एलन मस्कलाई पछि पार्दै जेफ बेजोस बने विश्वकै सबैभन्दा धनी व्यक्ति

काठमाडौं । सोमबार टेस्लाको शेयरमा भारी गिरावट आएपछि एलन मस्क दोस्रो धनी व्यक्तीमा झरेका छन् । मस्क ९ महिनासम्मको विश्वकै सबैभन्दा धनी व्यक्ती भएका थिए । यसअघि दोस्रो स्थानमा रहेका जेफ बेजोस पहिलो स्थानमा उक्लिएका छन् ।

ब्लुमबर्ग बिलिनियर इन्डेक्सका अनुसार सोमबार टेस्ला इन्कको शेयर ७।२ प्रतिशतले झरेको थियो । टेस्लाको शेयर घट्दा मस्कको सम्पत्ति एकैदिन १७.६ अर्ब डलरले घटी १९८ अर्ब डलर पुगेको छ । जबकि अमेजनका संस्थापक बेजोसको सम्पत्ति २०० अर्ब डलर रहेको छ ।

यसअघि सन् २०२१ मा बेजोस संसारको सबैभन्दा धनाढ्य व्यक्ति बनेका थिए । कुनै समय मस्कको सम्पत्ति बेजोसको भन्दा १४२ अर्बले बढी थियो । पछिल्लो समय अमेजनको शेयर बढ्दै गइरहेको छ भने टेस्लाको शेयर घटिरहेको छ ।

कोभिड महामारी फैलिएदेखि अनलाइन शपिङको अवधारणा बढ्दै गएपछि अमेजनको शेयर तीव्र गतिमा बढेको थियो ।

 

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१