Category: हुलाक समाचार

हुलाक समाचार

  • जनकपुर बोल्ट्स टस जितेर बलिङ गर्दै

    जनकपुर बोल्ट्स टस जितेर बलिङ गर्दै

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बिहीबार) को पहिला खेलमा जनकपुर बोल्ट्स पहिले बलिङ गर्दै छ । टस जितेपछि जनकपुर बोल्ट्सले बलिङ् राजेको हो ।

    आजको पहिलो खेल जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच हुदैँछ । जनकपुरको नेतृत्व अनिल साहले गर्दैछन् भने पोखराको नेतृत्वमा कुशल भुर्तेल छन् ।

    जनकपुरले यसअघि विराटनगर किंग्स र कर्णाली याक्सलाई पराजित गरेको थियो भने पोखरा पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको थियो । दुवै टोली जितको लक्ष्य राख्दै मैदानमा उत्रिएका छन् ।

  • एनपिएलमा विराटनगरको पहिलो जित

    एनपिएलमा विराटनगरको पहिलो जित

    काठमाडौं । लोकेश बमको अर्धशतकमा नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सले पहिलो जित हासिल गरेको छ ।

    बुधवारको दोस्रो खेलमा लुम्बिनीले दिएको १ सय ९२ रनको बलियो लक्ष्य विराटनगरले १९.५ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो।

    विराटनगरका लागि लोकेश बमले सर्वाधिक ७१ रन जोडे । गप्टिलले १७ बलमा ६ चौकाको सहयोगमा २८ रन जोडे ।

    बसिर अहमदले ४० रन, राजेश पुलामीले ४ रन जोडे । प्रतिस जिशी ६ रन, क्रिस सोलले ४ बलमा नट आउट १४ रन बनाए । लुम्बिनीका लागि दुर्गेश गुप्ताले ३ तथा साद विन जाफर र रामोन सिमन्सले समान २ तथा विवेक यादवले १ विकेट लिए ।

    त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ९१ रनको बलियो योगफल तयार गरेको थियो ।

    लुम्बिनीका लागि कप्तान रोहित पोडेलले सर्वाधिक ४६ रन बनाएका थिए ।

  • सेयर बजारमा गिरावट, कारोबार रकम भने बढ्यो

    सेयर बजारमा गिरावट, कारोबार रकम भने बढ्यो

    काठमाडौं । बुधबार, सेयर बजारको परिसूचक नेप्से २४.९७ अंक घटेर २७५० अंकमा कायम भएको छ । यस गिरावटसँगै बजारको कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ८ अर्ब ५२ करोडको कारोबार भएकोमा आज ९ अर्ब १३ करोडको कारोबार भएको छ ।

    १०४ कम्पनीको मूल्य बढ्दा १३२ कम्पनीको मूल्य घटेको छ, जबकि ८ कम्पनीको मूल्य स्थिर रह्यो । अघिल्लो दिन उच्च दरले बढेका व्यापार समूहको मूल्य आज ८.७ प्रतिशत घटेको छ । विशेषगरी, विशाल बजार कम्पनीको मूल्य ९.१७ प्रतिशत घटेपछि व्यापार समूहमा ८.७२ प्रतिशतको गिरावट आएको हो ।अर्काे, बैंकिङ समूहमा ०.३४ प्रतिशत, विकास बैंकमा १.९४ प्रतिशत, फाइनान्समा १.२४ प्रतिशत, होटलमा ०.४० प्रतिशत, जीवन बीमा १.५० प्रतिशत, लगानीमा ०.०२ प्रतिशत, निर्जीवन बीमा ०.३३ प्रतिशत र अन्य समूहमा ०.७४ प्रतिशतको गिरावट आएको छ ।

    यसैबीच, माइक्रोफाइनान्स, उत्पादन र हाइड्रोपावर समूह क्रमशः ०.१२, ०.१४ र ०.५९ प्रतिशतले बढेका छन ।खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर र रिभर फल्स पावरको मूल्य १० प्रतिशत बढेको छ। अन्य उच्च मूल्य वृद्धि गर्ने कम्पनीहरुमा इङ्वा हाइड्रोपावर (९.७ प्रतिशत), स्वाभिमान लघुवित्त (९.४ प्रतिशत), अपरहेवाखोला (८.७ प्रतिशत), माथिल्लो मैलुङखोला जलविद्युत (८.३ प्रतिशत), र सूर्योदय लघुवित्त (७.८ प्रतिशत) रहेका छन् ।विपरीत, सपोर्ट माइक्रोफाइनान्स र लाइफ इन्स्योरेन्स कर्पोरेसनको मूल्य १० प्रतिशत घटेको छ । साथै, विशाल बजार कम्पनीको मूल्य ९.१७ प्रतिशत, नेपाल फाइनान्सको ५.०१ प्रतिशत र सुपरमादी हाइड्रोपावरको ४.५ प्रतिशत मूल्य घटेको छ ।कारोबार रकमको आधारमा जोशी हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर, आँखुखोला जलविद्युत, सानिमा माइ हाइड्रोपावर र रसुवागढी हाइड्रोपावर प्रमुख रूपमा अगाडि रहेका छन् ।

     

  • समय नपुगि कर्मचारीलाई सरुवा गरेको भन्दै सहरी विकास मन्त्रालयको गेट अगाडि धर्ना

    समय नपुगि कर्मचारीलाई सरुवा गरेको भन्दै सहरी विकास मन्त्रालयको गेट अगाडि धर्ना

    काठमाडौं । स्वतन्त्र निजामती कर्मचारी अभियानको केन्द्रीय संयोजक पशुपति पोखरेलले मंसिर १७ गतेदेखि सहरी विकास मन्त्रालयको गेट अगाडि उभिएर धर्ना दिइरहेको छ ।उनले सहरी विकास मन्त्रालयले समय नपुगि कर्मचारीलाई सरुवा गर्ने काम गरेको भन्दै मंसिर १७ गतेदेखि आजसम्म निरन्तर रुपमा दिनको ४ घण्टा धर्ना बस्ने गरेको छ ।

    उनले भने, ‘मंसिर १७ गतेदेखि दिनको ११ बजेदेखि ३ बजेसम्म सहरी विकास मन्त्रालयको गेट अगाडि उभिएर धर्ना दिइरहेको छु । सहरी विकास मन्त्रालयले समय नपुगिकन कर्मचारीलाई सरुवा गर्ने काम गर्छ । डिजि देखि आयोजना प्रमुखहरु फेरेर विकासको काम गर्नुपर्ने ठाँउमा कर्मचारीलाई उथलपुथल तलकाथि पारेर लेनदेनको काम गरेर कर्मचारीको सरुवा गर्ने काम गर्छ ।’निश्चित मापदण्ड बनाएर सरुवा गर्ने काम गर्नुपर्ने भन्दै ऐन नियम विपरित गरिएका, सरुवाहरु बदर गर्नुपर्ने पनि उनको माग रहेको छ ।

    उनले भने, ‘यसलाई निश्चित मापदण्ड बनाएर सहरी विकास मन्त्रालयले यस्ता काम गर्नुपर्छ भनेर यहाँ बसेको छु ।कर्मचारीहरुलाई राम्रो तरिकाले काम गर्न दिनुपर्छ । ऐन नियम विपरित गरिएका, अवधि नपुगि गरेका सरुवाहरु बदर गर्नुपर्छ ।’
    यसको साथै, उनले विकास गर्ने मन्त्रालय विकासको बाटो छोडेर हिनेको भन्दै सुशासनको लागि धर्ना बसेको पनि बताए ।
    उनले भने, ‘सहरी विकास मन्त्रालय भनेको एउटा विकास गर्ने मन्त्रालय हो । विकासको बाटो कोर्नुपर्ने ठाँउमा कर्मचारीको सरुवा तिर लागि रहेको छ । यस कारण सुशासनको लागि म यसरी धर्ना बसेको छु । यो काम पूरा नभएसम्म निरन्तर रुपमा लाग्ने छु ।’

     

  • लुम्बीनी लायन्सले दियो विराटनगर किङ्सलाई १९२ को लक्ष्य

    लुम्बीनी लायन्सले दियो विराटनगर किङ्सलाई १९२ को लक्ष्य

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्स र लुम्बीनी लायन्सबीचको खेलमा विराटनगरले १ सय ९२ रनको लक्ष्य पाएको छ ।

    बुधवारको दोस्रो खेलमा लुम्बिनीले विराटनगरलाई १ सय ९२ रनको बलियो लक्ष्य दिएको हो । टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ९१ रन बनाएको छ ।

    लुम्बिनीका लागि कप्तान रोहित पोडेलले सर्वाधिक ४६ रन बनाए । टोम मुर्सले १७ बलमा ३० रन जोडे । आशुतोष घिरैयाले १३ बलमा १५ रन बनाए। अर्जुन साउद १७ रन, सन्दीप जोराले १२ रविन जाफरले १५ रन जोडे । विवेक यादव ७ बलमा ३ छक्काको सहयोगमा १९ रनमा नट आउट रहे ।

    विराटनगरका इस्मात आलम, कप्तान सन्दीप लामिछाने र राजेश पुलामी मगरले समान १ विकेट लिए ।

  • देशव्यापी खोप अभियान पाठेघरको मुखको क्यान्सरबिरुद्ध लड्ने महत्वपूर्ण उपलब्धि हो : मन्त्री पौडेल

    देशव्यापी खोप अभियान पाठेघरको मुखको क्यान्सरबिरुद्ध लड्ने महत्वपूर्ण उपलब्धि हो : मन्त्री पौडेल

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपाल पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि प्रतिबद्ध रहेको भन्दै यसका लागि देशव्यापी खोप कार्यक्रम कार्यान्वयनको चरणमा रहेको बताएका छन् ।इन्डोनेसियाको बालीमा आयोजित विश्वव्यापी खोप सहकार्य गाभीको बैठकमा सम्बोधन गर्दै मन्त्री पौडेलले पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि नेपालले आगामी फेब्रुअरी महिना(माघ २२ गते) मा दुई सातासम्म किशोरीहरुलाई खोप अभियान सञ्चालन गर्न लागेको जानकारी दिए ।

    ‘यो खोप अभियान नेपालका लागि मात्र होइन सर्भाइकल क्यान्सर अन्त्यको वैश्विक रणनीति मा महत्वपूर्ण उपलब्धि हुनेछ,’ मन्त्री पौडेलले भने ।गाभीसँग सहकार्य गरेर नेपालले खोपलक्षित प्राथमिकता तय गर्नेछ उल्ल्ेख गर्दै मन्त्री पौडेलले नेपालले राष्ट्रिय खोप कार्यक्रममार्फत हेपाटइटिस बी तथा हैजाबिरुद्धसमेत खोप कार्यक्रम ल्याउने योजना बनाएको जानकारी दिए ।
    ‘हामी यसबारे विमर्श गरिरहेका छौं,‘मन्त्री पौडेलले भने, ‘नेपालले यसका लागि चाँडै औपचारिक अनुरोध गर्नेछ ।’नेपालमा खोप कार्यक्रम सञ्चालन गर्न कुल बजेटको कम मात्र अंश स्वास्थ्यका लागि विनियोजन हुनु तथा नयाँ संघीय व्यवस्थामा जनशक्ति अभावजस्ता समस्यासँग जुधिरहनुपरेको मन्त्री पौडेलले बताए ।

    हाम्रो स्वास्थ्य क्षेत्र सुदृढिकरण सहायता क्षमता अभिवृद्धि सहायतामा तपाईंहरुबाट सहयोगको अपेक्षा गरेका छौं, मन्त्री पौडेलले सम्बोधनका क्रममा भने, यस्तो सहयोगले नेपाल र नेपालजस्ता देशहरुका लागि खोपहरुको पहुँच र सुलभता महत्वपूर्ण हुनेछ ।
    ‘कोही पनि पुर्ण खोप अभियानबाट बञ्चित नहुन् भन्नका लागि नेपालले विश्वव्यापी खोप अभियानसँग गर्ने साझेदारी महत्वपूर्ण हुनेछ,’ मन्त्री पौडेलले भने ।नेपालको खोप कार्यक्रमका लागि विश्वव्यापी खोप अलायन्स गाभीले ६५ प्रतिशत सहयोग गर्दे आइरहेको छ ।नेपाल दक्षिण पश्चिम एसिया क्षेत्रमा खोप ऐन ल्याउने पहिलो देश भएको भन्दै मन्त्री पौडेलले राष्ट्रिय खोप कार्यक्रमबाट हरेक वर्ष ५ लाख लाभान्वित हुने गरेको सुनाए ।खोपबाट बचाउन सकिने १३ प्रकारका रोगविरुद्ध नेपालले खोप अभियान सञ्चालन गर्दै आइरहेको छ । मन्त्री पौडेलले नेपालको खोप कार्यक्रमले सबै लिंग, वर्ग तथा भौगोलिक क्षेत्रमा समान काम गरिरहेको भन्दै देश सन् २०१० मा पोलियोमुक्त बनेको तथा रुबेला संक्रमण नियन्त्रण गर्न सफलता पाएको उदाहरण दिए।

  • काठमाडौं गुर्खाजकाे पहिलाे जित, कर्णाली याक्स पराजित

    काठमाडौं गुर्खाजकाे पहिलाे जित, कर्णाली याक्स पराजित

    काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बुधबार त्रिवि क्रिकेट मैदानमा सम्पन्न पहिलो खेलमा काठमाडौं गुर्खाजले कर्णाली याक्सलाई पराजित गरेको छ ।

    कर्णाली याक्सलाई ३ विकेटले पराजित गर्दै काठमाडौँ गुर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित दर्ता गरेको हो ।

    बुधबारको पहिलो खेलमा काठमाडौले पहिलो जित दर्ता गर्दा कर्णालीले भने लगातार दोस्रो हार व्यहोरेको छ । कर्णाली पहिलो खेलमा जनकपुर बोल्टसँग ८ विकेटले पराजित भएको थियो ।

    पहिलो खेलमा चितवन राइनोजसँग ५ विकेटले पराजित भएको काठमाडौले दोस्रो खेलमा आएर पहिलो जित निकालेको हो ।

  • सुनचाँदीको मूल्य बढ्यो

    सुनचाँदीको मूल्य बढ्यो

    काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ सय रूपैयाँले बढेर १ लाख ५० हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

    मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो ।यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।

    चाँदी तोलामा २० रूपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ६५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार आठ सय ४५ रूपैयाँमा कारोबार भएको थियो ।

  • कर्णाली याक्सले काठमाडौं गोर्खाजलाई दियो १ सय ५० रनको लक्ष्य

    कर्णाली याक्सले काठमाडौं गोर्खाजलाई दियो १ सय ५० रनको लक्ष्य

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को आजको पहिलो खेलमा कर्णाली याक्सले काठमाडौं गोर्खाजलाई १ सय ५० रनको लक्ष्य दिएको छ ।

    कर्णाली याक्सले २० ओभरको खेलमा ५ विकेट गुमाएर १ सय ५० रनको लक्ष्य दिएको हो । टस जितेपछि गोर्खाजले बलिङ् राजेपछि कर्णालीले पहिले ब्याटिङ् गरेको हो ।कर्णालीका लागि शिखर धवन एक्लैले ७२ रन जोडेर १५० रनको लक्ष्य कर्णाली याक्सले काठमाडौं गोर्खाजलाई दिएको हो ।

    कर्णालीका कप्तानीमा सोमपाल कामी छन् भने काठमाडौं गोर्खाजका कप्तानमा करण केसी छन् ।कर्णाली र काठमाडौं दुवै यो दोस्रो खेल हो, यो भन्दा अगाडिको खेलमा दुवै टिमले जित हासिल गर्न सकेको थिएन् ।कर्णाली पहिलो खेलमा जनकपुरसँग आठ विकेटले पराजित हुँदा काठमाडौं पहिलो खेलमा चितवनसँग पाँच विकेटले पराजित भएको थियो ।

  • एपिक्टा अवार्ड्स २०२४, ब्रुनेईका लागि सहभागी र निर्णायकहरू ब्रुनेई प्रस्थान

    एपिक्टा अवार्ड्स २०२४, ब्रुनेईका लागि सहभागी र निर्णायकहरू ब्रुनेई प्रस्थान

    नेपालका प्रतिनिधित्व गर्दै एपिक्टा अवार्ड्स २०२४ ब्रुनेईमा भाग लिन नेपाली तिनिधिमण्डल हिजो ब्रुनेई प्रस्थान गरेको छ ।
    डिसेम्बर ४ देखि ७ सम्म आयोजना हुने यो अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा, नामी इभिले प्रायोजन गरेको नास–आईटी अवार्ड्स २०२४ बाट छनोट भएका चार उत्कृष्ट आईसीटी कम्पनीहरू नेपालको प्रतिनिधित्व गर्दैछन । यस एपिक्टा अवार्ड्स २०२४मा, तीन नेपाली निर्णायकहरूले पनि अन्तर्राष्ट्रिय निर्णायक प्यानलमा सहभागी भएर आफ्नो विशेषज्ञता प्रदान गर्नेछन् । यो अवार्ड्स नेपाली आईसीटी क्षेत्रको क्षमतालाई अन्तर्राष्ट्रिय स्तरमा प्रदर्शन गर्ने एक महत्वपूर्ण अवसर हो ।

    एपिक्टा अवार्ड्स
    एपिक्टा अवार्ड्स एशिया–प्यासिफिक क्षेत्रभरिका प्राविधिक उत्कृष्ट र नवाचारलाई सम्मान गर्ने एक विश्वव्यापी मान्यता प्राप्त मञ्च हो। यस वर्ष एपिक्टा अवार्ड्समा नेपालसहित अस्ट्रेलिया, बंगलादेश, ब्रुनेई, चीन, चिनियाँ ताइपेइ, हङकङ, इन्डोनेसिया, जापान, मकाओ, मलेसिया, म्यानमार, पाकिस्तान, सिंगापुर, श्रीलंका, थाईल्यान्ड र भियतनामका विभिन्न कम्पनी बीच प्रतिस्पर्धा हुनेछ ।

    नेपालका तर्फबाट प्रतिनिधित्व गर्ने कम्पनीहरूः
    नेपालको प्राविधिक क्षमता प्रदर्शन गर्न चार कम्पनीहरू सहभागी हुँदैछन्ः
    ● आई.एम.एस पी.ओ.एस म्यानेजमेन्ट (आई.एम.एस सफ्टवेयर प्रा. लि.)
    ○ श्रेणीः फाइनान्स र एकाउन्टिङ सोल्युसन्स (फिनटेक)
    ● इलारा कम्प्लायन्स म्यानेजमेन्ट सिस्टम (त्रिलोक्य टेक्नोलोजी प्रा. लि.)
    ○ श्रेणीः सेकुरिटी सोल्युसन्स
    ● ईकागजपत्र (ईकागजपत्र प्रा. लि.)
    ○ श्रेणीः प्रफेशनल सर्भिसेज सोल्युसन्स
    ● एल.एम.सी एलर्ट (अलपास टेक्नोलोजी प्रा. लि.)
    ○ श्रेणीः गभर्मेन्ट, सिटिजन सर्भिसेस र डिजिटल गभर्मेन्ट

    नेपालका तर्फबाट प्रतिनिधित्व गर्ने निर्णायकहरूः
    नेपालका तीनजना निर्णायकहरूले एपिक्टा अवार्ड्सको निर्णायक प्यानलमा आफ्नो विशेषज्ञता प्रदान गर्नेछन्ः
    ● अनिल कुमार दत्त, सहसचिव, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय
    ● रिचन श्रेष्ठ, संस्थापक अध्यक्ष, नास–आईटी ७ प्रमुख कार्यकारी अधिकृत, क्विकफक्स टेक्नोलोजी
    ● दिपेन चापागाईं, महासचिव, नास–आईटी ७ नेपाल अफिस निर्देशक, लगप्वाइन्ट

    नेपालका अतिरिक्त प्रतिनिधिहरूः
    निर्णायक र कम्पनीहरूको अतिरिक्त, नेपालका दुई प्रतिनिधिहरू पनि उपस्थित रहनेछन्ः
    ● नारायण कोईराला, एपिक्टा कार्यकारी समितिका सदस्य र प्रबन्ध निर्देशक, ईमिनेंस वेज प्रा. लि.
    ● अनिष श्रेष्ठ, एपिक्टा अवार्ड्सका अर्थव्यवस्था समन्वयक र प्रमुख कार्यकारी अधिकृत, येलो नेपाल प्रा. लि.
    नास–आईटीले हिजो विमानस्थलमा सहभागी कम्पनीहरू र निर्णायकहरूलाई बिदाइ गर्दै शुभकामना व्यक्त गयो।एपिक्टा अवार्ड्समा प्रतिनिधित्व यो महत्वपूर्ण क्षणले नेपालका आईटी सेक्टरको प्राविधिकहरूको समर्पण र विशेषज्ञता साथै नेपाललाई विश्वव्यापी आईटी हबको रूपमा स्थापित गर्ने नेपाल सरकारको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ ।