Category: अर्थ

अर्थ

  • दुग्धजन्य पदार्थको बजारीकरणमा ध्यान दिन संघ र प्रदेश सरकारलाई आग्रह

    दुग्धजन्य पदार्थको बजारीकरणमा ध्यान दिन संघ र प्रदेश सरकारलाई आग्रह

    विराटनगर । दूध उत्पादन र दुग्धजन्य पदार्थको बजारमा देखिएको समस्या समाधानमा संघ र प्रदेश सरकार एवं स्थानीय तहले ध्यान दिनुपर्ने सरोकारवालाले बताएका छन् ।

    दूध उत्पादनको अग्रणी जिल्ला इलाममा भएको सरोकारवालाहरुको अन्तरक्रियामा सहभागीहरुले दूधको गुणस्तर सुधार गरिनुपर्नेमा पनि जोड दिएका छन् ।

    उनीहरुले दुग्धजन्य उत्पादनको आन्तरिक खपत बढाउनुपर्ने, संघ, प्रदेश र स्थानीय तहले समयमै समाधानको पहल गर्नुपर्ने, विदेशबाट आयात भइरहेको दुग्धजन्य उत्पादनलाई नियन्त्रणका लागि भन्सार बिन्दुमा क्वारेन्टाइन जाँच र नियन्त्रण हुनुपर्ने माग गरेका छन् ।

    यसैगरी, दुग्ध विकास संस्थानले किसानहरुलाई भुक्तान दिनुपर्ने रकम समयमा भुक्तान गर्ने गराउने व्यवस्था मिलाउनुपर्ने, दुग्धजन्य उत्पादनको आन्तरिक खपत बढाउने खालका नीति तथा कार्यक्रम लागू गर्नुपर्ने, गाईपालक कृषकहरुलाई समयानुकूल अनुदान दिनुपर्ने पनि सहभागीहरुले बताएका थिए ।

    यसैगरी, दुग्धजन्य उत्पादनको अन्तर्राष्ट्रिय बजारीकरणका लागि आवश्यक नीति तथा कार्यक्रम आउनुपर्नेमा किसान तथा व्यवसायीले जोड दिए । दुग्धजन्य उत्पादनमा आधारित उद्योग स्थापनाका लागि कार्यक्रम आउनुपर्ने, दुग्ध विकास संस्थानअन्तर्गत रहेका पुवाखोला चिस्यान केन्द्र र बागखोर चिस्यान केन्द्रलाई यथाशीघ्र सञ्चालन गर्नुपर्नेमा पनि उनीहरुले ध्यानाकर्षण गराए ।

    इलामको दुग्धजन्य उत्पादनको निकासी तथा बजारीकरणमा देखिएका समस्या र समाधानका विषयमा उक्त अन्तरक्रिया आयोजना गरिएको थियो ।

    कार्यक्रममा इलाम नगरपालिकाका प्रमुख केदार थापाले दुध उत्पादन र बजारीकरणको क्षेत्रमा देखिएको समस्या समाधानका लागि अध्ययन गरेर पहल गरिने प्रतिबद्धता जनाएका थिए ।

     

  • सुनको मूल्य स्थिर, चाँदीको भाउ प्रतितोला २० रूपैयाँ घट्यो

    सुनको मूल्य स्थिर, चाँदीको भाउ प्रतितोला २० रूपैयाँ घट्यो

    काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य स्थिर छ भने चाँदीको घटेको छ ।

    सुनको मूल्य स्थिर रहेको आज तेस्रो दिन हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार बजारमा छापावाल सुन प्रतितोला १ लाख १८ हजार ४ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ८ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

    आइतबारदेखि बजारमा सुन यही मूल्यमा कारोबार भइरहेको छ ।

    मंगलबार चाँदीको मूल्य भने प्रतितोला २० रूपैयाँ घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ३ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३ सय ९० रूपैयाँमा कारोबार भएको थियो ।

     

  • सेयर बजारमा उच्च अंकको गिरावट

    सेयर बजारमा उच्च अंकको गिरावट

    काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा आइतबार उच्च अंकको गिरावट आएको छ ।

    आइतबार सेयर बजार परिसूचक नेप्से २५.६३ अंकले घटेर २१३०.१८ अंकमा झरेर बन्द भएको छ । वाणिज्य बैंकहरुको दोस्रो त्रैमासको वित्तीय विवरणले नाफा घटेको देखाएपछि त्यसको असर सेयर बजारमा परेको बुझिएको छ ।

    कारोबारको यस दिन ६४ कम्पनीको सेयर बढेकोमा एक सय ७७ कम्पनीको सेयर मूल्य घटेको छ । ६ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

    आज तीन सय आठ कम्पनीको दुई करोड २८ लाख २० हजार दुई सय ७९ कित्ता सेयर सात अर्ब ६७ करोड ७७ लाख ४० हजार ५८ रुपैयाँमा खरिदबिक्री भएको छ ।

    कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स, हिमाल दोलखा हाइड्रोपावर, अपी पावर, नेपाल रिइन्स्योरेन्स र सोनापुर मिनरल्स अगाडि छन् ।

     

  • प्रतितोला चार सय रूपैयाँ बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ?

    प्रतितोला चार सय रूपैयाँ बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला चार सय रूपैयाँ बढेको हो ।

    आइतबार बजारमा छापावाल सुन प्रतितोला १ लाख १८ हजार ४ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ८ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

    शुक्रबार नेपाली बजारमा छापावाल सुन प्रतितोला १ लाख १८ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ४ सय ५० रूपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी आज चाँदीको मूल्य भने घटेको छ ।

    शुक्रबार चाँदी प्रतितोला १ हजार ३ सय ९५ रूपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १ हजार ३ सय ९० रूपैयाँमा कारोबार भइरहेको छ ।

    शुक्रबारको तुलनामा आज चाँदी प्रतितोला ५ रूपैयाँ घटेको हो ।

  • यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । तर शनिबारको तुलनामा कुनै खासै फेरबदल छैन ।

    राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६१ पैसा र बिक्री दर १३३ रुपैयाँ २१ पैसा रहेको छ ।

    यस्तै युरो एकको खरिद दर १४४ रुपैयाँ ४० पैसा र बिक्री दर १४५ रुपैयाँ ०५ पैसा रहेको छ ।

    त्यसैगरी बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ २२ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९८ पैसा पुगेको छ ।

    आज कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ३८ पैसा र बिक्री दर ३६ रुपैयाँ ५४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

  • आर्थिक अवस्थाले पत्रकारिता समस्यामा परेको होइन: अर्थमन्त्री महत

    आर्थिक अवस्थाले पत्रकारिता समस्यामा परेको होइन: अर्थमन्त्री महत

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक अवस्थाले मात्र पत्रकारिता क्षेत्र समस्यामा नपरेको जानकारी दिएका छन् ।

    गोविन्द वियोगी स्मृति ट्रष्टद्वारा स्थापित गोविन्द वियोगी पत्रकारिता पुरस्कार हस्तान्तरण तथा वरिष्ठ पत्रकार सम्मान समारोहलाई नुवाकोटमा शनिबार सम्बोधन गर्दै मन्त्री महतले सूचना प्रविधिको विकासले परम्परागत सञ्चारमाध्यम जोखिममा परेको जनाएका छन् ।

    उनले भने, ‘हात–हातमा स्मार्ट फोन छ, त्यहाँ जसले जे पनि राख्न पाउँछ । कतिपय झुटा कुरा पनि सेयर भइरहेका हुन्छन् । हेर्दाहेर्दै त्यही कुरा मानिसलाई सत्य लाग्न थाल्छ । आम मानिसले गम्भीर कुरा चाहिँ पढ्न छाडे । मानिसहरु गहिराइमा जान छोडे, टिकटकमा रमाउन थाले । गहिराइमा पुगेर सत्य तथ्य बुझेर विचार बनाउने मानिसहरुले छाडे । यो अत्यन्तै खतरनाक हो ।’

    प्रतिबन्धित अवस्थामा पनि निर्भिक भएर पत्रकारितामार्फत् आफ्नो कुरा राख्नु चानचुने कुरा नभएको उनको भनाइ थियो ।

    मन्त्री महतले विगतको पत्रकारिता स्मरण गर्दै लोकतान्त्रिक धारबाट होमनाथ दाहाल र वामपन्थीधारबाट गोविन्द वियोगीले प्रकाशित गर्नुभएका पत्रपत्रिका हेर्नैपर्ने बताए ।
    उनका अनुसार दबाब र अप्ठ्याराका बाबजुद लोकतान्त्रिक मूल्य र मान्यता देशमा स्थापित गर्ने लक्ष्यका साथ वियोगीले नेपाली पत्रकारीता क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेका थिए ।

    उनले भने, ‘वियोगीजी सम्झिराख्नुपर्ने व्यक्तित्व हुनुहुन्थ्यो । त्यसअर्थ ट्रस्ट स्थापना भएको छ । यसको कार्यालय नुवाकोटमा छ, यसमा म अन्त्यै खुशी छु । ट्रस्टको विकास, गतिशीलता पत्रकारितासँग जोडिएको विषयवस्तुमा अन्तक्र्रिया होस्, छलफल होस् । यो परिसरको पूर्णरुपमा उपयोग होस्, ट्रस्ट जीवन्त बनोस् ।’
    देशको आर्थिक अवस्था अप्ठ्यारा भएकाले कुनै पनि संघसंस्थालाई राज्यले सहयोग गर्न नसकेको उनले बताए । परिस्थिति सहज भएपछि संघसंस्थाको महत्वलाई बुझेर सरकारले पुनः सहयोग उपलब्ध गराउने उनको भनाइ थियो ।

  • राष्ट्रिय वाणिज्य बैंक ५९ औं वर्षमा प्रवेश

    राष्ट्रिय वाणिज्य बैंक ५९ औं वर्षमा प्रवेश

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक ५९ औं वर्षमा प्रवेश गरेको छ । देशकै दोस्रो वाणिज्य बैंकको रुपमा २०२२ साल माघ १० गते स्थापना भएको बैंकले स्थापना दिवसको अवसर पारेर आज प्रभातफेरी निकालेको छ ।

    शनिबार वित्तीय साक्षरता तथा वित्तीय सचेतनाका लागी भद्रकालीबाट प्रभातफेरी सुरु गरी भुगोलपार्क,जमल,कमलादी,पुतलीसडक हुँदै पदमोदय मोड हुँदै केन्द्रीय कार्यालय सिंहदरबार प्लाजा पुगेको थियो ।

    बाजागाजा सहित निकालिएको र्यालीमा ‘बेरोजगार नबसौं उद्यमी बनौ,पूँजी चहिए राष्ट्र बैंकलाई भनौं’, ‘सागर बग्छ थोपा–थोपा जम्मा भई पानी,एक–एक पैसाबाटै जुट्छ लाखौंको लगानी’,‘बैंकिङ सेवाको सर्वत्र विस्तार,आर्थिक विकासको मूल आधार’,‘कमाइ भन्दा खर्च बढी,डुब्यो मान्छे ऋणमा गडी’,‘ऋणको सदुपयोग गरौं,समयमा साँवा व्याज तिरौं’लगायतका विभिन्न दर्जन बढी नारा लेखिएको प्लेकार्ड बोकेर प्रभातफेरीमा कर्मचारी उपस्थित थिए ।

    २०२२ सालमा नेपाल सरकारको पूर्ण स्वामित्वमा स्थापना गरिएको राष्ट्रिय वाणिज्य बैंक २०६३ वैशाख ६ गतेदेखि भने पब्लिक लिमिटेड कम्पनीको रुपमा सञ्चालन हुँदै आएको छ ।

     

  • प्रतिताेला २ सयले बढ्यो सुनको मूल्य

    प्रतिताेला २ सयले बढ्यो सुनको मूल्य

    काठमाडौं । साताको दोस्रो कारोबार दिन आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार १ लाख १९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज तोलामा २ सयले बढेर १ लाख १९ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

    त्यस्तै, तेजाबी सुन प्रतिताेला १ लाख १८ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    यस्तै, चाँदी प्रतिताेला १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

  • एकल अंकले घट्यो नेप्से, आठ अर्ब बढिको कारोबार

    एकल अंकले घट्यो नेप्से, आठ अर्ब बढिको कारोबार

    काठमाडौं । शेयर बजार परिसुचक नेप्से आज(विहीबार) एकल अंकले घटेको छ ।

    बुधबार दोहोरो अंकले घटेको नेप्से आज ७ दशमलव २४ अंकले घटेर २ हजार १ सय ५५ दशमलव ८२ विन्दुमा झरेर बन्द भएको हो ।

    आज कारोबार भएका दुई सय ९८ कम्पनीमध्ये एक सय १२ कम्पनीको मूल्य बढेको छ भने एकसय ३३ कम्पनीको मूल्य घटेको छ । २ वटा कम्पनीको मूल्य स्थिर रहेको छ ।

    यसदिन फाइनान्स, हाइड्रोपावर र अन्यबाहेक सबै समूहको शेयर घटेकोमा बीमा, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स समूहको शेयर उच्च गिरावट आएको छ ।

    आज तेह्रथुम पावर कम्पनीको शेयर सबैभन्दा धेरै ९ प्रतिशतभन्दा धेरैले घटेको छ ।

    समग्रमा बजार घटेको दिन रिडी पावर कम्पनी, सिनर्जी पावर डेभलपमेन्ट, माहुली लघुवित्त र गणपति लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

    आज २ करोड ११ लाख कित्ता शेयर ८ अर्ब १७ करोड रुपैयाँमा कारोबार भएको छ ।

  • पाथीभरा मन्दिरको भेटी आठ करोड ७० लाख नाघ्यो

    पाथीभरा मन्दिरको भेटी आठ करोड ७० लाख नाघ्यो

    काठमाडौं । ताप्लेजुङमा अवस्थित पाथीभरा देवीको मन्दिरमा एक महिना भित्र ३५ लाखभन्दा बढी भेटी रकम संकलन भएको छ ।

    पाथीभरा दर्शन गर्न पुगेका भक्तजनले चढाएको तथा दान गरेको भेटी  ३५ लाखभन्दा बढी रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिए ।

    उनका अनुसार पुसमा मात्र कूल ३५ लाख २९ हजार भेटी रकम संकलन भएको हो । पुसमा भक्तजनले पाथीभरा देवीका नाममा चढाएको र दान गरेको भेटी रकम संकलन गरी सार्वजनिक गरिएको समितिले जनाएको छ ।

    संकलित यो रकम नेपाल बैङ्क लिमिटेड, सानिमा बैङ्क र एनएमबी बैङ्कमा रहेको समितिको खातामा जम्मा गरिएको पनि उनले बताए ।  पुस महिनाकाे साे रकम समेत गरी पाथीभरामा जम्मा भएको भेटी रकम आठ करोड ७० लाख ५२ हजार पाँच सय ४८ पुगेको छ ।