Category: अर्थ

अर्थ

  • एलन मस्कलाई पछि पार्दै जेफ बेजोस बने विश्वकै सबैभन्दा धनी व्यक्ति

    एलन मस्कलाई पछि पार्दै जेफ बेजोस बने विश्वकै सबैभन्दा धनी व्यक्ति

    काठमाडौं । सोमबार टेस्लाको शेयरमा भारी गिरावट आएपछि एलन मस्क दोस्रो धनी व्यक्तीमा झरेका छन् । मस्क ९ महिनासम्मको विश्वकै सबैभन्दा धनी व्यक्ती भएका थिए । यसअघि दोस्रो स्थानमा रहेका जेफ बेजोस पहिलो स्थानमा उक्लिएका छन् ।

    ब्लुमबर्ग बिलिनियर इन्डेक्सका अनुसार सोमबार टेस्ला इन्कको शेयर ७।२ प्रतिशतले झरेको थियो । टेस्लाको शेयर घट्दा मस्कको सम्पत्ति एकैदिन १७.६ अर्ब डलरले घटी १९८ अर्ब डलर पुगेको छ । जबकि अमेजनका संस्थापक बेजोसको सम्पत्ति २०० अर्ब डलर रहेको छ ।

    यसअघि सन् २०२१ मा बेजोस संसारको सबैभन्दा धनाढ्य व्यक्ति बनेका थिए । कुनै समय मस्कको सम्पत्ति बेजोसको भन्दा १४२ अर्बले बढी थियो । पछिल्लो समय अमेजनको शेयर बढ्दै गइरहेको छ भने टेस्लाको शेयर घटिरहेको छ ।

    कोभिड महामारी फैलिएदेखि अनलाइन शपिङको अवधारणा बढ्दै गएपछि अमेजनको शेयर तीव्र गतिमा बढेको थियो ।

     

  •  सत्ता समीकरणको प्रभाव सेयर बजारमा, मूल्यमा एक्कासि उछाल

     सत्ता समीकरणको प्रभाव सेयर बजारमा, मूल्यमा एक्कासि उछाल

    काठमाडौं । सत्ता समीकरणसँगै सरकारमा नेतृत्व फेरबदल हुने भएको असर सेयर बजारमा परेको छ । सोमबार बजार कारोबार सुरु भएसँगै सेयर बजार सूचक बढेको छ ।

    साताको दोस्रो दिन सोमबार कारोबार भएको एक घण्टामै नेप्से परिसूचक ६ प्रतिशतले बढेर तेस्रोपटक ‘सर्किट ब्रेक’ लागेको छ ।

    सोमबार नेप्से ११७।७० अर्थात् ६ प्रतिशतले बढेर २०७८।०० को विन्दुमा कायम रह्यो। बिहान ११ बजे कारोबार सुरु नेप्से बिहान ११ः०३ मा ४।४ प्रतिशतले बढेर २० मिनेट कारोबार रोकिएको थियो ।

    बिहान ११ः२३ मा पुनः कारोबार सुरु भएर बिहान ११ः२४ मा ५।०३ प्रतिशतले बढेर दोस्रोपटक ‘सर्किट ब्रेक’ लाग्यो । तेस्रोपटक सर्किट ब्रेक लागेर सोमबारलाई कारोबार बन्द भएको हो ।

    त्यसपछि मध्याह्न १२ः०४ मा कारोबार सुरु भएको थियो । ६ प्रशितले बढेर पुनः कारोबार बन्द भएको नेपाल स्टक एक्सचेन्ज जानकारी दिएको छ ।

     

  • एकैदिन सुन तोलामा दुई हजारले वृद्धि, कतिमा हुदैँ छ कारोबार ?

    एकैदिन सुन तोलामा दुई हजारले वृद्धि, कतिमा हुदैँ छ कारोबार ?

    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य तोलामै २ हजार रुपैयाँ बढेको छ । चाँदी पनि तोलामा २० रुपैयाँ बढेर आएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन तोलाको १ लाख १९ हजार रुपैयाँ कायम रहेको सुन आइतबार १ लाख २१ हजार रुपैयाँ पुगेको हो ।

    आज तेजावी सुन तोलामा १ लाख २० हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

    अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुनको मूल्य उच्च दरमा बढ्दा आइतबार नेपाली बजारमा त्यसको प्रभाव देखिएको छ ।

    आज अघिल्लो कारोबार दिनको तुलनामा चाँदी तोलामा २० रुपैयाँ वृद्धि भएकर आएको छ । शुक्रबार तोलाको १ हजार ३९० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ४१० रुपैयाँ कायम भएको छ ।

  • यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

    यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेकोे छ ।

    राष्ट्र बैंकका अनुसार आइतबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३५ पैसा र बिक्री दर १३२ रुपैयाँ ९५ पैसा रहेको छ ।

    त्यस्तै, यूरो एकको खदिर दर १४३ रुपैयाँ १४ पैसा कायम भएको छ भने बिक्री दर १४४ रुपैयाँ ७९ पैसा तथा बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ २२ पैसा रहँदा बिक्री दर १६७ रुपैयाँ ९८ पैसा पुगेको छ ।

    आज कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ३० पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको छ ।

  • विकास अभियानले गति लिन सुरु गरिसक्यो : अर्थमन्त्री महत

    विकास अभियानले गति लिन सुरु गरिसक्यो : अर्थमन्त्री महत

    नुवाकोट । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा विकासको अभियानले गति लिन सुरु गरेको बताएका छन् ।

    शनिबार नुवाकोटको बेलकोटगढी नगरपालिका–१ मा रहेको बेलकोट भञ्याङ माध्यमिक विद्यालयको स्वर्ण जयन्तीलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले देशमा विकासका गतिविधि चलायमान हुँदै मुलुक समृद्धितर्फ अघि बढ्न सुरु बताएका हुन् ।

    उनले भने, ‘सबैको पालो आउँछ, अब आर्थिक वृद्धि गर्ने पालो हाम्रो आएको छ । यसका लागि देशप्रति गौरव गर्नुपर्छ र हामी गर्छौ, हामी गर्न सक्छौं भन्ने आत्मविश्वास जगाउनुपर्छ । नेपालमै हुन्छ, यही केही गर्न सकिन्छ भन्ने आत्मविश्वास बढाऔं ।’

    देशको राजनीतिक अस्थिरता, द्वन्द्व विनासकारी भूकम्प, कोरोना रोगको संक्रमण लगायतका कारणले पछि परेको अर्थतन्त्रलाई लयमा फर्काउँदै विकासको प्रवाह सुरु गरेको उनको भनाइ छ ।

    अहिलेको अवस्थामा राजस्व करिब १० प्रतिशतले वृद्धि भएको उल्लेख गर्दै उनले राज्य बजेट दिने क्षमता पनि बढेको बताए ।

    देशको अर्थतन्त्र सुधारको लयमा फर्कदै आएकाले आगामी दिनमा सरकारको प्राथमिकता गुणस्तरीय शिक्षा र रोजगारको सिर्जना गराउन केन्द्रित रहेको उनको दाबी थियो ।

    बालबालिकालाई घरमा पनि पढ्ने वातावरण बनाइदिन मन्त्री डा. महतले अभिभावकहरुसँग गरे ।

    उनले भने, ‘कम्प्युटर शिक्षा विद्यार्थीलाई सानैबाट दिनुपर्छ । इन्टरनेट र कम्प्युटर भयो भने विद्यार्थीले धेरै कुरा सिक्न सक्छन् । शिक्षक पनि कम्युटरबाट पढाउन दक्ष्य हुनुपर्छ । शिक्षा भयो भने थोरै सम्पत्ति छ भने पनि डर हुँदैन । पढेको, सिप सिकेका मान्छे जहाँ पनि रोजगार हुन्छ । नयाँ पिढींलाई शिक्षा अनिवार्यरुपमा दिनुपर्छ ।’

  • यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

    यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेकोे छ । राष्ट्र बैंकका अनुसार शुक्रबार अमेरिकी डलर एकको खरिद दर १३२.३७ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.९७ रुपैयाँ रहेको छ ।

    बिहीबार अमेरिकी डलर एकको खरिद दर १३२.३८ रुपैयाँ र बिक्री दर १३२.९८ रुपैयाँका दरले कारोबार भएको थियो ।

    त्यस्तै, शुक्रबारका लागि यूरो एकको खदिर दर १४३.४४ रुपैयाँ कायम भएको छ भने बिक्री दर १४४.९ रुपैयाँ रहेको छ । बिहीबार खरिद दर १४३.२० रुपैयाँ र बिक्री दर १४३.८४ रुपैयाँले कारोबार भएको थियो ।

    त्यस्तै, आज बेलायती पाउण्ड एकको खरिद दर १६७.५२ रुपैयाँ रहेको छ भने बिक्री दर १६८.२८ रुपैयाँ रहेको छ । हिजो खरिद दर १६७.४५ रुपैयाँ र बिक्री दर १६८.२१ रुपैयाँ रहेको थियो ।

    आज कतारी रियाल एकको खरिद दर ३६.३० रुपैयाँ रहेको छ भने बिक्री दर ३६.४७ रुपैयाँ रहेको छ ।

     

  • ग्लोबल आइएमई बैंकको नयाँ शाखा महोत्तरीको गौशालामा

    ग्लोबल आइएमई बैंकको नयाँ शाखा महोत्तरीको गौशालामा

    ग्लोबल आइएमई बैंक लिमिटेडले महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५, गौशालामा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकको गौशाला शाखाबाट बिहिवार देखि नै सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध हुनेछन् ।

    ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको नयाँ शाखा कार्यालय सञ्चालन सगैं, ३५६ शाखा कार्यालय, ३७९ एटिएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र रहेका छन ।

    ग्लोबल आइएमई बैंकलाई सबैंका लागि बैंक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ ।

    त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान
    पुर्‍याउँदै आइरहेको छ ।

  • सुनको मूल्य बढ्यो, चाँदी स्थिर

    सुनको मूल्य बढ्यो, चाँदी स्थिर

    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेर आउँदा चाँदीको मूल्य स्थिर रहेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार ४ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ८ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

    बुधबार प्रतितोला एक सय रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला दुई सय रूपैयाँ बढेर आएको हो ।

    बुधबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार २ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार, ६ सय ५० रूपैयाँमा कारोबार भएको थियो।

    यस्तै, बिहीबार चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदी प्रतितोला १३ सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ ।

  • संकटमा वैद्यखाना : औषधि उत्पादन र व्यापार दुवै घट्यो

    संकटमा वैद्यखाना : औषधि उत्पादन र व्यापार दुवै घट्यो

    काठमाडौं । देशकै सबभन्दा पुरानो औषधि उत्पादन गर्ने सरकारी आयुर्वेद औषधि उद्योग सिंहदरबार वैद्यखाना उत्पादन र व्यापार दुवै घटेपछि संकटमा परेको छ । वि.सं. २०५२ देखि समिति बनाएर काम गर्दै आएको यो वैद्यखानाले देशमा उपलब्ध रहेको प्राकृतिक जडीबुटीको प्रयोग गरेर करिब १८५ प्रकारका आयुर्वेदिक औषधिको उत्पादन गरिरहेको थियो । तर अहिले औषधि उत्पादन र व्यापार दुवै घटेको छ ।

    एलोपेथिक उपचार प्रणालीको प्रभाव बढेको र आयुर्वेदिक उपचार पद्धतिप्रति सर्वसाधारणको घट्दो विश्वासका कारण वैद्यखानाको व्यवस्थापनमा सरकारले पनि चासो दिएको छैन । बरू राजनीतिक हस्तक्षेपका कारण वैद्यखाना थप संकटउन्मुख भएको छ ।

    वैद्यखानामा पछिल्ला पाँच वर्षमा ११ जना कार्यकारी निर्देशन फेरिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो अनुकूल कार्यकारी निर्देशक फेरबदल गर्ने गर्दा वैद्यखाना नै संकटतर्फ धकेलिएको वैद्यखानाका वरिष्ठ मार्केटिङ अधिकृत ऋषिराज रेग्मीले बताए ।

    ‘मन्त्रालयबाट कार्यकारी निर्देशकहरु परिवर्तन भइराख्ने भयो । जसले गर्दा वैद्यखानाले स्थायित्व पाउन सकेन,’ उनले नेपाल न्यूज बैंकसँग भने, ‘त्यसको प्रत्यक्ष असर यसको उत्पादन र व्यापारमा परेको छ । पछिल्लो समयमा आयुर्वेद औषधि उत्पादन र व्यापार दुवै घटेको छ ।’

    उनका अनुसार वैद्यखानाले आर्थिक वर्ष २०७४÷०७५ मा ५ करोड ३४ लाख रुपैयाँको औषधि बिक्री गरेको थियो । तर पाँच वर्षपछि आर्थिक वर्ष २०७९÷०८० मा १ करोड २७ लाख रुपैयाँको व्यापार गरेको छ । यसरी हेर्दा पाँच वर्षमा वैद्यखानाको व्यापार करिब तेब्बरले घटेको छ ।

    वैद्यखानाले आर्थिक वर्ष २०७६÷०७७ मा २ करोड १७ लाख, २०७७÷०७८ मा २ करोड ६८ लाख, ०७८÷०७९ मा १ करोड ८५ लाख रुपैयाँको व्यापार गरेको थियो ।

    वैद्यखानाको व्यापार घटेपछि औषधि उत्पादन पनि घटेको छ भने अहिले त कर्मचारीहरुले तलब खान समेत धौधौ पर्ने अवस्था बनेको छ ।

    वरिष्ठ मार्केटिङ अधिकृत रेग्मीले भने, ‘सरकारले सहयोग गर्न छोड्यो । यहाँ कार्यकारी निर्देशक नियुक्त भएर काम गर्ने योजना बनाउन नपाउँदै फेरबदल भइहाल्छ । जसले गर्दा यो उद्योग नै संकटमा पुगेको छ ।’

    उनका अनुसार पहिले वैद्यखानाले एक सय भन्दा बढी प्रकारका औषधिहरु उत्पादन गर्ने गरेको थियो । तर अहिले भने कर्मचारीहरुलाई पारिश्रमिक समेत दिन नसक्ने अवस्थामा पुगेको छ ।

    विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को मापदण्ड अनुसार औषधि उत्पादन गर्न ‘गुड म्यानुफ्याक्चरिङ प्राक्टिस’ (जीएमपी) मा जानुपर्छ । तर चार शताब्दीको लामो इतिहास बोकेको यो वैद्यखानामा औषधि उत्पादन गर्ने उपकरणहरु भने पुराना प्रयोग हुने गरेका छन् ।
    औषधि उत्पादन गर्न आवश्यक बजेटकै अभाव रहेको उनले बताए ।

    ‘सरकारले बजेट दिदैन, यहाँ उत्पादन घटेको छ, व्यापार पनि घटेको छ,’ उनले भने, ‘यहाँ सरकारकातर्फबाट तीन जनामात्रै कर्मचारी हुनुुहुन्छ । बाँकी समितिका तर्फबाट ४१ जना छौँ । अहिले त तलब खाने पैसाको समेत अभाव हुने स्थिति बनेको छ ।’ उनका अनुसार केही महिनादेखि वैद्यखानाले फिक्स डिपोजिटको पैसा झिकेर तलब खुवाइरहेको छ ।

    औषधि बनाउने उपकरणहरु पुराना भएका छन् भने कच्चा पदार्थ खरिद गर्न बजेटको समस्या छ । दुवैको व्यवस्थापन गर्न समिति आफैँले मात्रै सक्ने अवस्था छैन ।

    वैद्यखानालाई सरकारले आवश्यक बजेट सहयोग गरेमा पुरानै अवस्थामा फर्काउन सकिने उनको भनाइ छ । ‘सरकारले उपकरण खरिद र व्यवस्थापनमा सहयोग गरिदिने हो भने हामीले पाँच वर्षमा फेरि पहिलेकै अवस्थामा फर्काउन सक्छौँ,’ उनले भने ।

     

  • यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

    यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेकोे छ । राष्ट्र बैंकका अनुसार बिहीबार अमेरिकी डलर एकको खरिद दर १३२.३८ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.९८ प्रतिशत रहेको छ । बुधबार खरिद दर १३२.३४ रुपैयाँ र बिक्री दर १३२.९४ रुपैयाँमा कारोबार भएको थियो।

    त्यस्तै, बिहीबारका लागि यूरो एकको खरिद दर १४३.२० रुपैयाँ र बिक्री दर १४३.८४ रुपैयाँ रहेको छ । बुधबार युरो एकको खरिद दर १४३.६४ रुपैयाँ र बिक्री दर १४४.२९ रुपैयाँ रहेको थियो ।

    त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६७.४५ रुपैयाँ र बिक्री दर १६८ रुपैयाँ.२१ पैसा रहेको छ । हिजो बेलायती पाउण्ड एकको खरिद दर १६७.८९ रुपैयाँ र बिक्री दर १६८.६५ रुपैयाँ रहेको छ ।

    त्यस्तै, कतारी रियाल एकको खरिद दर ३६.३० रुपैयाँ र बिक्री दर ३६.४७ प्रतिशत रहेको छ । बुधबार कतारी रियाल एकको खरिद दर ३६.२९ रुपैयाँ र बिक्री दर ३४.४६ रुपैयाँमा कारोबार भएको थियो ।