• २०८३ असार १४
  • 2026 June 28, Sunday

कर्णाली याक्सले काठमाडौं गोर्खाजलाई दियो १ सय ५० रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को आजको पहिलो खेलमा कर्णाली याक्सले काठमाडौं गोर्खाजलाई १ सय ५० रनको लक्ष्य दिएको छ ।

कर्णाली याक्सले २० ओभरको खेलमा ५ विकेट गुमाएर १ सय ५० रनको लक्ष्य दिएको हो । टस जितेपछि गोर्खाजले बलिङ् राजेपछि कर्णालीले पहिले ब्याटिङ् गरेको हो ।कर्णालीका लागि शिखर धवन एक्लैले ७२ रन जोडेर १५० रनको लक्ष्य कर्णाली याक्सले काठमाडौं गोर्खाजलाई दिएको हो ।

कर्णालीका कप्तानीमा सोमपाल कामी छन् भने काठमाडौं गोर्खाजका कप्तानमा करण केसी छन् ।कर्णाली र काठमाडौं दुवै यो दोस्रो खेल हो, यो भन्दा अगाडिको खेलमा दुवै टिमले जित हासिल गर्न सकेको थिएन् ।कर्णाली पहिलो खेलमा जनकपुरसँग आठ विकेटले पराजित हुँदा काठमाडौं पहिलो खेलमा चितवनसँग पाँच विकेटले पराजित भएको थियो ।