सेयर बजारमा उच्च अंकको गिरावट

काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा आइतबार उच्च अंकको गिरावट आएको छ ।

आइतबार सेयर बजार परिसूचक नेप्से २५.६३ अंकले घटेर २१३०.१८ अंकमा झरेर बन्द भएको छ । वाणिज्य बैंकहरुको दोस्रो त्रैमासको वित्तीय विवरणले नाफा घटेको देखाएपछि त्यसको असर सेयर बजारमा परेको बुझिएको छ ।

कारोबारको यस दिन ६४ कम्पनीको सेयर बढेकोमा एक सय ७७ कम्पनीको सेयर मूल्य घटेको छ । ६ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

आज तीन सय आठ कम्पनीको दुई करोड २८ लाख २० हजार दुई सय ७९ कित्ता सेयर सात अर्ब ६७ करोड ७७ लाख ४० हजार ५८ रुपैयाँमा खरिदबिक्री भएको छ ।

कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स, हिमाल दोलखा हाइड्रोपावर, अपी पावर, नेपाल रिइन्स्योरेन्स र सोनापुर मिनरल्स अगाडि छन् ।

 

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१