• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

दार्चुला घटना : पीडित पक्षलाई भारतीय कम्पनीले दियाे १६ लाख रुपैयाँ

दार्चुला । दार्चुलामा सडक निर्माणका क्रममा खसेको ढुङ्गा लागेर व्यास गाउँपालिका–२ का ९ वर्षीय पवन महराको मृत्यु भएको घटनामा भारतीय पक्षले क्षतिपूर्ती वापतको रकम दिएको छ ।

शनिबार धार्चुलास्थित एसडिएम कार्यालयमा नेपाली प्रशासन समेतको उपस्थितिमा भएको छलफलपछि तावाघाट–लिपुलेक सडक निर्माण गरिरहेको गर्ग एन्ड गर्ग कम्पनीले पीडित परिवारलाई क्षतिपूर्ती वापत १६ लाख रुपैयाँ उपलब्ध गराएको व्यास गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामीले जानकारी दिए ।

पीडित परिवार, भारतीय प्रशासन र नेपाली प्रशासनबीच छलफल भएर कम्पनीले मृतकका बुवालाई १६ लाख क्षतिपूर्ती नगद हस्तान्तरण गरेको अध्यक्ष धामीले बताए ।

कम्पनीले सडक निर्माणका क्रममा जिलेटिन विस्फोट गर्दा खसेको ढुङ्गा लागेर शुक्रबार पवनको मृत्यु भएको भने उनकी दिदी १४ वर्षीय सरिना महरा घाइते छन् ।

आगामी दिनमा जिलेटिन विस्फोट गराउदा दुवै पक्षले पूर्व जानकारी दिनुपर्ने सहमति समेत भएको छ ।

–फाइल तस्बिर