Category: अर्थ

अर्थ

  • ६ महिनामा नेपाल भित्रियो ७ खर्ब ३३ अर्ब रेमिट्यान्स

    ६ महिनामा नेपाल भित्रियो ७ खर्ब ३३ अर्ब रेमिट्यान्स

    काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कुल ७ खर्ब ३३ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । पुस महिनामा मात्रै नेपालमा करिब १ खर्ब २० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ ।

    विवरणमा पुस महिनामा १ खर्ब १९ अर्ब ९७ करोड रुपैयाँ बराबरको रेमिट्यान्स छ ।

    नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको ६ महिनाको वित्तीय भित्रिएको उल्लेख छ ।

    साउनदेखि पुस मसान्तसम्मको ६ महिनाको अवधिमा कुल ७ खर्ब ३३ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

    चालु आर्थिक वर्षको पहिलो ६ महिनामा भित्रिएको यो रेमिट्यान्स रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.३ प्रतिशतले बढी हो ।

    चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कुल ५ अर्ब ५२ करोड अमेरिकी डलर रेमिट्यान्स भित्रिएको छ । अमेरिकी डलरमा सोही अवधिमा २२.६ प्रतिशतले रेमिट्यान्स वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।

    यो आ.व.को ६ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ७ हजार ९७० पुगेका छन् । साथै पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ३५ हजार ४३५ जना रहेका छन् ।

    अघिल्लो वर्षको सोही अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति र पुनः श्रम स्वीकृति लिनेको नेपालिको संख्या क्रमशः २ लाख ७५ हजार ६४३ र १ लाख ४२ हजार ५४८ रहेको थियो ।

     

  • कारोबारको तेस्रो दिन लगातार घट्यो सुनचाँदीको मूल्य

    कारोबारको तेस्रो दिन लगातार घट्यो सुनचाँदीको मूल्य

    काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ लाख १८ हजार रुपैयाँमा कारोबार भईरहेको छ भने तेजाबी सुन १ लाख १७ हजार ४ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

    हिजो सोमबार छापावाल सुन १ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन १ लाख १७ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

    महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी तोलामा १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

     

  • सेयर बजार सुधार, कारोबार रकम भने अढाइ अर्ब पनि पुगेन

    सेयर बजार सुधार, कारोबार रकम भने अढाइ अर्ब पनि पुगेन

    काठमाडौं । तीन दिनपछि सेयर बजार कारोबारमा सोमबार सुधार आएको छ । नेप्से १४.५७ अंकले बढेर परिसूचक २०७६.२७ पुगेको छ ।

    २ सय ४७ कम्पनीमध्ये १ सय ४८ का सेयर मूल्य बढ्दा लगानीकर्ताले कमाएका छन् । ८६ वटाको कम्पनीको भने घटेको छ । १३ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

    सोमबार कमाउनेमा नेपाल टेलिकमका लगानीकर्ता रहे । सेयर मूल्य सर्किट लागेर बढ्दै प्रति कित्ता ९ सय ५१ रुपैयाँ ५० पैसामा कारोबार भएको छ । यस्तै पिपुल्स पावरको पनि सेयरमा सर्किट लागेको छ । उक्त कम्पनीको सेयर बढेर प्रति कित्ता ३ सय ६३ रुपैयाँमा किनबेच भएको छ । समाज लघुवित्त र जोशी हाइड्रोपावरको सेयरमा पनि बढेर सर्किट लागेको छ ।

    सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा लगातार हिमालयन रिइन्स्योरेन्स नै छ । उक्त कम्पनीको १८ करोड ५९ लाखको सेयर कारोबार भएको छ । १५ करोड ४६ लाखको कारोबार भएको ज्ञादी ग्रुप अफ पावर दोस्रो र ८ करोड २३ लाखको कारोबार भएको हाथवे इन्भेस्टमेन्ट तेस्रो स्थानमा रह्यो ।

    सोमबार ७४ लाख ९१ हजार ३ सय ३ कित्ता सेयर किनबेच भएको छ । ५६ हजार ७ सय ७५ कारोबारमा रकम २ अर्ब ४३ करोड ८० लाख ५८ हजार २ सय ५४ रुपैयाँ रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

  • डेढ सातापछि सेयर बजारमा सुधार, १० अंकले बढ्यो नेप्से

    डेढ सातापछि सेयर बजारमा सुधार, १० अंकले बढ्यो नेप्से

    काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा डेढ सातापछि सुधार आएको छ । साताको पहिलो दिन आइतबार कारोबार बढेको छ ।

    नेप्से आज १०.३७ अंकले बढेर २०९४.४६ विन्दुमा कायम भएको छ । १ सय ७३ कम्पनीको सेयर मूल्य बढेको छ भने ७० कम्पनीको घटेको छ । चार कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

    बैंकिङ, होटल, उत्पादन र म्युचल फन्ड समूहबाहेक अरू सबै समूहको सेयर सामान्य बढेको छ । मध्य सोलु, माथिल्लो मैलुङखोला जलविद्युत् र साम्लिङ पावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

    समग्रमा बजार बढेको दिन आज सबैभन्दा धेरै चन्द्रागिरि हिल्सको सेयर झन्डै नौ प्रतिशतले घटेको छ ।

    आज एक करोड ७ लाख कित्ता सेयर तीन अर्ब ८३ करोड ३७ लाख रुपैयाँमा कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

    कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स, ज्ञादी ग्रुप अफ पावर, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, अरुण भ्याली हाइड्रोपावर र हाथवे इन्भेस्टमेन्ट कम्पनीको सेयर कारोबारमा अगाडि रहे । हिमालय रिको ३३ करोड ५३ लाख, ज्ञादीको २३ करोड ५३ लाख र रिलायबलको १७ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

  • बचत तथा ऋण सहकारी संघ बागलुङको अध्यक्षमा चण्डिप्रसाद शर्मा पौडेल सर्वसम्मत चयन

    बचत तथा ऋण सहकारी संघ बागलुङको अध्यक्षमा चण्डिप्रसाद शर्मा पौडेल सर्वसम्मत चयन

    काठमाडौं । बचत तथा ऋण सहकारी संघ लिमिटेड बागलुङको अध्यक्षमा पुन : चण्डिप्रसाद शर्मा पौडेल निर्वाचित भएका छन् ।

    बचत तथा ऋण सहकारी संस्थाको छाता संघ बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको १२ औ बार्षिक साधारण सभामा पौडेललाई सर्वसम्मत अध्यक्ष बनाइएको हो । आगामि ४ वर्षका लागि चण्डिप्रसाद शर्मा पौडेलको नेतृत्वमा नयाँ सञ्चालक समिति सर्वसम्मतीले चयन भएको छ ।
    शनिवार बागलुङ बजारमा सम्पन्न साधारण सभाबाट पुन : शर्माकै अध्यक्षतामा १३ सदस्यीय सञ्चालक समिति र ऋषीराम गौतमको संयोजकत्वमा ३ सदस्यीय लेखा तथा सुपरीवेक्षण समिति चयन भएको छ ।

    सञ्चालक समितिको उपाध्यक्षमा गणेशवहादुर खत्री, सचिवमा अर्जुनप्रसाद कँडेल, सह–सचिवमा उत्तम वहादुर महत, कोषाध्यक्षमा लिलादेखि खड्का के.सी, सदस्यहरुमा चिनी थापा काला, लक्ष्मी शर्मा, सरिता किसान, थमप्रसाद शर्मा, होमनाथ अर्याल, तेजबहादुर कुँवर, हरिवहादुर भण्डारी र मुकुन्दप्रसाद शर्मा तथा लेखा तथा सुपरीवेक्षण समितिको सदस्यमा शिवप्रसाद आचार्य र चन्द्र विश्वकर्मा चयन भएका छन् । त्यस्तै साधारण सभाबाट सल्लाहाकारको रुपमा धुर्वप्रसाद शर्मालाई चयन गरिएको हो ।

    बागलुङ जिल्लाका बचत तथा ऋण सहकारी संघ लि. हरुको छाता संघको रुपमा रहेको संघको साधारण सभामा सचिव ऋषीराम गौतमद्वारा प्रस्तुत आर्थिक वर्ष २०७९।०८० को प्रगती प्रतिवेदन र २०८०।०८१ को प्रस्तावित नीति तथा कार्यक्रम, कोषाध्यक्ष लिलादेवी खड्का के.सी.द्वारा प्रस्तुत आर्थिक वर्ष २०७९।०८० को आर्थिक प्रतिवेदन र आर्थिक वर्ष २०८०।०८१ को प्रस्तावित आय व्यय विवरण तथा लेखा सुपरीवेक्षण समितिका संयोजक महेन्द्रसिंह रायमाझिद्वारा प्रस्तुत लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन सर्वसम्मतीले पारित भएको छ ।

    साधारण सभा संघका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलको अध्यक्षता, बागलुङ नगरपालिका –१२ का वडा अध्यक्ष कोपिलामणी शर्माको प्रमुख आतिथ्यता, उपाध्यक्ष गणेशवहादुर खत्रीको स्वागत र सचिव ऋषीराम गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।

    कार्यक्रममा काठेखोला गाउँपालीका वडा नं. १ का अध्यक्ष खड्कवहादुर थापा र नवनियुक्त सल्लाहाकार धुर्व प्रसाद शर्माले नयाँ समितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

     

     

  • नेपालमा लगानी गर्न विश्वका प्रतिष्ठित व्यवसायी इच्छुक छन्  : अर्थमन्त्री महत

    नेपालमा लगानी गर्न विश्वका प्रतिष्ठित व्यवसायी इच्छुक छन्  : अर्थमन्त्री महत

    काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी बैशाखमा हुने लगानी सम्मेलनबाट नेपालका उद्योगी व्यवसायी र लगानीकर्ताले पर्याप्त फाइदा उठाउन सक्नुपर्ने जानकारी बताए ।
    उनले नेपाली युनिक उत्पादन, सेवा र वस्तुको यथेष्ट मार्केटिङ हुन नसकेको भन्दै सबै मिलेर नेपाली उत्पादनको मार्केटिङ र ब्राण्डिङ गर्नुपर्नेमा जोड दिए। ‘युनिकनेस(फरकपन) अहिले संसारभरी चलेको ट्रेन्ड हो । युनिकनेसबाट धेरै देश हामीभन्दा धेरै अगाडि छन् । नेपालमा युनिक उत्पादन गरेर संसारभरी मार्केटिङ गर्न सकिन्छ । उपभोक्ताले जहिले पनि अरुभन्दा फरक रुचाउँछन् । नेपालको एडभान्टेज भनेको युनिकनेस हो’,महतले भने ।

    शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री महतले आर्थिक गतिविधि विस्तारै बढिरहेको, सेयर बजार उकालो लागेको जस्ता उदाहरण दिँदै अर्थतन्त्र सकारात्मक दिशामा अगाडि बढेकोले त्यसको सकारात्कम प्रचार हुनुपर्नेमा जोड दिए ।

    उनले भने, ‘पोजेटिभ न्यारेटिभ सँगसँगै हाम्रो विजनेस र उपभोक्ताको कफिडेन्स बढ्छ । यो सँगै उपभोक्तको कन्फिडेन्स बढेपछि तिनीहरुले वस्तुको उपभोग गर्न थाल्दछन् । त्यसले लगानी बढाउँछ । त्यसले आर्थिक गतिविधि बढाउँछ ।’उनले आर्थिक क्षेत्रमा गतिविधि बढाउन आत्मविश्वासको कमि भएको भन्दै सकारात्मक वातावरण निर्माणको लागि आत्मविश्वास बढाएर सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने जानकारी गराए ।

    उनले नेपालीहरु उद्यमशीलतामा निकै सक्षम रहेको र विदेशमा रहेर उद्यमशीलता विकास गर्न सक्नेले नेपालमा पनि राम्रो गर्ने विश्वासका साथ भने, ‘जहाँजहाँ पनि नेपालीहरु पुगेका छन् उनीहरुले धेरै राम्रो गरेका छन् । उनीहरुले नेपालमा गर्न नसक्ने भन्ने केहीपनि छैन,’ उनले थपे ‘यो उपयुक्त समय हो कि हामीले एउटा सकारात्मक दृष्टिकोणका साथ अगाडि बढौं र आत्मविश्वास जगाऔं । आत्मविश्वास बढाएसँगै धेरै कुरा थप सकारात्मक भएर जान्छ ।’
    ‘इमर्जिङ नेपाल’ नाम दिएर बैशाखमा गर्न लागेको लगानी सम्मेलन गर्न आवश्यक कानूनी र अन्य आधारहरु पूरा गर्न आफूहरु लागिरहेको बताएका उनले नेपालमा लगानी गर्न भारतका उच्च स्तरका व्यापारी व्यवसायी इच्छुक रहेको बताए ।

    भारतसँगै अमेरिका, चाइनालगायतका व्यवसायीहरु नेपालमा लगानी गर्न इच्छुक देखिँरहँदा सबैतिरबाट लगानी गर्ने वातावरण बनिरहेकोले नेपाली लगानीकर्ता र उद्यमीले यो अवसरको फाइदा लिएर नेपालको प्रमोट गर्नुपर्ने समेत जानकारी गराए ।

    ‘बाहिरबाट लगानीको यथेष्ट इच्छा प्रकट भएको छ । इन्डियामा अडानी,अम्बानीलगायत धेरैसँग अलगअलग भेटभयो, उनीहरु नेपालमा लगानी गर्न इच्छुक छन् । लण्डनका उच्च तहका व्यवसायीहरु पनि इच्छुक छन् । अमेरिका र चाइनाका व्यवसायी पनि इच्छुक छन् ।’

    उनले थपे, ‘अहिले सबैतिरबाट सुहाँउदो वातावरण बनिरहेको छ । नेपाली उद्यममी र लगानीकर्ताहरुलाई म अनुरोध गर्छु यो समयको उपयोग गर्नुहोस र नेपाललाई हामीले उचितसँग प्रमोट गर्नुपर्छ । हामीले नेपालको उत्पादन र सेवालाई प्रमोट गर्नुपर्छ । बाहिरको मात्रै बजारमा ठूलो उपस्थिति छ भन्ने छ । त्यसलाई मात्र हेर्ने होइन । हामीसँग पनि ट्यालेन्ट छ त्यसलाई उपयोग गरौं’, महतले भने ।

     

     

     

  • सुन–चाँदीको मूल्य स्थिर

    सुन–चाँदीको मूल्य स्थिर

    काठमाडाैं । शुक्रबार सुन–चाँदीको मूल्य स्थिर छ ।

    बिहीबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार रूपैयाँमा कारोबार भएको सुन शुक्रबार पनि सोही मूल्य कायम गरिएको छ ।

    आज तेजावी सुन भने प्रतितोला १ लाख १७ हजार ४ सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    महासंघका अनुसार शुक्रबार चाँदीको मूल्य पनि स्थिर छ ।

    बिहीबार प्रतितोला १ हजार ४ सय रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

  • इमानदार प्रयासले मात्रै सकारात्मक नतिजा : अर्थमन्त्री महत

    इमानदार प्रयासले मात्रै सकारात्मक नतिजा : अर्थमन्त्री महत

    काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्रमा सुधारका लागि सबैको इमानदार प्रयास आवश्यक रहेको बताएका छन् ।राष्ट्रिय वाणिज्य बैंकको ५९ औं वार्षिकोत्सवका अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा उनले सुधारका लागि सरकारले काम गरिरहेको दाबी गरे ।

    ‘हाम्रो प्राथमिकता प्राथमिकीकरण हो, कसरी राज्यको सीमित स्रोत साधनलाई बढीभन्दा बढी प्रतिफल हुने क्षेत्रमा प्रयोग गर्ने, खर्च गर्ने, त्यो हाम्रो चुनौती छ । त्यसमा विस्तारै सुधार भइरहेको छ,’ उनले भने, ‘अहिले पर्यटकको आगमन धेरै छ, बाह् परिस्थिति सकारात्मक छ र आउने दिनमा धेरै माथि जान्छ ।’

    पर्यटक आगमन बढाउन पूर्वाधार बनाउन सरकारले काम गरिरहेको उनले बताए । ‘१२ महिना नै चल्ने सडक देशभर पु¥याउन सक्यो भने आम्दानी बढाउन कठिन हुँदैन । त्यो तीन÷चार वर्षमा पुयाउन सक्छौं,’ उनले भने । सरकारले काम गरे पनि कर्मचारीतन्त्रको सकारात्मक सहयोग अपेक्षित रहेको उनको भनाइ थियो ।

    ‘म जुन स्थानमा बसेको छु, मेरो आफ्नो व्यक्तिगत सम्पत्तिभन्दा पनि मैले बढी गम्भीर र लगनशिल भएर लाग्नु पर्छ । त्यही मानसिकता यहाँको व्यवस्थापक, कर्मचारीले काम गर्नुपर्छ । त्यसरी काम गर्ने हो भने नतिजा नआउने र नीति क्षेत्रसँग प्रतिस्पर्धा गर्न नसक्ने कुरै छैन,’ उनले भने, ‘तपाईहरुसँग भएको पूर्वाधार नीति क्षेत्रको भन्दा बढी छ, त्यो राज्यले लामो लगानी गरेर बनाएको छ ।’

    उनले राष्ट्रि वाणिज्य बैंकका कर्मचारीहरुलाई सरकारले अनुचित हस्तक्षेप नगर्ने भन्दै आश्वस्त पारे । ‘कर्मचारीको हकहितमा मेरो साथ हुन्छ । कुनै पनि अनुचित हस्तक्षेप मबाट हुँदैन तर संस्थागत कुरामा राज्यको लगानी छ र अर्थमन्त्रालय त्यसको जिम्मेवार मन्त्रालय हो,’ उनले भने, ‘यो सार्वजनिक बैंक भएको हुनाले देशको सबैभन्दा राम्रो बैंकको रुपमा स्थापित हुन नसकेको हो । तर निजी बैंक जसरी काम गरेर मिहिनेत गर्ने हो भने ट्रेड युनियनको साथीले गरेको माग केही होइन्, पूरा गर्न सकिन्छ ।’

    कर्मचारीको समस्याको विषयमा बैंकको क्षमता, नाफा, कार्यदिशालाई मध्यनजरमा राखेर अर्थ मन्त्रालयले उदार हुने हदसम्म गरेका छौं,’ उनले भने ।

  • दोहोरो अंकले घट्यो नेप्से, कारोबार ३ अर्ब ८९ करोडमा खुम्चियो

    दोहोरो अंकले घट्यो नेप्से, कारोबार ३ अर्ब ८९ करोडमा खुम्चियो

    काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज दोहोरो अंकले घटेको छ । आइतबारदेखि ओरालो लागेको नेप्से साताको चौथो कारोबार दिनसम्म आइपुग्दा बजार ओरालो यात्रामै छ ।

    नेस्से १०.२५ अंकले घटेर २०८८.०४ अंकको बिन्दुमा झरेर बन्द भएको छ ।

    बुधबार बैंकिङ समूह १.१३ अंक र म्युचुअल फन्ड झिनो ०.०२ अंकले वृद्धि भएको छ । यी बाहेकका अन्य सबै समूहहरु राताम्मे बनेका छन् । ८० कम्पनीको सेयरमा बढोत्तरी छ भने १५३ को घटेको छ । १४ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

    बजारमा आएको निरन्तरको गिरावटसँगै कारोबार रकम पनि खुम्चिँदै गएको छ । आज ३ अर्ब ८९ करोड ७० लाख २२ हजार रुपैयाँ बराबरको १ करोड १० लाख ४९ हजार ९४९ कित्ता बराबरको सेयर कारोबार भएको छ ।

    सर्वाधिक कारोबार हुनेमा हिमालयन रिइन्स्योरेन्स छ । हिमालयनको २५ करोड १५ लाखको सेयर कारोबार भएको छ । यस्तै ज्ञादी ग्रुप अफ पावरको १३ करोड र अरुण काबेलीको १२ करोडको कारोबार भएको छ ।

     

  • झिनो अंकले घट्यो नेप्से

    झिनो अंकले घट्यो नेप्से

    काठमाडौं । सेयर बजार परिसूचक नेप्से झिनो अंकले घटेको छ ।

    मंगलबार ०.४० अंकले घटेको सेयर बजार २०९८.२९ विन्दुमा झरेर बन्द भएको हो ।

    यसदिन ३१० कम्पनीको १ करोड १८ लाख १ हजार ३६० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २९ करोड ४५ लाख ६६ हजार ७५१ रुपैयाँको कारोबार भएको छ ।

    यसदिन १०३ कम्पनीको सेयर मूल्य बढ्दा १३७ कम्पनीको सेयर मूल्य घटेको छ भने ८ वटा कम्पनीको स्थिर रहेको छ ।