोपडा जोनस राख्दै आएकी थिइन् ।

    अब प्रियंकाको नाममा चोपडा मात्र जोडिएको छ । यसअघि पनि कैयौं अभिनेत्रीहरुले आफ्नो सामाजिक सञ्जालमा श्रीमानको थर हटाएर डिभोर्स गरेका छन् । प्रियंकाले पनि पति निकसँग डिभोर्स गर्न लागेको चर्चा शुरु भएको थियो ।

    इन्टाग्राममा निकको थर हटाएपछि डिभोर्सको चर्चा हुन थालेपछि प्रियंकाले आलोचकलाई जवाफ दिएकी छन् । उनले निकले व्यायाम गर्दै गरेको भिडियो सामाजिक सञ्जालबाट सार्वजनिक गरेका थिए । जसमा प्रतिक्रिया दिँदै प्रियंकाले लेखेकी छन्, ‘म तिम्रो अंगालोमा मर्न चाहन्छु ।’

    डिभोर्सको चर्चा शुरु भएपछि प्रियंकाकी आमाले पनि यसलाई गलत बताएकी थिइन् ।

  • नग्न तस्बिर लिक भएपछि विक्षिप्त बनिन् यी अभिनेत्री

    नग्न तस्बिर लिक भएपछि विक्षिप्त बनिन् यी अभिनेत्री

    काठमाडौं । हलिउड अभिनेत्री जेनिफर लरेन्सले जीवनमा डर लागेको क्षणका विषयमा बताएकी छिन् । एक अन्तर्वार्ताका क्रममा जेनिफरले आफ्नो नग्न तस्वीर ह्याकरले इन्टरनेटमा लिक गराएको घटनामा आफू सधैँ दुःखी भइरहने बताएकी हुन् ।

    सन् २०१४ मा उनको निजी तस्विर इन्टरनेटमा लिक भएको थियो । अन्तर्वार्ताका क्रममा उनले भनेकी छन्, ‘मेरो सहमति विना कसैलाई पनि मेरो नग्न तस्विर हेर्ने अधिकार छैन । त्यो घटना सधैँ मेरो मनभित्र गढेको छ ।’

    जेनिफरले सन् २०१७ मा आफ्नो घर लुइसभिल्लेबाट न्युयोर्क जाँदा आफ्नो निजी विमानको इन्जिन फेल हुँदा अत्यन्तै डराएको पनि बताएकी छिन् । उनी हरेक पटक विमानमा सवार हुँदा त्यही घटनाको याद आउने बताउँछिन् ।

    जेनिफरका अनुसार उनको निजी विमान घर लुइसभिल्लेबाट न्युयोर्क गइरहेको थियो । आकाशमा उडिरहेको बेला विमानमा जोडदार आवाज आएको र चालकले इन्जिन खराब भएको भन्दा आफू एकदमै डराएको उनले बताइन् । त्यतिबेला विमानलाई नियागरा अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गराइएकाे थियाे ।

  • के आमिर खानले तेस्राे विवाह गर्न लागेका हुन् ?

    के आमिर खानले तेस्राे विवाह गर्न लागेका हुन् ?

    काठमाडाैं । यतिबेला सामाजिक सञ्जालमा आमिर खानको तेस्रो विवाहको बारेमा निकै चर्चा भइरहेको छ । आफ्नो नयाँ फिल्म ‘लाल सिंह चड्ढा’ को रिलिज (१४ अप्रिल, २०२२) पछि उनी तेस्रो विवाह गर्न तयारीमा रहेको गाइँगुइँ सुनिएको छ ।

    तर, इन्डिया टुडेलाई आमिर खानसँँग जोडिएको एक विश्वसनीय स्रोतले दिएको जानकारी अनुसार, उनले तेस्रो विवाह गर्न लागेको चर्चामा कुनै सत्यता छैन ।

    लामो समयदेखि आमिरको नाम अभिनेत्री फातिमा सना शेखसँग जोडिएको छ । उनीहरुले फिल्म ‘दंगल’ मा एकसाथ काम गरेका थिए । त्यसबेलादेखि उनीहरुको अफेयरको खबर आउन थालेको थियो । उनै, फातिमासँग आमिरले ‘लाल सिंह चड्ढा’ रिलिजपछि तेस्रो विवाह गर्न लागेको चर्चा चलेको हो । तर, उनीहरु निकट स्रोतले यसमा कुनै पनि प्रकारको सत्यता नभएको दाबी गरेको छ ।

    बलिउड सुपरस्टार आमिर खानले त्यसबेला सबैलाई आश्चर्य पारे जब उनले श्रीमती किरण रावसँँग अचानक डिभोर्सको घोषणा गरे ।

    वैवाहिक जीवनमा बाँधिएको करीब १५ वर्षपछि उनीहरु अलग भएका हुन् । उनीहरुले छोराको पालन पोषणा भने मिलेर गर्ने बताएका छन् । पहिलो श्रीमती रीना दत्तासँग २००२ मा डिभोर्स गरेपछि आमिरले किरण रावसँग २००५ मा विवाह गरेका थिए ।

  • प्रहरीमा २३ सय २० जनालाई जागिरको अवसर (विज्ञापनसहित)

    प्रहरीमा २३ सय २० जनालाई जागिरको अवसर (विज्ञापनसहित)

    काठमाडौं । नेपाल प्रहरीले कार्यालय सहयोगीदेखि प्रहरी निरीक्षक (इन्स्पेक्टर)सम्म स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

    प्रहरीले लोकसेवाको सहमतिमा आज गोरखापत्रमा सूचना जारी गर्दै धोबी, कुचिकार, सिलाइ/बुनाइ, हजाम, भान्छे, प्रहरी जवान र प्रहरी निरीक्षकका लागि २ हजार ३२० जना माग गरेको हो ।

    जसमा सबैभन्दा बढी प्रहरी जवानका लागि १ हजार ९७१ कोटा छ । प्रहरी जवानमा १ जार ६३ खुलातर्फ पदपूर्ति हुनेछ, भने बाँकी सिट समावेशी समूहका लागि छुट्याइएको छ ।

    यसैगरी, १४६ जना प्रहरी निरीक्षक भर्ना गरिने भएको छ । जसमा ७९ सिट खुलातर्फ र बाँकी समावेशी समूहतर्फ रहेको छ ।

    प्रहरीमा १६३ जना भान्छे मागिएको छ । त्यस्तै, धोबी, कुचिकार, सिलाइ/बुनाइ र हजाममा १०/१० सिट छुट्याइएको छ ।

    फागुन १९ गतेदेखि दरखास्त फारम बुझाउन सकिनेछ ।