Category: हुलाक समाचार

हुलाक समाचार

  • नेप्से परिसूचक बढ्यो

    नेप्से परिसूचक बढ्यो

    काठमाडौं । साताको दोस्रो कारोबार दिन, नेप्से परिसूचक १९.९७ अंकले बढेर २७५८.०४ विन्दुमा पुगेको छ । अघिल्ला दुई दिन परिसूचक घटेपछि आज वृद्धि भएको हो ।

    सोमबार, सेन्सेटिभ इण्डेक्स १.५० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.३२ अंकले बढेको छ । यस दिन ३१४ स्टकको १ लाख ३ हजार ४८१ पटकको कारोबार १० अर्ब ५४ करोड १७ लाख ४६ हजार रुपैयाँको भएको छ । २ करोड ३० लाख ११ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

    तारागाउँ रिजेन्सी होटल, विशाल बजार, खानीखोला हाइड्रोपावर र जोशी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।अप्पर साङ्गे हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले बढ्यो, भने नेपाल फाइनान्सको शेयरमूल्य ८.७२ प्रतिशत घट्यो । नेपाल फाइनान्सको ५९ करोड ४७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ, जुन आजको उच्चतम कारोबार हो ।१३ उपसमूहमध्ये ९ उपसमूहमाको परिसूचक बढ्यो । व्यापार उपसमूहमाको परिसूचक ९.७० प्रतिशतले बढेको छ ।

  • सरकारको ध्यान आर्थिक विकासमा केन्द्रित छ : अर्थमन्त्री पौडेल

    सरकारको ध्यान आर्थिक विकासमा केन्द्रित छ : अर्थमन्त्री पौडेल

    काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार नेपालको आर्थिक विकासमा केन्द्रित भएको बताएका छन् ।अर्थ मन्त्रालयमा आयोजित विकास साझेदारहरूसँगको बैठकमा अर्थमन्त्री पौडेलले दुई ठूला राजनीतिक दल मिलेर सरकार बनेपछि मुलुकमा राजनीतिक र नीतिगत स्थायित्व कायम हुँदै गएकाले अब सरकारको ध्यान आर्थिक विकासमा केन्द्रित भएको बताएका हुन् ।

    अर्थमन्त्री पौडेलले विकास साझेदारहरूको निरन्तर सहयोग र साझेदारीमा आर्थिक विकासलाई अघि बढाउने जानकारी गराए ।क्रेडिट रेटिङको नतिजाले लगानीका लागि नेपाल अनुकूल अवस्थामा रहेको देखाएको उल्लेख गर्दै अर्थमन्त्रीले यसले निजी क्षेत्र र लगानीकर्ताको मनोबल बढाउनुका साथै बाह्य लगानी वृद्धि हुने विश्वास व्यक्त गरे ।‘सरकार गठन भएसँगै मुलुकका प्रमुख आर्थिक सूचकमा सुधार हुँदै गएको छ । मुलुकको बाह्य क्षेत्र सन्तुलन र वित्तीय क्षेत्रको अवस्था अनुकूल अवस्थामा छ । चालु वर्षमा आर्थिक वृद्धिमा निरन्तर सुधार हुने अनुमान गरिएको छ जुन यहाँहरूले गर्नुभएका कतिपय प्रक्षेपणले पनि उल्लेख गरेको छ’ विकास साझेदारलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले भने ।सरकारले पूर्वाधार विकास, मानव संशाधन विकास र निजी क्षेत्रका लागि लगानीको राम्रो वातावरण सिर्जना गर्न जोड दिएको बताउँदै अर्थमन्त्री पौडेलले भने, ‘चालू खाताको सन्तुलन, विद्युत निर्यातमा उत्साहजनक वृद्धि, विप्रेषणमा वृद्धि र पर्यटकहरूको बढ्दो आगमन सङ्ख्या लगायतका कारण मुलुकको अर्थतन्त्र सुदृढीकरणमा योगदान पुग्दै गएको छ ।

    तथापी, हाम्रो निर्यातलाई विविधीकरण गर्दै विस्तार गर्न आवश्यक छ, जसले दीर्घकालमा समेत बाह्य क्षेत्र सुदृढ बनाउन सकियोस् । पछिल्ला वर्षहरूमा पुँजीगत खर्च कम भएका कारण हाम्रो सार्वजनिक लगानीमा अपेक्षित सुधार हुन सकेको छैन् । यसका लागि आयोजनाको गुणस्तर सुधारमा हामीले प्राथमिकताका साथ काम गरिरहेका छौँ ।’सार्वजनिक ऋणको भारबाट तत्काल अत्तालिनु पर्ने अवस्था नरहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले लामो समयसम्म दिगो बनाईराख्न ऋण परिचालनलाई पुनः प्राथमिकीकरण गर्नुपर्ने आवश्यकता महसुस गरेको बताए ।
    नयाँ विकास सहायता परिचालन नीतिको मस्यौदा र सार्वजनिक क्षेत्रमा नवीन वित्त परिचालन सम्बन्धी नयाँ कानून बनाउने प्रकृया अघि बढेको जानकारी दिँदै अर्थमन्त्री पौडेलले रचनात्मक सुझाव दिन विकास साझेदारहरूलाई अनुरोध गरे ।सार्वजनिक वित्त व्यवस्थापन प्रणाली सुधारमा पनि सरकारले जोड दिएको उल्लेख गर्दै अर्थमन्त्रीले सार्वजनिक लगानीमा र हरित अर्थव्यवस्था निर्माणमा लचिलो र एकीकृत दृष्टिकोण निर्माण गर्दै जलवायु न्यूनीकरण र अनुकूलन पहलहरूमा विकास साझेदारहरूसँग सहकार्य गर्न सरकार उत्सुक भएको जानकारी गराए ।

    ‘सार्वजनिक वित्त सन्तुलनमा केही दबाब सामना गरिरहेका छौँ। हाम्रा केही प्रतिबद्ध खर्च बढ्दै गएका कारण पूर्वाधारमा हाम्रो लगानी संकुचित भइरहेको छ । खासगरी सामाजिक सुरक्षा कार्यक्रमहरू प्रति हाम्रो प्रतिबद्धता र बढ्दो ऋण सेवा लागतका कारण पुँजीगत खर्चको अनुपात कम भएको छ’, नेपालको अर्थव्यवस्था चुनौती मुक्त नभएको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले भने, ‘प्रदेश र स्थानीय तहमा स्रोत परिचालनको ठूलो माग रहेकोले सोको व्यवस्थापन गर्नु पर्नेछ। पहिले नै कार्यान्वयनमा गइसकेका रणनीतिक आयोजनाहरूमा स्रोतहरू विनियोजन गर्नै पर्ने हुन्छ ।’राजस्व परिचालनलाई दिगो बनाउन नयाँ राजस्व परिचालन रणनीति लागू गर्न प्रतिबद्ध भएको बताउँदै अर्थमन्त्री पौडेलले विकासका सबै प्रयासका लागि वित्तीय श्रोत जुटाउन आन्तरिक प्रयासहरू पर्याप्त नभएको उल्लेख गरे ।विकास सहायता नेपालको वित्त व्यवस्थापनको एक महत्त्वपूर्ण आधारशीला भएको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले अझ प्रभावकारी र दिगो परिणाम हासिल हुने गरी साझा प्रयासहरूलाई अगाडि बढाउन विकास साझेदाहरूलाई आग्रह गरे ।कार्यक्रममा विकास साझेदारका प्रतिनिधिहरूले नेपालको आर्थिक विकासमा थप सहयोग गर्न आफूहरू तयार रहेको बताउँदै उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन गरेकोमा सरकारलाई धन्यवाद दिएका थिए । उनीहरूले क्रेटिड रेटिङको नतिजाले नेपालमा बाह्य लगानीलाई थप आकर्षण गरेको बताएका थिए ।

  • १४ रन बनाएर आउट भए शिखर धवन

    १४ रन बनाएर आउट भए शिखर धवन

    काठमाडौं । कर्णली याक्सका ओपनर शिखर धवन १४ बलमा १४ रन बनाएर आउट भएका छन् ।

    जनकपुर बोल्टसँगको खेलमा कर्णाली याक्सका शिखर धवन १४ रनमै आउट भएका हुन् । उनी पाँचौं बलको दोस्रो बलमा हर्ष थाकरको बलिङमा बोल्ड आउट भएका हुन् ।

    यसअघि ओपनर देव खनाल ५ बलमा १ रन बनाएर आउट भएका थिए । उनको विकेट ललित राजवंशीले लिए ।

  • जनकपुर बोल्ट्सविरूद्ध टस जितेर कर्णाली याक्सले रोज्याे ब्याटिङ

    जनकपुर बोल्ट्सविरूद्ध टस जितेर कर्णाली याक्सले रोज्याे ब्याटिङ

    काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जनकपुर बोल्ट्सविरूद्धको खेलमा कर्णाली याक्सले टस जितेको छ । टस जितेको कर्णालीले ब्याटिङ रोजेको छ।

    खेलमा भारतका शिवर धवन र न्युजिल्यान्डका जिमी निशमको खेल हेर्न पाइनेछ । दुवै खेलाडी एनपिएलमा आबद्ध चर्चित खेलाडी मध्येमा पर्छन् ।

    ३८ वर्षीय धवनले भारतका लागि टेस्ट, एकदिवसीय र टी-२० तीनै फर्म्याटका खेल खेलेका छन् । उनले टेस्टमा ७ शतक प्रहार गर्दा एकदिवसीय खेलमा १७ शतक प्रहार गरेका छन् ।

    न्युजिल्यान्डका अलराउन्डर जिमी निशम भने जनकपुर बोल्ट्समा आबद्ध छन् । उनी एनपिएलका लागि आइतबार दिउँसो नेपाल आइपुगेका थिए । जनकपुरका लागि पहिलो खेल भने उनले गुमाएका थिए ।

  • ‘डिजिटल राइट्स फेस्टिवल’को दोस्रो दिन : ई–गभर्नेन्स र इको सिस्टमबारे बहस

    ‘डिजिटल राइट्स फेस्टिवल’को दोस्रो दिन : ई–गभर्नेन्स र इको सिस्टमबारे बहस

    काठमाडौं । काठमाडौँमा जारी ‘डिजिटल राइट्स फेस्टिवल’ अन्तर्गत सोमबार इन्टरनेट गभर्नेन्स र ईको सिस्टमबारेको छलफलबाट सुरु भएको छ।डिजिटल माध्यमका बहुआयामिक पक्षबारे छलफल गर्न आइतबारदेखि बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा फेस्टिवल सुरु भएको थियो।

    डिजिटल फ्रिडम कोलिसनको आयोजना र इन्टरनेट गभर्नेन्स इन्स्टिच्युटको संयोजनमा भएको फेस्टिवल अन्तर्गत आज सोमबार ईन्टरनेट गभर्नेन्स अन्तर्गत इन्टरनेटको इको सिस्टमबारे चर्चा भइरहेको छ। इन्टरनेटको नियमन, नेपालको अवधारणा र विश्व परिवेशका सन्दर्भमा डिजिटल राइट्स फेस्टिवलम अवधारणाहरु आइरहेका छन। कार्यक्रममा इन्टरनेट गभर्नेन्सको नियमन तथा नेपालको अवधारणाबारे युथ आईजीएफ नेपालका अध्यक्ष आनन्द गौतमले धारणा राखेका छन।

    उनले इन्टरनेटलाई कसरी सुरक्षित गर्ने, कसको मातहतमा रहने, प्रयोगको पहुँच, नियमन, लगायतका विषयलाई ईन्टरनेट गभर्नेन्समा हेरिनु पर्ने बताए।कार्यक्रममा इन्टरनेट सोसाइटी नेपालका अध्यक्ष आशिर्वाद त्रीपाठीले इन्टरनेटको विश्वमा भैरहेको प्रयोग र नेपालको अवस्थाका बारेमा धारणा राखेका छन।कार्यक्रममा इन्टरनेटको पहुँच नहुनेहरुको हकमा कसरी विस्तार गर्ने, डाटाको तथ्यांकलाई कसरी सुरक्षित राख्ने, प्रयोग कर्ताले कसरी आफ्नो डेटालाई सुरक्षित राख्ने लगायतमा विषयमा कार्यक्रममा बहस जारी छ।

    फेस्टिभल अन्तर्गत सामाजिक सञ्जाल सम्बन्धी प्रस्तावित कानुनी व्यवस्था, अन्तर्राष्ट्रिय अभ्यास, नेपालको चुनौतीहरू, एआइको अवसर र सम्भावना, इन्टरनेट माध्यममा महिला, बालबालिका र अपाङ्गता भएका ब्यक्ति लगायत विभिन्न समुदायकाको अधिकारका विषयमा छुट्टाछुट्टै छलफल हुनेछ।फेस्टिवलका लागि देशभरबाट सहभागीहरू छनोट गरिएको छ भने झन्डै ४० जना विषय विज्ञहरुलाई वक्ताका रुपमा आमन्त्रण गरिएको अध्यक्ष बाबुराम अर्यालले जानकारी दिए। कार्यक्रमका लागि विदेशबाट समेत वक्ताहरु सहभागी भएका छन् ।

  • १२ सयले घट्यो सुनको मूल्य

    १२ सयले घट्यो सुनको मूल्य

    काठमाडौं । आज सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १२ सयले घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला १ लाख ५० हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज १२ सयले घटेर प्रतितोला एक लाख ४९ हजार तीन सय कायम भएको छ ।

    नेपाली बजारमा आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला २५ रुपैयाँले घटेर एक हजार आठ सय १५ मा कारोबार भईरहेको छ ।

     

  • गाजापट्टीमा मृत्यु हुने प्यालेस्टाइनीको संख्या ४४ हजार नाघ्यो

    गाजापट्टीमा मृत्यु हुने प्यालेस्टाइनीको संख्या ४४ हजार नाघ्यो

    काठमाडौ । इजरायली सैन्य कारबाहीबाट गाजापट्टीमा मृत्यु हुने प्यालेस्टाइनीको संख्या ४४ हजार नाघेको छ । गाजा स्थित स्वास्थ्य अधिकारीहरूले शनिबार जारी गरेको विज्ञप्तिमा ४४ हजार ३८२ प्यालेस्टाइनीको मृत्यु भएको उल्लेख छ ।

    विगत २४ घण्टामा इजरायली सैनिक कारबाहीमा गाजामा १९ जनाको मृत्यु हुनुका साथै अन्य ७२ जना घाइते भएको विज्ञप्तिमा भनिएको छ । जसमा घाइतेको कुल संख्या १०५,१४२ पुगेको छ ।इजरायली सेनाले शुक्रबार रातीदेखि शनिबारसम्म गाजा पट्टीका धेरै ठाउँमा आक्रमण गर्दा कम्तीमा ३२ प्यालेस्टाइनीको मृत्यु भएको सीसीटीभीप्लसले उल्लेख गरेको छ ।

    त्यस्तै प्यालेस्टाइनको आधिकारिक समाचार एजेन्सी वाफाले शनिबार दक्षिणी गाजाको खान युनिसमा भएको आक्रमणमा फूड परोपकारी संस्था वर्ल्ड सेन्ट्रल किचेनका तीन कर्मचारीको मृत्यु भएको जनाएको छ ।गाजामा सामुदायिक भान्सा सञ्चालन गर्ने परोपकारी संस्थाले आक्रमणपछि गाजामा आफ्नो सञ्चालन रोकेको छ ।यता, इजरायली हमलाका कारण संचारकर्मीहरुमा ठूलो असर पुगेको छ । उक्त द्वन्द्वमा मारिएका पत्रकार र मिडियाकर्मीहरूको कुल संख्या १९१ पुगेको छ।(सीसीटीभीप्ल)

  • एनपीएलमा आज दुई खेल हुँदै : भारतका चर्चित खेलाडी धवन कर्णाली याक्सबाट खेल्दै

    एनपीएलमा आज दुई खेल हुँदै : भारतका चर्चित खेलाडी धवन कर्णाली याक्सबाट खेल्दै

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदैछन् ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने आजको पहिलो खेलमा काठमाडौं गुर्खाज र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ । खेल बिहान ९ बजेदेखि सुरु हुनेछ ।यस्तै, दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा

    जनकपुरको यो दोस्रो खेल हो । जनकपुरले यसअघि उद्घाटन खेलमा विराटनगर किंग्स्विरुद्ध आठ विकेटको जित निकालेको थियो । यी दुई टीमबीचको खेल दिउँसो १ः१५ बजे शुरू हुनेछ ।आजको मुख्य आकर्षणमा कर्णाली याक्सबाट भारतका चर्चित खेलाडी शिखर धवन रहने छन् ।

  • बंगलादेशसँग ५ विकेटले पराजित भएसँगै नेपाल एसिया कपबाट बाहिरियो

    बंगलादेशसँग ५ विकेटले पराजित भएसँगै नेपाल एसिया कपबाट बाहिरियो

    काठमाडौं । युएईमा जारी यु–१९ एसिया कपमा आज भएको खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको छ ।
    लगातार २ खेलमा पराजित भएको नेपाल एसिया कपबाट बाहिरिएको हो ।

    आइतबार भएको खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भयो । नेपालले दिएको १ सय ४२ रनको लक्ष्य बंगलादेशले २८.४ ओभरमा ५ विकेट गुमाएर भेटायो ।

    बंगलादेशका लागि ओपनर जबार अबाररले ५९ रन बनाए । कप्तान मोहम्मद हाकिम तमिमले ७१ बलमा २ ५२ तथा मोहम्मद फरिदले ३१ बलमा १३ रन जोडे । नेपालका लागि युवराज खत्रीले ४ तथा कप्तान हेमन्तले १ विकेट लिए ।

    टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४५.४ ओभरमा १ सय ४१ रन बनाउँदै अल आउट भएको थियो ।

    नेपालका लागि ओपनर आकाश त्रिपाठीले ७७ बलमा सर्वाधिक ४३ बनाए । उत्तम थापा र अभिषेक तिवारीले समान २९ रन जोडे ।

    बंगलादेशका लागि मोहम्मद अल फहदा, मोहम्मद इकवाल र मोहम्मद होसैनले समान २ विकेट लिए ।

     

  • ओलम्पिक कमिटीलाई सदस्यता प्रदान गर्न खेल संघहरुको माग

    ओलम्पिक कमिटीलाई सदस्यता प्रदान गर्न खेल संघहरुको माग

    काठमाडौं । विभिन्न खेल संघहरुले नेपालको कानुन अनुसार र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको चार्टर अनुसार नेपाल ओलम्पिक कमिटीको सदस्य बन्न योग्य भएपनि नेपाल ओलम्पिक कमिटीले सदस्यता नदिएको बताएको छ ।

    आइतबार पत्रकार सम्मेलन गर्दैै नेपाल घोडचढी संघ, नेपाल स्केटिङ्ग तथा स्केटबोर्डिङ्ग संघ, नेपाल बेसबल तथा सफ्टबल संघ, नेपाल क्लाइबिङ स्पोर्ट्स संघ, नेपाल रग्वी संघ र नेपाल आईस हक्की संघले नेपाल ओलम्पिक कमिटीले सदस्यता नदिएको जनाएको हो ।उनीहरुले खेलकुद विकास ऐन २०७७ को धारा १८ को परिच्छेद ८ बमोजिम नेपाल ओलम्पिक कमिटीको सदस्य बन्न योग्य रहेको जिकीर गरेका छन् ।अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको चार्टरको धारा २८ को उपधारा १ र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीबाट स्वीकृत नेपाल ओलम्पिक कमिटीको विधान – २०७६ को धारा १० को उपधारा २ बमोजिम पनि सदस्य बन्न योग्य रहे पनि नेपाल ओलम्पिक कमिटीले सदस्यता नदिएको आरोप लगाएका छन् ।

    यसरी आवेदन दिंदा पनि आफूहरुले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको वडापत्र, राष्ट्रिय ओलम्पीक कमिटीको विधान अनुरुपका वार्षिक रुपमा खेल खेलिनुपर्ने खेल तथा अन्तर्राष्ट्रिय महासंघको आवद्धतासहित पेश गरेको भएपनि अहिलेसम्म सदस्यता पनि नदिएको बताए ।साथै नेपाल रग्बि संघ, नेपाल घोडचढी संघ, नेपाल स्केटिङ तथा स्केडबोर्डिङ संघ र नेपाल बेसबल तथा सफ्टबल संघले संयुक्त रुपमा उच्च अदालत पाटनमा २०८० कार्तिक ४ गते सदस्यता पाउन परमादेश माग गर्दै मुद्दामा समेत गएको जनाएको छ ।उनीहरुले नेपाली खेलकुदमा भइरहेको बेथिति र अन्यायविरुद्ध एकताबद्ध रहि नेपालको कानुन र अन्तर्राष्ट्रिय ओलम्पिकको चार्टरको अधिनमा रहि नेपालको ओलम्पिक मुभमेन्टलाई थप मजबुत र व्यवस्थित बनाउन प्रतिबद्धता समेत जाहेर गरेको छ ।