Category: प्रविधि

प्रविधि

  • आज विश्व रेडियो दिवस मनाइँदै

    आज विश्व रेडियो दिवस मनाइँदै

    काठमाडौं । आज विश्व रेडियो दिवस विश्वभर विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।

    संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को) को आह्वानमा द्रुत गतिमा परिवर्तनशील विश्वमा जलवायु परिवर्तनका कारण उत्पन्न समस्या र अनुकूलनबारे सचेतना फैलाउने रेडियो कार्यक्रम प्रसारण गरेर यो दिवस मनाइँदैछ ।

    सन् २०११ मा युनेस्कोका सदस्य राष्ट्रले फेब्रुअरी १३ लाई अन्तर्राष्ट्रिय रेडियो दिवसका रूपमा मनाउन प्रस्ताव गरे पनि राष्ट्रसङ्घीय महासभाले त्यसलाई २०१२ मा अनुमोदन गरेपछि यो दिवस मनाउन प्रारम्भ भएको हो ।

    लोकतान्त्रिक बहसका निम्ति शक्तिशाली माध्यम मानिने रेडियो आमसञ्चारको सशक्त माध्यम हो ।रेडियो धेरैभन्दा धेरै श्रोतासम्म पुग्ने र विश्वव्यापी स्तरमा सबैभन्दा बढी सुनिने माध्यम हो ।रेडियोले समाजको विविधताका साथै एकता कायम गर्न, आवाजविहीनका आवाज बोल्न, प्रतिनिधित्व गर्न तथा सुन्न र सुनाउन कुनै समयमा निर्वाह गरेको भूमिका अतुलनीय छ ।

  • इनेक्स कनेक्टसहित दुईवटा मोडलका क्यामेरा सार्वजनिक

    इनेक्स कनेक्टसहित दुईवटा मोडलका क्यामेरा सार्वजनिक

    काठमाडौं । सागर ग्रुपले नेपाली बजारमा इनेक्सका नयाँ प्रडक्टको सार्वजनिक गरेको छ ।उक्त ग्रुपद्वारा आयोजित ‘बेलियो एक्सपेरियन्स टेक्नोलोजी एण्ड लाइफस्टाइल : मिट एण्ड ग्रिट, एक्स्पो–२०२५’ बाट इनेक्स कनेक्ट र इनेक्सको दुईवटा मोडलका क्यामेराको सार्वजनिक गरेको हो ।

    नेपालमा पहिलो पटक इनेक्स क्यूब, इनेक्स सी५७० क्यामेरा र इनेक्स कनेक्ट आएका हुन् । कोनिका मिनोल्टाअन्तर्गतको इनेक्सका यी प्रडक्टहरू विश्व बजारमा निकै लोकप्रिय छन् । कोनिका मिनोल्टा प्रिन्टरको लागि प्रख्यात भएतापनि कम्पनीले क्यामेरालगायत अन्य डिजिटल डिभाइसहरूको उत्पादन गर्दै आएको छ ।नेपाली बजारमा इनेक्सका उक्त प्रडक्ट आएसँगै यसको प्रयोगबाट ग्राहकहरूले नयाँ अनुभव लिनसक्ने सागर ग्रुपले जानकारी दिएको छ ।

    एआई–सञ्चालित, हाई क्वालिटी भिडियो र सिमलेस कार्यक्षमता भएका इनेक्सका तीन वटै मोडलका प्रडक्टले प्रयोगकर्तालाई फोटो वा भिडियोको खिचाइमा उत्कृष्ट अनुभव प्रदान गर्ने सागर ग्रुपकी उपाध्यक्ष बुद्ध लक्ष्मी मानन्धरले जानकारी दिइन् ।इनेक्स क्यूब र इनेक्स सी५७० क्यामेरामा उच्च रिजोल्युसनको सेन्सर र राम्रो कलर रिकर्शनको लागि एड्भान्स टेक्नोलोजीहरू प्रयोग गरिएको छ ।सबै मोडलहरूमा अत्याधुनिक फिचर, स्टाइलिश डिजाइन र उत्कृष्ट प्रदर्शन क्षमता भएकाले ग्राहकहरूलाई इनेक्सका यी प्रडक्टका प्रयोगले दैनिकीमा पनि सहजीकरण ल्याउने सागर ग्रुपले विश्वास लिएको छ ।

    उच्च गुणस्तर भएका इनेक्स प्रडक्टमा अटो फोकसिङ जस्ता प्रविधिहरूको समावेश रहेको मानन्धरले बताइन् ।‘विश्व बजारमा प्रख्यात इनेक्सका यी तीन प्रडक्ट भित्र्याउन पाउँदा हामी खुसी छौ, मिटिङ हललगायत ठाउँका लागि उपयुक्त यी क्यामेराहरू आम ग्राहकको रोजाइमा पर्ने अपेक्षा छ,’ उनले भनिन् ।इनेक्स क्यामेरा औसत मूल्यमै उपलब्ध रहेको सागर ग्रुपको भनाई छ । इनेक्स क्यामेराले भर्चुअल मिटिङ साथै सम्मेलनको भिडियो रेकर्डलाई सहज र तीव्र बनाउने छ ।

    आकर्षक र कम्प्याक्ट डिजाइनमा उपलब्ध इनेक्स क्यामेरा धेरै जनाबीचको भिडियो बनाउनुपर्यो भने निकै उपयोगी रहेको बताइन्छ ।स्मार्टफोन र अन्य उपकरणहरूलाई कनेक्ट गर्ने विकल्प दिएको इनेक्स क्यामेराले ठूलो संख्याबीचको फोटो र भिडियो सुटिङलाई सहज बनाउने कोनिका मिनोल्टा कम्पनीका बिजनेस म्यानेजर अमित अरोड़ाले जानकारी दिए । उच्च क्वालिटीको भिडियो रेकर्डिङको क्षमता, फोरके भिडियो रेकर्डिङ इनेक्स क्यामेराको प्रमुख विशेषता हुन् ।

    यस्ता छन् इनेक्स प्रडक्टको विशेषता
    (१) इनेक्स कनेक्ट
    इनेक्स कनेक्टमा वायरलेस कन्फरेन्सिङ सिस्टम दिइएको छ । फोरके स्क्रिन कास्ट, क्यामेरा स्ट्रिमिङ, टाइप–सी प्लग एण्ड प्ले र ८–माइक एरे यसको प्रमुख विशेषता हुन् । कम्प्याक्ट र मोर्डन डिजाइन भएको यो डिभाइस उत्कृष्ट फिचर भएकै कारण प्रख्यात छ । फोरके आउटपुट रेजोल्युसन भएको यस डिभाइसमा यूएसबी, एचडीएमआई र वाइफाइसमेत यसमा कनेक्ट गराउन सकिन्छ । यसलाई विशेष गरी स्पिकर वा रेकर्डरको रूपमा प्रयोग गर्न सकिने बताइएको छ ।

    (२) इनेक्स क्यूब
    अत्याधुनिक प्रविधि र आकर्षक डिजाइनको संयोजन भएको इनेक्स क्यूब प्रयोगकर्ता मैत्री क्यामेरा हो । नेपालमा पहिलो पटक ल्याइएको यो क्यामेरा मिटिङ गर्दाको भिडियो खिच्नका लागि निकै उपयोगी छ । इनेक्स क्यूब क्यामेरामा एचडी रिजोलुसनमा भिडियो रेकर्ड गर्नसक्ने सक्षम छ । जसले स्पष्ट र उच्च क्वालिटीको इमेज प्रदान गर्छ । यो क्यामेरा वाइफाइमार्फत स्मार्टफोन वा अन्य डिभाइससँग जडान गर्न सकिन्छ । जसले रियल टाइममा भिडियो स्ट्रिम गर्न मद्दत पुर्याउँछ ।

    इनेक्स क्यूब क्यामेरामा मोशन डिटेक्शन क्षमता पनि छ । फोर–क्यामेरा लेन्स भएको यो क्यामेरामा फोरके ३६० पनोरमासहित मल्टिपल फेसियल ट्रयाकिङको पनि सुविधा दिइएको छ । यस्तै, रिमोट कन्ट्रोलमार्फत पनि यसलाई चलाउन सकिने बताइएको छ । रातको समयमा पनि स्पष्ट रूपमा देख्नका लागि नाइट भिजनको सुविधा यस क्यामेरामा उपलब्ध छ । क्लाउड स्टोरेज र माइक्रो कार्ड सपोर्टको सुविधासमेत रहेको यस क्यामेरामा भिडियो रेकर्डिङलाई उत्कृष्ट बनाउँछ ।

    (३) इनेक्स सी५७०
    इनेक्स सी५७० क्यामेरामा इमेज स्टेबलाइजेशन प्रविधि छ । जसले फोटो खिच्दा वा भिडियो रेकर्ड गर्दा कुनै पनि समस्याको सिर्जना हुन दिँदैन । यो क्यामेराबाट विशेष गरी चलिरहेको अवस्थामा स्पष्ट र सफा चित्र प्रस्तुत गर्न महत्त्वपूर्ण भूमिका खेल्छ । प्रिमियम सोनी सेन्सर दिइएको यस क्यामेरामा अटोः फ्रेमिङको सुविधा पनि दिइएको छ ।१२० वाइड एंगल क्यामेरा भएको इनेक्स सी५७० मा रिमोट कन्ट्रोल व्यवस्था पनि छ । हाई डाइनामिक रेन्ज दिइएको यस क्यामेराले उज्यालो र अन्धकार भागकोबीचमा सन्तुलन कायम राखेर राम्रो रिजल्ट दिन्छ । वाइड एंगल होस् वा टेलीफोटो लेन्स यस क्यामेराको साहयताबाट उत्कृष्ट फोटोहरू लिन सकिन्छ ।

  • टाटा नेक्सनको नयाँ मोडल ‘नेक्सन केथ्री’ सार्वजनिक

    टाटा नेक्सनको नयाँ मोडल ‘नेक्सन केथ्री’ सार्वजनिक

    काठमाडौं । टाटा नेक्सनको नयाँ मोडल ‘नेक्सन केथ्री’ सार्वजनिक भएको छ ।

    आइतबार गैरीधारामा आयोजित एक समारोहकाबीच सिप्रदी ट्रेडिङले ४५ किलोवाट आवर क्षमताको प्रिज्म्याटीक ब्याट्रीसहितको नयाँ नेक्सनको नयाँ डिजाइ सार्वजनिक गरेको हो ।ठूलो पानारोमिक सनरुफ, मोर्डन ड्यासबोर्ड, नयाँ स्टेरिङ ह्वील, क्लोजअफ ग्रिलसहित आएको नेक्सन के–थ्रीमा ३६० डिग्री क्यामरा पनि उपलब्ध छ । यसमा ९८ किलोवाट क्षमताको मोटर जडान भएर आएको छ ।

    कार्यक्रममा सिप्रदी ट्रेडिङको प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले ठूलो संघर्षकासाथ नयाँ मोडल ल्याइएको जानकारी दिए । उनले नयाँ केथ्रीको मूल्य ४८ लाख ९९ हजार रुपैंयाँ रहेको जानकारी दिए । अहिलेको लागि ७.२ किलोवाटको एसी चार्जर गाडीसँगै उपलब्ध गराएको पनि बताए ।उनले भने,‘हामीले मूल्यको लागि धेरै नै सङघर्ष गर्यौं ।

    बजारमा मूल्य कति होला भनेर धेरैले सोधिरहनुहुन्थ्यो तर एकदमै किफायती मूल्यमा नै सार्वजनिक गरेको छौं । ४८ लाख ९९ हजार तोकेका छौं । यसमा ७.२ किलोवाटको एसी चार्जर उपलब्ध गराएका छौं ।’ रिर्भस चार्जिङको व्यवस्था भएको पनि उनले सुनाए ।कम्पनीले यसमा चार लेभलको रिजेनेरेटिभ ब्रेकिङ सिस्टम दिएको छ । नेक्सन ईभीमा १९० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स, ३५० लिटरको बुट स्पेस रहेको नेक्सन केथ्री ईभी भारत एनक्यापमा पाँच स्टार सेफ्टी रेटिङ पाउन सफल मोडल भएको पनि कम्पनीले जनाएको छ ।

  • जंगली जनावरको आक्रमणबाट महिलाको मृत्यु भएपछि वनमा क्यामेरा जडान

    जंगली जनावरको आक्रमणबाट महिलाको मृत्यु भएपछि वनमा क्यामेरा जडान

    काठमाडौ । बाँकेको राप्तिसोनारी गाउँपालिका भगवती सामूदायिक वनमा जंगली जनावरको आक्रमणमा परी एक महिलाको ज्यान गएपछि उक्त वन क्षेत्रमा क्यामेरा जडान गरिएको छ ।बुधबार राप्तीसोनारी गाउँपालिका ८ की ६७ वर्षीया चेती बुढाको ज्यान गएपछि सब डिभिजन वन कार्यालय बाँकेको पहलमा क्यामेरा जडान गरिएको हो ।

    सब डिभिजन वन कार्यालय बाँकेका प्रमुख मनोज शर्माका अनुसार सामूदायिक बन क्षेत्रमा बाघ र चितुवाजस्ता हिंस्रक जनावरको आगमन बढेको र मानवीय आक्रमण हुन थालेपछि त्यसको तथ्य पत्ता लगाउन क्यामेरा जडान सुरु गरिएको हो । स्थानीयले सामूदायिक बन क्षेत्रमा बाघ आक्रमण बढेको गुनासो गरेपछि क्यामेरा जडान गरिएको र बाघसँग सचेत हुनुपर्ने बताए ।

    उनले भने,‘बाघ नियन्त्रण गर्ने भन्ने कुरा हँदैन् । यसका लागि आफैं सजग बन्ने हो । हामीले जनचेतनाका कार्यक्रमहरु अघि सारेका छौं ।’बुधबार सोही वडामा रहेको उक्त सामूदायिक बनमा दाउरा काट्न गएकी चेतीलाई बाघ वा चितुवा मध्य कुनै एक वन्यजन्तुले आक्रमण गरी मारेको आशंका गरिएको थियो ।भगवती सामूदायिक वनका अध्यक्ष टिकाराम वलीले उनलाई हिंस्रक जंगली जनावरकै आक्रमण भएको अनुमान गरे । वलीका अनुसार जंगलमा बाघ नदेखिएको तर बँदेल, चित्तल, जरायोहरु भने देखिने गरेको थियो ।उनले भने,‘स्थानीयबासीहरु निकुन्जमा भएका जनावरहरुले दुःख दिने गरेको गुनासो आइरहेको थियो । जनावरहरु निकुन्जमा मात्र बस्छन भन्ने छैन् , हाम्रो बनमा पनि आएको हुनसक्छ ।

    बाघ वा चितुवाले उहाँलाई आक्रमण गरेको हुनसक्छ ।’यसअघि पनि गाउँलेका १० वटाजति बाख्रा मारेको र मानवीय क्षति नभएको उनले बताए । उनले वन क्षेत्रमा हाल क्यामेरा जडान गरिएको जानकारी दिए ।‘बन क्षेत्रमा बाघ त देखिएको थाहा भएन तर निकुन्जमा बाघको संख्या बढेको पाइन्छ,’ उनले भने । महेन्द्रराजमार्गदेखि एक किलोमिटर पुर्वी भागमा लतारिएको अवस्थामा मृतक चेतीको शव भेटिएको थियो । उक्त बन नजिकै बाँके राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र पर्दछ ।घटना स्थलमा बाँके राष्ट्रिय निकुञ्ज, निकुञ्ज सुरक्षामा तैनाथ नेपाली सेना, सब डिभिजन वन कार्यालय बाँके, ईलाका प्रहरी कोहलपुर बाँके र स्थानीयहरुको सामूहिक उपस्थितिमा घट्नाको अध्ययन गर्ने र मुचुल्का तयार गर्ने काम गरिएको छ । साथै फरेन्सिक जाँचको तयारी पनि भइरहेको छ ।

     

  • विद्युत प्राधिकरणले पोल नसार्दा राजमार्ग निर्माणमा ढिलाई

    विद्युत प्राधिकरणले पोल नसार्दा राजमार्ग निर्माणमा ढिलाई

    काठमाडौ । नेपाल विद्युत प्राधिकरणले विद्युतको पोल नहटाउँदा पूर्व पश्चिम लोकमार्ग कञ्चनपुर –कमला ४ लेन सडक निर्माणमा ढिलाई भएको छ । चाइना रेल्वे नं २ इन्जिनियरिङ्ग ग्रुप कम्पनी लिमिटेडले निर्माण गरिरहेको पूर्व पश्चिम लोकमार्गको कञ्चनपुर –कमला ४ लेन सडकको सिरहा जिल्ला क्षेत्रमा मात्र ३ सय ५८ वटा विद्युतको पोल अझै सडकमै छ । प्राधिकरणले पोल नसार्दा साइट क्लियर नभएको भन्दै निर्माण कम्पनीले सडक निर्माणमा ढिलाई गरिरहेको छ ।

    लहान शहर क्षेत्रमा मात्र १४७ वटा विद्युतीय खम्बा सडकमै उभिएको छ । गोलबजार नगरपालिका भित्र १०९ , कर्जन्हा नगरपालिका भित्र ५६ र मिर्चैयामा ४६ वटा विद्युतको पोल सडकबाट हटाउन बाँकी छ । शहर बजारक्षेत्रमा सडक निर्माणमा ढिलाई हुँदा धूलो उड्यो भनेर वाराम्वार स्थानीयले आवागमन अवरुद्धपार्ने गरेका छन् । तर विद्युतको पोल नहटाइदिंदा निर्माण कम्पनीले काम गर्न पाएका छैनन् ।
    सडक विभाग मिर्चैयाका सूचना अधिकारी इन्जिनियर सरोज कोइराला भन्छन् सडक निर्माणमा ढिलाई भयो भनेर जनता र सरकार दुबैतर्फबाट दवाव आइरहेको छ तर ठेक्का लागेको ५ वर्ष भइसक्दा पनि अझै साइट क्लियर भएको छैन । कोइराला भन्छन् हामीले विद्युत प्राधिकरण लहान र मिर्चैया शाखालाई पोल सार्न छुट्याइएको बजेट गत वर्ष नै हस्नतारण गरेका हौं । तर अहिलेसम्म साइट क्लियर गरिएको छैन । कसरी द्रुत गतिमा काम गर्ने ? चाइना कम्पनीले पोल हटाउन हप्तै पिच्छे ताकेता गर्छ ।नेपाल विद्युत प्राधिकरण मिर्चैया शाखाका प्रमुख मनोज कुमार शर्मा भन्छन् हामीसँग जति जनशक्ति छ त्यसको उपयोग गरेर दैनिक पोल सार्ने कार्य भइरहेको छ ।

    पोल सार्दा उपभोक्तालाई विद्युत सप्लाई रोक्नु पर्छ । त्यसकारण उपभोक्तालाई पनि मार पर्नु भएन । सन्तुलन मिलाएर काम गर्दैछौं । विद्युत पोल नसारेकै कारण लहान, गोलबजार , मिर्चैया र कर्जन्हाको बन्दिपुर बजारहरुमा सडक निर्माण कार्य शून्यमा छ ।एसियाली विकास बैंकको ऋण सहयोगमा नेपाल सरकारले निर्माण गर्न लागेको सडक चाइना रेल्वे नं २ इन्जिनियरिङ्ग ग्रुप कम्पनी लिमिटेडले सडक निर्माणको ठेक्का लिएको हो । कञ्चनपुर –कमला सडक खण्ड ४७.४ किलोमिटर लम्बाई रहेको छ । कुल १६ अर्व ७७ करोड रुपैयाँमा ठेक्का कवोल गरेको चाइना कम्पनीले नेपाल सरकारसँग २५ जुन २०२० मा सम्झौता गरेको थियो । २८ अक्टुवर २०२३ मा सम्पूर्ण निर्माण कार्य सम्पन्न गरेर सडक नेपाल सरकारलाई हस्तान्तर गर्ने सर्त भए पनि चाइना कम्पनीले तोकिएको मितिमा काम सम्पन्न गर्न सकेन ।त्यसपछि २७ डिसेम्वर २०२४ सम्मका लागि पहिलो पटक म्याद थप गरिए पनि हालसम्म मात्र ५५ प्रतिशत मात्र निर्माण कार्य सम्पन्न भएको आयोजना निर्देशनालय मिर्चैयाले जानकारी दिएको छ । अहिलेकै गतिमा काम भइरहेमा अबको ५ वर्षमा पनि काम सम्पन्न नहुने देखिन्छ ।

     

  • चिनियाँ एप रेडनोट टिकटकको विकल्प बन्न सक्ने

    चिनियाँ एप रेडनोट टिकटकको विकल्प बन्न सक्ने

    काठमाडौं । अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लागू भएसँगै चिनियाँ एपको लोकप्रियता बढेको छ ।

    अमेरिकामा टिकटकलाई प्रतिबन्ध लगाउने कानुन बनाएसँग प्रयोगकर्ताहरु चिनियाँ एप रेडनोटको अर्थात स्याओहोङ्सुतिर बसाई सर्न थालेका छन् ।

    नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकप्रति समर्थन जनाइरहेको बेलामा टिकटकका प्रयोगकर्ताहरु चिनियाँ एपतिर बसाई सरेका हुन् ।
    पछिल्ला दिनमा रेडनोट अमेरिकी एप स्टोरमा सबैभन्दा बढी डाउनलोड हुने एप बनेको छ। यो टिकटकको प्रतिस्पर्धी एपका रुपमा मानिएको छ ।

    उक्त एपप्रति विदेशी प्रयोगकर्ताहरूको आगमनले चिनियाँ ब्रान्डहरूलाई विश्वव्यापी पहुँच विस्तार गर्ने अवसर मिल्ने अपेक्षा गरिएको छ ।

    अमेरिकी सर्वोच्च अदालतले टिकटकलाई लक्षित गरी बनाइएको ‘डाइभेस्ट वा ब्यान’ कानुनलाई सदर गरिसकेकाले १७ करोड अमेरिकी प्रयोगकर्ताहरू भएको यो एप प्रतिबन्ध निश्चित जस्तै मानिएको छ । (एजेन्सी)

  • चुकेनीको विद्युतले झिलिमिलि जुम्ला, लोडसेडिङ हट्यो

    चुकेनीको विद्युतले झिलिमिलि जुम्ला, लोडसेडिङ हट्यो

    काठमाडौ । विद्युतको उज्यालो अभाव खेपिरहेको जुम्लामा पहिलो पटक एक मेगावाट विद्युत उत्पादन भएपछि गाउँ झिलिमिलि भएको छ ।पातारासी गाउँपालिकाको चुकेनी जलविद्युत सहकारी संस्था लिमिटेडबाट सञ्चालित योजनाको निर्माण सम्पन्न भइ संचालनमा आएपछि विद्युतको अभाव टरेको हो ।

    जुम्लाको खलंङ्गगा बजारमा दैनिक १८ घण्टासम्म लोडसेडिङ्ग हुने गरेको थियो । नेपाल विद्युत प्राधिकरण जुम्लाको घुघुतिमा रहेको पावरहाउसका मेसिनमा पटक पटक आउने समस्या र जुगाड खोलामा पानीको वहाव घट्दै जाँदा लोडसेडिङ्ग बढ्ने गरेको थियो ।तर अहिले चुकेनी जलविद्युत योजनाले विद्युत उत्पादन गरेपछि लोडसेडिङ्गको मार हटेको छ । जुम्लामा विद्युत प्राधिकरणले केन्द्रीय प्रसारण लाइन पुर्याए पनि भोल्टेज कम हुने समस्या हुँदा विद्युत प्रयोग माग अनुसार हुन सकेको थिएन ।

    पातारासी गाउँपालिका–१ मा निर्मित एक मेगावाटको चुकेनी खोला जलविद्युत परियोजनाको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र एशियाली विकास वैकको आर्थिक सहयोग स्थानीय तथा गाउँपालिकाको स्वलगानी र कृषि विकास वैंकको ऋण लगानी तथा संयुत राष्ट्र संघीय विकास कार्यक्रम अन्र्तगतको ग्रामिण जिविको पार्जनका लागि नविकरणीय ऊर्जा कार्यक्रमको प्राविधिक सहयोगमा हालै निर्माण सम्पन्न भएकाले हाल जुम्ला बजार झिलिमिली भएको हो ।यस परियोजनामा पातारासी गाउँपालिकाका सम्पुर्ण घरधुरीको शेयर रहेको चुकेनी जलबिद्युत सहकारी संस्थाका अध्यक्ष गोर बहादुर बुढाले बताए ।

    अध्यक्ष बुढाका अनुसार परियोजना निर्माणका लागी वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत एशियाली विकास बंक र नेपाल सरकारको रु २८ करोड ४४ लाख ३० हजार अनुदान, रु ५ करोड नेपाल सरकारको मु.अ कर सहयोग तथा स्थानीय जनता, गाउँपालिका र प्रदेश सरकारको शेयर लागनी रु ११ करोड गरी जम्मा रु ४४ करोड ४४ लाख ३३ हजार लगानी रहेको छ ।राष्ट्रिय प्रशारण प्रणालीको भरपर्न नसकिने बिद्युत आपूर्तिले हैरान जुम्लावासी गाउँपालिकाको सिरानमा रहेको यस चुकेनी खोला साना जलविद्युत परियोजनाको निर्माण धेरैको चासोमा थियो ।

    परियोजनाबाट लामो प्रतिक्षापछि जुम्लाले भरपर्दो तथा गुणस्तरिय विद्युत बाल्न पाएकोमा उपभोक्ताहरु हर्षित भएको नविकरणीय उर्जाका लागि जिविकोपार्जन परियोजनाका फिल्ड संयोजक पृथ्वी शाही बताउँछन् ।गाउँपालिका भित्र सहकारी आफैले विद्युत वितरण गरेको छ भने अन्य स्थानका लागी नेपाल विद्युत प्राधिकरणलाई विद्युत बिक्री गरी सेवा पुर्याएको शाहीले जानकारी दिए ।सदरमुकाम एवम चन्दननाथ नगरपालिका वरिपरिका स्थानमा गुणस्तरीय र पयापर््त मात्रामा विद्युत उपलब्ध भएपछि साना ठुला उद्योगहरुलाई सहज भएको छ ।

    विद्युत अभावका कारण संचालनमा आउन नसकेका उपकरणहरु पनि धमाधम प्रयोगमा आउन थालेको र अन्य व्यवसायी, विद्यालय, स्वास्थ्य चौकी, सरकारी कार्यालय तथा संघ संस्था र घरधुरीहरुले विद्युतीय हिटर, एयरकन्डिसनर, कुकर, केत्ली जस्ता उपकरणहरु प्रयोग गर्न थालेको नेपाल बिद्युत प्राधिकरण जुम्ला वितरण शाखाका प्रमुख राम आशिष शाहाले जानकारी दिए ।साथै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अक्सिजन प्लान्ट समेत सन्चालनमा आएको छ । हाल जिल्लाका प्राधिकरणको प्रणालीमा आवद्ध करिव साढे सात हजार घरधुरीले पनि सोही परियोजनाको विद्युत प्रयोग गरिरहेको विद्युतप्रधिकरण वितरण केन्द्रले जनाएको छ ।परियोजनाले चन्दननाथ नगरपालिका भित्रका सम्पूर्ण व्यवसायीहरुलाई ठुलो टेवा पुगेको समेत नगर प्रमुख राजु सिंह कठाएतले वताए ।

  • काठमाडौँका यी स्थानमा आज बिजुली काटिदै छ

    काठमाडौँका यी स्थानमा आज बिजुली काटिदै छ

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ ।

    प्राधिकरणले एक सूचनामार्फत बलम्बु सबस्टेशनअन्तर्गत थानकोट फिडरअन्तर्गत पर्ने नैकाप, बलम्बु, चुनदेवी, खहरे, दशचोकलगायत क्षेत्रमा प्राविधिक जडान कार्यका लागि आज बिहान १०ः३० देखि मध्याह्न १२ः०० बजेसम्म बिजुली कटौती हुने भएको जानकारी गराएको हो ।

    प्राधिकरणले सो फिडरअन्तर्गत उक्त स्थानलगायत सम्पूर्ण क्षेत्रका ग्राहक वर्गमा पर्न गएको असुविधाप्रति क्षमा मागेको छ ।

  • अब घरमै बसेर अनलाइबाट नक्सा

    अब घरमै बसेर अनलाइबाट नक्सा

    काठमाडौं । शहरी विकास मन्त्रालयले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा ‘सुरक्षित भवन निर्माणका लागि नेपाल राष्ट्रिय भवन संहिता पालना प्रवद्र्धन परियोजना’ सुरु गरेको छ ।परियोजनाले घरधनी, निर्माण व्यवसायी तथा प्राविधिकहरुको ज्ञान र चेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।

    नेपाल राष्ट्रिय भवन संहिता अनुरुप भवन निर्माण गर्दा हुनुपर्ने डिजाइन, निर्माण चरणमा हुने चेकजाँच, प्राविधिकहरुको सुपरिवेक्षण क्षमता, निर्माण व्यवसायीको गुणस्तर कायम गर्ने क्षमतामा अभिवृद्धि गरी अब बन्ने घर तथा भवनहरुमा अझ प्रभावकारी ढङ्गगले भवन संहिता लागू गराउन परियोजनाले सहयोग गर्ने जनाइएको छ ।काठमाडौं उपत्यकाका सातवटा स्थानीय तह (ललितपुर महानगरपालिका, टोखा नगरपालिका, महालक्ष्मी नगरपालिका, तारकेश्वर नगरपालिका, दक्षिणकाली नगरपालिका, सूर्यविनायक नगरपालिका र बागमती गाँउपालिका)लाई पाइलट नगरपालिकाका रुपमा छनोट गरी सन् २०२१ देखि परियोजना सुरु भएको थियो । परियोजनाले नगरपालिकाहरूमा भवन निर्माण अनुमतिका लागि आवेदन दिने, डिजाइन चेकजाँच गर्ने र निर्माणको क्रममा निरीक्षण गर्ने प्रक्रियाहरूमा सुधार गरी भवन संहिता र भवन निर्माण मापदण्ड पालनाको दर वृद्धि गरी भूकम्प प्रतिरोधी भवन निर्माण गर्नेे लक्ष्य राखेको छ ।

    नयाँ भवनहरुको नक्शा पास गर्दा लागू हुने भवन निर्माण मापदण्ड, भवन नियमावली, भवन संहिताको कार्यान्वयनमा एकरुपता भएको देखिँदैन । यसबाट अधिकांश नगरपालिकाहरुमा मापदण्ड नभएको र भएकोमा पनि मापदण्ड अपर्याप्त वा नमिलेको बताइएको छ ।नेपालमा भवन निर्माणका लागि नेपाल राष्ट्रिय भवन संहिता र विभिन्न नगरपालिका/गाँउपालिकाका आ(आफ्ना भवन निर्माणमापदण्डहरू छन् । भवन निर्माण गर्नका लागि सर्वप्रथम घरधनीले नगरपालिकाबाट भवन निर्माण अनुमति लिनुपर्ने व्यवस्था छ ।अनुमति लिनको लागि घरधनीले भवन निर्माण मापदण्ड र भवन संहिताको पूर्ण पालना हुनेगरी आफ्नो आवश्यकता अनुसार घरको डिजाइन र नक्सा तयार गराइ आफ्नो नगरपालिका/गाँउपालिकामा बुझाउनु पर्छ ।यसरी बुझाएको डिजाइन र नक्सा भवन निर्माण मापदण्ड र भवन संहिता अनुरूप छ कि छैन भनी नगरपालिकाले चेकजाँच गरी भवन निर्माण अनुमति दिने गर्दछ । नगरपालिकाबाट नक्सा पास गरी भवन संहिता र भवन निर्माण मापदण्ड पालना गरी नक्सा अनुसार निर्माण गरिएका घरहरू भूकम्प प्रतिरोधी हुने अनुमान छ ।

  • ललितपुर महानगरले सुरु गर्यो एलएमसी गार्बेज अलर्ट एप

    ललितपुर महानगरले सुरु गर्यो एलएमसी गार्बेज अलर्ट एप

    काठमाडौं । ललितपुर महानगरपालिकाले एलएमसी गार्बेज अलर्ट एप सार्वजनिक गरेको छ ।

    मंगलबार महानगरको १०६ औं स्थापना दिवसको अवसरमा आयोजित समारोहकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीबाट एपको समुद्घाटन गरिएको हो ।एप एनरोइड प्रयोगकर्ताहरुको लागि प्ले स्टोरमा उपलब्ध गराइएको छ भने आइओएस प्रयोगकर्ताले भने केही हप्तामा नै एप्पल स्टारेबाट डाउलोड गर्न सक्ने छन् ।

    ललितपुरबासी सर्वसाधारणहरुले आफ्नो क्षेत्रभित्र फोहोर संकलन गर्ने गाडि कहाँ आइपुग्यो भनेर उक्त गाडिको वास्तविक स्थान (रियल टाइम ट्रयाकिङ)मार्फत थाहा पाउन सक्नेछन् ।सर्वधारणले फोहोर व्यवस्थापन गर्न भोग्दै आएका समस्यालाई मध्यनजर गर्दै महानगरले एप सार्वजनिक गरेको हो ।ललितपुरलाई स्मार्ट सिटी बनाउने उद्देश्यमा लागेको महानगरपालिकाको लागि यो अर्को एउटा खुड्किलो भएको छ ।