बचत तथा ऋण सहकारी संघ बागलुङको अध्यक्षमा चण्डिप्रसाद शर्मा पौडेल सर्वसम्मत चयन

काठमाडौं । बचत तथा ऋण सहकारी संघ लिमिटेड बागलुङको अध्यक्षमा पुन : चण्डिप्रसाद शर्मा पौडेल निर्वाचित भएका छन् ।

बचत तथा ऋण सहकारी संस्थाको छाता संघ बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको १२ औ बार्षिक साधारण सभामा पौडेललाई सर्वसम्मत अध्यक्ष बनाइएको हो । आगामि ४ वर्षका लागि चण्डिप्रसाद शर्मा पौडेलको नेतृत्वमा नयाँ सञ्चालक समिति सर्वसम्मतीले चयन भएको छ ।
शनिवार बागलुङ बजारमा सम्पन्न साधारण सभाबाट पुन : शर्माकै अध्यक्षतामा १३ सदस्यीय सञ्चालक समिति र ऋषीराम गौतमको संयोजकत्वमा ३ सदस्यीय लेखा तथा सुपरीवेक्षण समिति चयन भएको छ ।

सञ्चालक समितिको उपाध्यक्षमा गणेशवहादुर खत्री, सचिवमा अर्जुनप्रसाद कँडेल, सह–सचिवमा उत्तम वहादुर महत, कोषाध्यक्षमा लिलादेखि खड्का के.सी, सदस्यहरुमा चिनी थापा काला, लक्ष्मी शर्मा, सरिता किसान, थमप्रसाद शर्मा, होमनाथ अर्याल, तेजबहादुर कुँवर, हरिवहादुर भण्डारी र मुकुन्दप्रसाद शर्मा तथा लेखा तथा सुपरीवेक्षण समितिको सदस्यमा शिवप्रसाद आचार्य र चन्द्र विश्वकर्मा चयन भएका छन् । त्यस्तै साधारण सभाबाट सल्लाहाकारको रुपमा धुर्वप्रसाद शर्मालाई चयन गरिएको हो ।

बागलुङ जिल्लाका बचत तथा ऋण सहकारी संघ लि. हरुको छाता संघको रुपमा रहेको संघको साधारण सभामा सचिव ऋषीराम गौतमद्वारा प्रस्तुत आर्थिक वर्ष २०७९।०८० को प्रगती प्रतिवेदन र २०८०।०८१ को प्रस्तावित नीति तथा कार्यक्रम, कोषाध्यक्ष लिलादेवी खड्का के.सी.द्वारा प्रस्तुत आर्थिक वर्ष २०७९।०८० को आर्थिक प्रतिवेदन र आर्थिक वर्ष २०८०।०८१ को प्रस्तावित आय व्यय विवरण तथा लेखा सुपरीवेक्षण समितिका संयोजक महेन्द्रसिंह रायमाझिद्वारा प्रस्तुत लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन सर्वसम्मतीले पारित भएको छ ।

साधारण सभा संघका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलको अध्यक्षता, बागलुङ नगरपालिका –१२ का वडा अध्यक्ष कोपिलामणी शर्माको प्रमुख आतिथ्यता, उपाध्यक्ष गणेशवहादुर खत्रीको स्वागत र सचिव ऋषीराम गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा काठेखोला गाउँपालीका वडा नं. १ का अध्यक्ष खड्कवहादुर थापा र नवनियुक्त सल्लाहाकार धुर्व प्रसाद शर्माले नयाँ समितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

 

 

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१