Category: समाज

समाज

  • दार्चुला घटना : पीडित पक्षलाई भारतीय कम्पनीले दियाे १६ लाख रुपैयाँ

    दार्चुला घटना : पीडित पक्षलाई भारतीय कम्पनीले दियाे १६ लाख रुपैयाँ

    दार्चुला । दार्चुलामा सडक निर्माणका क्रममा खसेको ढुङ्गा लागेर व्यास गाउँपालिका–२ का ९ वर्षीय पवन महराको मृत्यु भएको घटनामा भारतीय पक्षले क्षतिपूर्ती वापतको रकम दिएको छ ।

    शनिबार धार्चुलास्थित एसडिएम कार्यालयमा नेपाली प्रशासन समेतको उपस्थितिमा भएको छलफलपछि तावाघाट–लिपुलेक सडक निर्माण गरिरहेको गर्ग एन्ड गर्ग कम्पनीले पीडित परिवारलाई क्षतिपूर्ती वापत १६ लाख रुपैयाँ उपलब्ध गराएको व्यास गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामीले जानकारी दिए ।

    पीडित परिवार, भारतीय प्रशासन र नेपाली प्रशासनबीच छलफल भएर कम्पनीले मृतकका बुवालाई १६ लाख क्षतिपूर्ती नगद हस्तान्तरण गरेको अध्यक्ष धामीले बताए ।

    कम्पनीले सडक निर्माणका क्रममा जिलेटिन विस्फोट गर्दा खसेको ढुङ्गा लागेर शुक्रबार पवनको मृत्यु भएको भने उनकी दिदी १४ वर्षीय सरिना महरा घाइते छन् ।

    आगामी दिनमा जिलेटिन विस्फोट गराउदा दुवै पक्षले पूर्व जानकारी दिनुपर्ने सहमति समेत भएको छ ।

    –फाइल तस्बिर 

  • पाल्पाबाट मनकामना गइरहेकाे बस दुर्घटना, ५ जनाकाे मृत्यु

    पाल्पाबाट मनकामना गइरहेकाे बस दुर्घटना, ५ जनाकाे मृत्यु

    काठमाडौं । पाल्पाबाट मनकामना दर्शनको लागि जाँदै गरेका दर्शनार्थी चढेको बस दुर्घटनामा परेकाे छ । दुर्घटनामा पाँच जनाकाे मृत्यु भएकाे छ ।

    पाल्पाको रम्भा गाउँपालिका-१ हुँगीबाट मनकामना गइरहेकाे ना ६ ख ७५८० नम्बरको बस नवलपरासी पूर्व (नवलपुर)को बुलिङटारमा बिहान करिब चार बजेतिर दुर्घटना भएको हो ।

    दुर्घटनामा परी मृत्यु हुनेमा रम्भा गाउँपालिका-१ का ४१ वर्षीय तारा विक, १७ वर्षीय विनय विक, ६२ वर्षीया धनी विक, ५८ वर्षीया देवी गाहा र स्याङ्जाको गल्याङ नगरपालिका-९ बेलचौरकी वर्ष ४५ की फूलमाया माझी रहेकी छन् ।

    उनीहरू सबैको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी सन्तोष पाठकले जानकारी दिए ।

    दुर्घटनामा २९ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि चितवनको भरतपुर पठाइएको प्रहरीले जनाएकाे छ ।

    घाइतेको नामावली :

    १) बस चालक, पाल्पा रामपुर न.पा.३ गण्डकी ढिक बस्ने वर्ष २९ का दिल कु.श्रेष्ठ

    २) बस सहचालक, रामपुर- ४ बेझाडका वर्ष २४ को साजन श्रेष्ठ

    ३) रम्भा गा.पा.१ बस्ने वर्ष ४ को अंकित सुनार

    ४) रम्भा-१ का वर्ष १० को कृष्ण केवट

    ५) रम्भा-१ बस्ने वर्ष १८ को प्रविण सुनार टाउको चोट मध्यम

    ६) रम्भा-१ बस्ने बस्ने वर्ष २० का रामबहादुर वि.क., टाउकोमा चोट

    ७) रम्भा-१ बस्ने वर्ष २१ को रिता वि.क.

    ८) रम्भा-१ बस्ने वर्ष २५ का कासीराम वि.क.

    ९) रम्भा-१ बस्ने वर्ष २० का बिशाल वि.क.

    १०) रम्भा-१ बस्ने वर्ष १ की आइसा वि.क.

    ११) रम्भा-१ बस्ने वर्ष १६ काअविनाश वि.क.

    १२) रम्भा-१ बस्ने वर्ष ७ की पुष्पा वि.क.

    १३) रम्भा-१ बस्ने वर्ष ४७ का मेघनाथ वि.क

    १४) स्याङ्जा बेलचौर न.पा.९ बस्ने वर्ष २५ की दिलमाया राना

    १५) स्याङ्जा बेलचौर-९ बस्ने वर्ष ३ का रविन राना

    १६) पाल्पा झडेवा बस्ने वर्ष ३२ की सुमित्रा वि.क.

    १७) रम्भा-१ बस्ने वर्ष १५ की रिमा वि.क.

    १८) रम्भा-१ बस्ने वर्ष ३२ की सन्जु सुनार

    १९) रम्भा-१ बस्ने वर्ष ३८ को प्रेम ब.सुनार

    २०) रम्भा-१बस्ने वर्ष २० को आषिश सुनार

    २१) रम्भा-१ बस्ने वर्ष २० को बिजय वि.क.

    २२) रम्भा-१ बस्ने वर्ष ३६ की माया वि.क.

    २३) स्याङजा गल्याङ-८ बस्ने वर्ष ३५ को मनोजकुमार वि.क.

    २४) गल्याङ- ९ बस्ने वर्ष ३० की सरिता माझी

    २५) गल्याङ-८ बस्ने वर्ष ३० की उमाकुमारी वि.क.

    २६) गल्याङ- ९ बस्ने वर्ष ३१ को रामु राना

    २७) पाल्पा रम्भा-१ बस्ने वर्ष १२ की अस्मिता सुनार

    २८) रम्भा-१ बस्ने वर्ष ४७ को ओमबहादुर वि.क.

    २९) रम्भा-१ बस्ने वर्ष

  • इटहरीमा दुई मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु

    इटहरीमा दुई मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु

    सुनसरी । इटहरी उपमहानगरपालिका-१० मा बिहीबार साँझ दुई मोटरसाइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा मोरङ बूढीगङ्गा–१ का ३० वर्षीय ओजराज लुइँटेल, धरान–१५ का ४० वर्षीय राजन राई र ३२ वर्षीय शम्भू राई रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक राजकुमार राइले जानकारी दिए ।

    विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको को४प १४१० नम्बरको मोटरसाइकल र इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश १–०२–०४१ प ४४११ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार तीन जना गम्भीर घाइते भएका थिए ।

    गम्भीर घाइते भएका तीनै जनाको उपचारको क्रममा विराटनगरस्थित आर्य न्यूरो हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

  • कालीकाेट विष्फोट अपडेट : थप एक बालिकाको मृत्यु

    कालीकाेट विष्फोट अपडेट : थप एक बालिकाको मृत्यु

    कालीकाेट । कालीकोट विष्फोटनको घटनामा थप एक बालिकाको मृत्यु भएको छ ।

    कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–१० भएको घटनामा परी घाइते भएकी बालिकाको कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको हो ।

    घटनामा परी मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा उपचारका क्रममा ४ वर्षकी सरस्वती रानाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए ।

    घटनामा परी ४ वर्षीया झरना थापाको स्थानीय स्वास्थ्यचौकीमा उपचारका क्रममा मृत्यु भएको थियो । घटनामा परी घाइते भएका तीन जना बालबालिकाको अहिले कर्णाली प्रादेशिक अस्पतालमा उपचार प्रजिअ शर्माले बताए ।

  • तराईमा छठको रौनक, बजारमा बढ्यो चहलपहल

    तराईमा छठको रौनक, बजारमा बढ्यो चहलपहल

    पर्सा । छठ पर्व सुरु भएसँगै तराईका बजारमा पूजा सामग्री खरिदबिक्रीका लागि हुने चहलपहल बढेको छ । कात्तिक शुक्ल पक्षको चौथी तिथिबाट छठ पर्व विधिवत्मा रुपमा सुरु भएसँगै चहलपहल पनि बढेको हो ।

    छठ पूजाका लागि आवश्यक पूजन सामग्री, हरियो तरकारी, फलफूल किन्ने ग्राहकहरुको भिड देखिन्छ । खासगरीे छठ पूजामा छठी मातालाई अर्पण गरिने प्रसादमा स्याउ, केरा, सुन्तला, पानीसहितको नरिवल, उखु, हरियो बोडी, पानी सिङगडा, गागल, मूला, अदुवाको बोटलगायतका फलफूल, हरियो तरकारी, माटो तथा बाँसका सामग्री खरिद गर्नेको भिड बजारमा देख्न सकिन्छ ।

    छठ पूजामा आकर्षक सजावटका लागि नेपालमै सबैभन्दा बढी चर्चामा रहँदै आएको वीरगञ्जको घडीअर्वा पोखरी छठघाटको व्यवस्थापन र सजावटको काम तीव्र गतिमा भइरहेको छ ।

    साथै, व्रतालुहरु छठका लागि बाँसको नाङ्लो, ढाकी, कोनिया, डगरी, माटोको हात्ती, दियो, ढकना, कोशिया, कुरवार, केरालगायत फलफूल, उखु, भोगटे, कागती, सखरलगायतका पूजा सामग्री खरिदमा व्यस्त देखिएका छन् ।

    त्यस्तै छठ पूजामा नयाँ कपडा लाउनुपर्ने भएकाले कपडा पसलहरुमा पनि उत्तिकै भिड हुने गरेको छ । छठ पर्व मनाउनेहरु पोखरीको डिल र नदीको किनारको सरसफाइ गर्दै आ९आफ्ना पूजास्थल सुरक्षित गर्नमा तल्लीन भएर जुटेका छन् । मध्यतराईका जिल्लामा रहेका छठी घाटहरूमा लाखौँ रकम खर्चेर सरसफाइ, सजावट र व्यवस्थापनका लागि कामहरू पनि भएका छन् । स्थानीय एफएम रेडियोहरुसमेत छठका गीतले गुञ्जायमान छन् भने बजारलाई छठका सामग्रीहरुले भरिभराउ छ ।

    करिब एक महिना अगावै माछा, मासु खान छाडेका महिलाहरु हिजो शुक्रबार लसुन र प्याज बिना खाना खाएका छन् । उनीहरुले आज रहरको दाल, लौका र भात खान्छन् ।

    छठ पर्वलाई निकै कठिन पर्वका रुपमा लिइन्छ । सूर्य र जलको शक्ति र महत्व झल्काउने यस पर्वमा शुद्ध खाने कुरा खानुपर्ने र यस पर्वमा अन्नपानी नखाई तीन दिन भोकै बसी व्रत गर्ने चलन रहेको वीरगञ्जको सञ्जु देवीले बताइन् । छठको व्रत महिला वा पुरुष जोसुकैले पनि लिने र पूजा गर्ने गरेको संस्कृविविद् उमाशङ्कर द्विवेदीले बताए ।

    तराईका जिल्लाहरुमा हिन्दू धर्ममा वर्षभरी उदाउँदो सूर्यलाई मात्र पूजा गरिए पनि यस पर्वमा उदाउँदो र अस्ताउँदो दुवै सूर्यलाई विशेष रुपले पूजा गरिन्छ । छठ पर्वमा विशेषगरी अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिने कुरा सबैभन्दा विशेष र महत्वपूर्ण हुने गरेको संस्कृतिविद् उमाशङ्कर द्विवेदीको भनाइ छ ।

    आफ्नो परिवारको खुसीका लागि यो पर्वमा महिलाहरुले व्रत लिने गरेका छन् । आफूले चाहेको आशीर्वाद छठीमाताले पूरा गरी दिने विश्वासका कारण व्रत बसेको वीरगञ्ज कुम्हाल टोलकी उमावती थापाले बताइन् ।

  • पश्चिमी वायुका कारण यी स्थानमा हल्का वर्षाको सम्भावना

    पश्चिमी वायुका कारण यी स्थानमा हल्का वर्षाको सम्भावना

    काठमाडाैं । पश्चिमी वायुका कारण आज देशका पहाडी भू-भागमा आंशिक बदली रही केही स्थानमा हल्का वर्षा हुने भएको छ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीका कारण देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ भने प्रदेश नं १, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

    राति प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भागहरूमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ।

    आइतबार देशका पहाडी भागहरूमा आंशिक बदली रही बाँकी भागमासामान्यतया मौसम सफा रहने छ भने प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

  • धान थ्रेसरमा परेर एक महिलाको मृत्यु

    धान थ्रेसरमा परेर एक महिलाको मृत्यु

    कैलाली । कैलालीमा धान थ्रेसरमा परेर एक जनाको साेमबार मृत्यु भएको छ ।

    कैलारी गाउँपालिका –३ भर्रीटोलका बुथराम चौधरीको ४५ वर्षीया श्रीमती बिना चौधरीको धान थ्रेसरमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए ।

    उनका अनुसार आफ्नै घर नजिकै खेतमा काटेको धान थ्रेसरमा हाल्ने क्रममा टाउकोमा बाधेको पटुकी थ्रेसरमा फस्नगई तानेर लगेकाले बिनाको मृत्यु भएको हो ।

  • सन्दर्भ कुकुर तिहार : सहरमा रहर, गाउँमा गोठालाका भर

    सन्दर्भ कुकुर तिहार : सहरमा रहर, गाउँमा गोठालाका भर

    प्रायः सहरी क्षेत्रमा रहरमा कुकुर पाल्ने गरिन्छ । आर्थिकरुपमा सम्पन्न व्यक्तिले आफ्नो सोखका लागि कुकुर पाल्ने गर्छन् । यसरी पालन गरिने कुकुरको भूमिका खास नभए पनि ग्रामीण भेगका गोठमा पाल्ने कुकुर भने गोठालाका सुरक्षाको भरोसा बन्ने गरेका छन् । परम्परागत रुपमा घुम्ती गोठ राखेर गरिने पशुपालनमा कुकुर गोठालाका सारथी बन्ने गरेका छन् । अनकन्टार जङ्गल, पहाड र हिमालका बुकीसम्म नै घुम्तीरुपमा गरिने भेडापालन र गाईभैँसीका गोठमा कुकुरलाई मुख्य हेरालुको रुपमा पाल्ने गरिन्छ ।

    अन्नपूर्ण गाउँपालिका–५ का भेडापालक युवा प्रकाश पुनले भेडीगोठमा रहेका भेडाको हेरालु र गोठको सुरक्षाका लागि कुकुर पालिएको बताए । “हामी पनि गोठमा हुन्छौँ, तर कहिलेकाहीँ जङ्गली जनावरले गोठमा रहेका भेडामाथि आक्रमण गर्नसक्ने जोखिम रहन्छ, जङ्गली जनावरको आक्रमणमा प्रतिकार गर्न र पशुधनको रक्षा गर्न कुकुरले ठूलो सहयोग पुग्ने गरेको छ”, उनले भने । खोप्रा र खयर क्षेत्रमा व्यावसायिक भेडापालन गरेका हरेक गोठमा ‘भोटे’ जातका कुकुर रहेका छन् । अधिकांश समय जङ्गलमै बिताउनुपर्ने भएकाले कुकुरको सुन्ने र सुँधेर पत्ता लगाउन सक्ने शक्ति बढी हुने भएकाले गोठमा गोठाला र गोठका भेडाबाख्राको सुरक्षामा कुकुरलाई द्वारपालकको रुपमा लिने गरिन्छ ।

    खासगरी पहाडी क्षेत्रमा घुम्ती चरनमा लैजाने गरी राखिने गोठका गाईभैँसीपालन र भेडाबाख्रासँगै गोठमा रहेका गोठाला र हेरालुका समेत सारथी र साथी कुकुर नै हुन् । चरन क्षेत्रको लागि गोठको दूरी टाढा–टाढा राख्ने भएकाले गोठमा सुरक्षाको भरोसा कुकुरमै निर्भर हुने गरेको धौलागिरि गाउँपालिका–५ मल्कबाङका भेडापालक कृषक हिमबहादुर छन्त्यालले बताए । जङ्गलका बाघ, चितुवा, भालुलगायतका हिंस्रक जनावरको आक्रमणले भेडाबाख्रामा पार्ने क्षति न्यूनीकरण गर्न कुकुरले महत्वपूर्ण भूमिका खेल्ने गरेको उनले सुनाए ।

    “गोठदेखि जङ्गलमा चरन क्षेत्रसम्म नै कुकुरले भेडाबाख्रालाई घुमीघुमी रेखदेख गर्छन्, जङ्गली जनावरको आवाज र सङ्केत पनि कुकुरले नै छिटो थाहा पाउने भएकाले ठूलो स्वरमा भुकेर भगाउने गर्छन्, हामीगोठमा कुकुरकै भरमा हुन्छौँ”, उनले भने । करिब छ सय बढी भेडापालन गरेका छन्त्यालको गोठमा दुई जना हेरालु र चार कुकुरले भेडीगोठ धानेका छन् । चरन क्षेत्रमा समेत कुकुरले नै भेडाबाख्रालाई जोखिमपूर्ण ठाउँमा जानबाट रोक्ने र साँझ गोठतर्फ भेडाबाख्रा ल्याउन सहयोग गर्ने गरेको विगत ६० वर्षदेखि नै भेडापालनमा सक्रिय रहेका अन्नपूर्ण गाउँपालिका–५ का ७८ वर्षीय लालविर तिलिजाले बताए ।

    गोठका सारथी बनेका कुकुरलाई जङ्गली जनावरको आक्रमणबाट बचाउन कुकुरको घाँटीमा काँडेमाला लगाइदिने गरिन्छ । जिल्लाको लेकाली क्षेत्र समेटिएको क्षेत्रमा घुम्ती गोठ राखेर पशुपालन गर्ने प्रचलन रहेको छ । घरपालुवा गुनिलो र आज्ञापालक तथा सुरक्षामा भरपर्दो जनावरको रुपमा चिनिने कुकुरको महत्वलाई तिहारको अवसरमा गरिने कुकुर तिहारको पूजा आराधानाले थप बढाउने गरेको छ । यमपञ्चकअर्थात् दीपावलीपर्वको कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठामीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको धार्मिक मान्यता छ । रासस

  • सयपत्री प्रतिथुंगा ४ रुपैयाँ

    सयपत्री प्रतिथुंगा ४ रुपैयाँ

    तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ बडहरे निवासी मञ्जु श्रेष्ठले गत वर्ष थोरै मात्रामा सयपत्री फूलखेती सुरु गरिन्। तिहारका समयमा उनलाई मागअनुसारको फूल पुर्‍याउन धौधौ भयो। परीक्षणका रूपमा फूलखेती सुरु गर्दा माग अत्यधिक भएपछि उनमा त्यही बेला अब व्यावसायिक रूपमा फूलखेती गर्छु भन्ने सोच पलायो।

    ‘गत वर्ष उत्पादन भएको फूल नजिकका आफन्तजन, साथीभाइलाई पनि पुर्‍याउन सकिनँ, तिहारका बेला फूलको धेरै माग हुन्छ’, उनले भनिन्, ‘माग बढी भएपछि यस वर्ष भने दुई रोपनी क्षेत्रफलमा फूल लगाएको छु।’

    उनले आफ्नै निजी दुई रोपनी जग्गामा यो वर्ष व्यावसायिक रूपमा सयपत्री फूलखेती गरेकी छन्। विगतमा तरकारी बेर्ना जमाएर बिक्री गर्ने उनले सयपत्री फूल विदेशबाट आउने गरेको थाहा पाएपछि स्वदेशमै उत्पादन गर्नुपर्छ भन्ने भावना विकास भएको बताइन्।

    ‘हरेक सामान विदेशबाट आउँछ, हुँदाहुँदै फूल पनि विदेशबाट आउने गरेको देखेपछि आफैँलाई धिक्कार लाग्यो, हामी पनि फूलखेती गर्न सक्छौँ भन्ने सोच र आत्मविश्वास वृद्धि भयो’, उनले भनिन्, ‘फूलमा आत्मनिर्भर गराउन मेरो पनि केही योगदान होस् भन्नका लागि फूलखेती गरेको हुँ।’

    फूलमा नेपाललाई आत्मनिर्भर बनाउन सरकारले कृषकलाई सहयोग गर्ने नीति ल्याउनुपर्ने श्रेष्ठको माग छ। ‘गाउँघरमा जग्गा बाँझै छन्, त्यस्ता जग्गालाई सदुपयोग गर्दै फूलखेती गर्नेतर्फ सरकारले सहयोग गर्नुपर्छ’, उनले भनिन्।

    तिहारका बेला फूलको माग बढी हुने गरेको र पुर्‍याउन मुस्किल पर्ने श्रेष्ठको अनुभव छ। ‘तिहार सुरु हुन लागिसक्यो, अब माग आउन थाल्छ, तिहारका लागि बजारको समस्या छैन’, श्रेष्ठले भनिन्, ‘तिहार सकिएपछि पनि यसको बजारका लागि समस्या छ।’

    गाउँघरमा हुने सहकारीका कार्यक्रम, अन्य सङ्घसंस्थाका कार्यक्रममा माला बिक्री हुने गरेको छ। ‘यो वर्ष तिहार छिटो परेकाले फूल उत्पादन हुनै बाँकी छ, तिहारमा समस्या हुँदैन, तिहारपछि भने फूलको बजार खोज्नुपर्ने अवस्था छ’, उनले भनिन्।

    उनले प्रतिथुङ्गा रु ४ मा फूल बिक्री गरिरहेकी छन्। फूलखेती गरेको बारेमा आफूले व्यक्तिगत सामाजिक सञ्जालबाट प्रचारप्रसार गरिरहेको उनले सुनाइन्। ‘मेरो फूलखेतीका बारेमा त्यति धेरै प्रचारप्रसार भएको छैन, वडा कार्यालयले पनि सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गरिदिएको छ’, उनले भनिन्।

    सरकारले केही दिनअगाडि भारतबाट आयात हुने सयपत्री फूलमा प्रतिबन्ध लगाएको छ। तिहारमा करिब ८५ प्रतिशत सयपत्रीको माग आन्तरिक उत्पादन धान्ने गरेको भए पनि १५ प्रतिशत सयपत्री फूल आयात हुने गरेको छ।

    सरकारको यो निर्णयप्रति श्रेष्ठले समर्थन गर्दै भनिन्, ‘विदेशी फूललाई प्रतिबन्ध लगाउने सरकारको निर्णय सकारात्मक छ। नेपाललाई फूलमा आत्मनिर्भर बनाउनेतर्फ लाग्नुपर्छ।’

    भिमाद नगरपालिका–८ भागरमा तीन युवाले तीन रोपनी क्षेत्रफलमा सामूहिक रूपमा फूलखेती लगाएका छन्। तिहार नजिकिँदै गरेको ७० प्रतिशत मात्र फूल फुलेकाले लक्ष्यअनुसारको फूल बिक्री नहुने हो कि भन्ने चिन्ता लागेको सागर विकले बताए।

    विकले भने, ‘बजारमा बिक्री केन्द्र राख्ने ठाउँसमेत पाउन मुस्किल परेकाले स्थानीय कृषकको समस्या समाधानमा सरोकारवालाले ध्यान पुर्‍याउनुपर्छ।’

    वैदेशिक रोजगारीबाट फर्केका र स्वदेशमै केही गर्नुपर्छ भन्ने मान्यता राखेर फूलखेतीमा लागेका विकसहित विष्णु राना र अमृत कुमालले स्थानीय सरकारले प्रोत्साहन नगरेको बताए। फूल उत्पादनका लागि सहयोग गर्न वडा र नगरपालिकामा मौखिक निवेदन दिए पनि सकरात्मक प्रतिक्रिया नपाएको विष्णु रानाले बताए।

    सोही ठाउँका गोविन्द अधिकारीले केही वर्षदेखि फूलखेती गरिरहेका छन्। स्थानीय स्तरमा आयोजना कार्यक्रममा न्यून सङ्ख्यामा माला खपत भए पनि फूलको बजारमा समस्या भइरहेको उनको गुनासो छ। तिहारका बेलामा बजारको समस्या नभए पनि तिहारपछिको बजारमा भने समस्या भइरहेको उनी बताउँछन्। रासस

  • पर्वतको कुश्माले एसइईमा ‘ए’ प्लस ल्याउने विद्यार्थीलाई मासिक भत्ता दिने

    पर्वतको कुश्माले एसइईमा ‘ए’ प्लस ल्याउने विद्यार्थीलाई मासिक भत्ता दिने

    पर्वत । पर्वतको कुश्मा नगरपालिकाले सामुदायिक विद्यालयबाट एसइईमा ‘ए’ प्लस अङ्क ल्याएर उत्तीर्ण हुने विद्यार्थीलाई मासिक भत्ता दिने भएको छ ।

    नगरसभाबाट पारित भएको उक्त कार्यक्रम नगरको चालु वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन भएसँगै लागू भएको हो । कुश्मा नगरपालिकाले विद्यार्थीहरुको पढाइप्रतिको लगाव बढाउन तथा सामुदायिक विद्यालयमा पढ्न उत्प्रेरित र प्रोत्साहन गर्ने उद्देश्यले मासिक भत्ताको व्यवस्था गरेको नगरप्रमुख रामचन्द्र जोशीले जानकारी दिए ।

    मासिक रुपमा विद्यार्थीहरुलाई रु दुई हजार भत्ता दिन सुरु गरिएको जोशीले बताए । यसले विद्यार्थीलाई पढाइमा ऊर्जा मिल्नाका साथै विपन्न बालबालिकालाई थोरै भए पनि आर्थिक समस्यासमेत टर्ने विश्वास लिएको उनको भनाइ छ ।

    यस्तो भत्ता एसइई पास भएर कक्षा १२ को पढाइ नसकिने बेलासम्म दिइने नगरपालिकाले जनाएको छ । एसइईमा ‘ए’ प्लस ल्याएर कक्षा ११ मा फेल भएमा भने भत्ता कटौती हुने गरी कार्यविधि बनाइएको छ ।

    सामुदायिक विद्यालयका बालबालिकालाई भत्ता दिए पनि संस्थागत अर्थात् निजी बोर्डिङमा पढ्ने विद्यार्थीहरुलाई भने नदिइने नगरप्रमुख जोशीले बताए ।